शिलसहित बिक्री गरिएको पानीको बोतलमा माकुरा भेटिएपछि बाराको नेशनल पानी उद्योगमा प्रहरीले शिलबन्दी गरेको छ ।
प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो ।
शिलरहित बोतलमा नै माकुरा भेटिएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा सुरक्षा निकाय सहित टोलीले उद्योगमा अनुगमन गर्दै शीलबन्दी गरेको हो ।
टोलीले उद्योगको अनुगमन गरि अनुसन्धानका लागि आवश्यक कागजपत्र सहित उद्योगका संचालक बिजयकुमार यादवलाई समेत नियन्त्रणमा लिए पनि पछि संचालकलाई सोधपुछ गरि छोडिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित राहुल सुकुवा पसलमा वितरण गरिएको शिलरहित बोतलको पानीभित्र माकुरा भेटिएको स्थानियले गुनासो गरेका थिए ।
नेशनल पानी नाम रहेको पानीको बोतलभित्रको पानी दुषित र फोहोर रहेको गुनासो आएपछि परिक्षणको लागी केही नमुना संकलन गरि जनकपुरमा पठाइएको अचार्यले बताए ।
प्रशोधित पानीको नाममा उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको र नेशनल पानीको लोगो आफुखुसी परिवर्तन गर्ने गरेको पाइएको र अनुगमनको क्रममा नेशनल पानीको तिन वटा लोगो, पानि पनि फोहर र प्रशोधित पानी भर्ने खालि बोतलहरु ब्यवस्थित नरहेको अचार्यले जनाए ।
बजारमा विक्रीका लागी वितरण गरिएको बोतलमा आज फेरी कमिला फेला परेको छ । बाराको कलैया भरतचोक स्थित रहेको एक पान पसलबाट कमिला भएको नेशनल पानी फेला परेको हो ।
तिर्खा मेटाउन पुगेका एक उपभोक्तालाई पसलेले पानीको बोतल दिईरहँदा शिल रहेकै बोतल भित्र कमिला देखिएको थियो । शिलरहित बोतलमा कमिला भेटिएपछि कम्पनीकै लापर्वाही हो भन्दै पसलले पत्रकारलाई जानकारी गराएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी अचार्यले यस विषयमा अनुसन्धान भइरहेको भन्दै नेशनल पानी लेखेको बोतलको पानी अहिले उपभोक्ताले प्रयोग नगर्न सबै नागरिकमा अनुरोध गरेका छन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना