अमेरिकी साम्राज्यवाद विरुद्घ निर्मम संर्घष गर्ने तयारीमा रहेको नेपाल कम्युुनिस्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) वर्तमान नेपाली राजनीतिका चर्चित नेता हुुन् । यतिखेर देशभक्त क्रान्तिकारीहरुका बीचमा मात्र नभएर सबै पार्टीका नेता कार्यकर्ताका बीचमा उनको चर्चा हुने गरेको छ । जताततै विप्लवको जोशिलो भाषणको चर्चा, परिचर्चा चलाइदै छ । देशका सेना, प्रहरी, सरकारी कर्मचारी आम श्रमजीवी जनता विप्लवको व्यक्तित्वबाट अकर्षित नहोलान् भन्न पनि सकिन्न । देश र जनतालाई नेतृत्व गर्न उनी लागि परेका पनि छन् । देशको सबैभन्दा ठूलो समस्या दलाल पूँजीवाद र अमेरिकी साम्राज्यवादी हस्तक्षेप रहेको महासचिव विप्लवको तर्क छ । २०६३ सालमा १० वर्षे सशस्त्र जनयुुद्घको अधुुरो र अपुुरो कार्यभारलाई पुुरा गर्ने अठोट र प्रतिबद्घता सहित उनी पार्टीको नै नेतृत्व गर्दै राजनीतिक, निर्णायक परिवर्तनको संबाहकका रुपमा अगाडी बढेको दावी पनि गर्दै आएका छन् । विप्लव सी भोलीका दिनका एक मात्र देशभक्त क्रान्तिकारी सच्चा नेताका रुपमा स्थापित हुुुन सक्ने उचित वातावरण पनि बन्दै छ । विप्लवको व्यक्तित्व र नेतृत्वको डाहा र इष्र्या गर्ने मानिसहरुको कुनै कमी छैन । तैपनि विप्लव नेतृृत्वको नेकपाले अघि सारेको एकीकृृत जनक्रान्ति थप उचाइमा पुुग्दै गरेको विपक्षमा रहेको संसदवादीहरुले नचाहेर पनि स्वीकार गर्न पर्ने अवस्थाको सृजना नहोला भन्न सकिन्न । देशी, विदेशी प्रतिक्रियावादी विरुद्घ उत्साहपूर्वक तीखो राजनीतिक प्रहार गर्ने बल बुुद्घि र विवेक विप्लवमा देखिएको चाही छ । विप्लवको राजनीति यात्रा पार्टी यो मात्र सीमित छैन । सिंगो देशका सम्पूर्ण नेपालीहरुले ‘विप्लव आउ देश बचाउ’ तिम्रो साथ सहयोगी हामी छौं भनिरहेका आभाष पनि पान्छ । देश र जनता यथास्थितिको दलीय संसदीय राजनितिक अभ्यासबाट वाक्क दिक्क भएका छन् । अनि विद्यमान सबै जटिल र पेचिलो समस्याको समाधान गर्न विप्लव बाहेक अर्को विकल्प नभएको ठहर जनताको नहोला भन्न पनि सकिन्न । विप्लवको अनुुशासित संगठनात्म प्रयास समय अनुुकुुल छ । जनताले चाहेको र खोजेको परिवर्तनले विजय हासिल गर्न दिनहुुँ विप्लवले दुुःख पीडामा रहेको नेपालीहरुलाई संवोधन गर्दै एकिकृत जनकान्तिमा सरिक हुन ढिलो नगरौं भनेर अपिल पनि गरिरहेका छन् । विप्लवको सुुरक्षा गर्न जनक्रान्तिको पक्षमा जन लहर देशैभर उर्लीरहेको छ । श्रम र उत्पादनलाई प्राथमिकतामा राख्दै विप्लवले भनेको श्रम भनेको अर्थसंग मात्रै होइन, महान आदर्श, विचार र संस्कृतिसंग पनि सम्बन्धित छ भन्ने संकेत गर्दैछ । श्रम जीवनको अभिन्न अंग हो भन्ने विप्लवको भनाई कम्युुनिष्ट आन्दोलनले संसारभरी फर्कन चाहेको कुुरालाई पनि संकेत गरेको आभाष पाइन्छ ।
विप्लवको राजनीतिक ग्रहदशा बलियो
दुुलर्भ राजयोग सहित विप्लवको राजनीतिक ग्रहदशा बलियो पनि देखा पर्न थालेको छ । विश्वमाझ विशेषता नै विशेषता भएको देशका रुपमा स्थापित गराउन विप्लव दिनको भोक न रातमा निन्द्रा भनेर अहोरात्र खटेका छ । त्यसैले उनलाई नेपाली जनताको साथ पनि रहेको छ । समयको सफलतालाई अवश्य विप्लवले सफलता पूर्वक ल्याण्डिङ गराउने छन् भन्ने पनि प्रसस्तै छन् । यो आस्था र विश्वास यस आधुुनिक युुगका नेपालीहरुले नलेलान भन्न पनि सकिन्न । विप्लव नेतृत्वको नेकपाले राजनीति संर्घषलाई एकपछि अर्को गरेर सगरमाथाको शिखरमा पु¥याउने हाम्रो पनि अपेक्षा छ । विप्लवको राजनीति यात्रा देशभक्त क्रान्तिकारी नेपालीहरुको सहयोग र समर्थनमा शुुन्य तहबाट उठेको छ । भ्रष्टाचारी र साम्राज्यवादीहरु उनको पार्टी र उनीसँग निकै सशक्त पनि हुने गरेका छन् । नेपालका धेरै पार्टीका धेरै नेता, कार्यकर्ता महत्वाकांक्षी र व्यक्तिगत स्वार्थका रुपमा विकसित भइरहेको छन् । नेकपाका महासचिव विप्लव सी राष्ट्रिय महत्वाकाक्षी जनप्रिय नेताका रुपमा चिनिनु उनको नेतृत्वको रक्षा गर्नु सच्चा नेपालीहरुको कर्तव्य हुुने आउँछ । कान्छो पुुुस्ताका पछिल्लो देशभक्त वामपंथी नेता विप्लव सी निरन्तर निवृत्ति मार्गमा छन् । उनको अथाह राजनीति अनुुभव ज्ञान, विवेक र चिन्तन कसरी सफलता नजिक पुग्छ ? नेता विप्लवले राम्रोसँग नबुुझेका भने होइनन् । बुुझेर पनि बुुझ पचाएकाहरुलाई पनि सत्य तथ्य तर्क यथार्थ बुुझाउन सक्ने अब्वल क्षमता उनमा छ । सबै नीतिहरुको प्रधान नीति राजनीतिलाई सात्विक बुुद्घि, विवेकले अघि बढाउन अहोरात्र खटिरहनुु भएका राजनीतिका खुुला किताब जस्ता विप्लव सीको स्वास्थ्य राम्रो छ । मन, विचार स्वच्छ छ, व्यक्तित्व खदिलो, परिपक्व, जीवन पद्घति पारदर्शी, निश्चल, अविचल कार्य व्यवहार, छलकपट, प्रपंच, षडयन्त्र, अवसरवाद नभएका विशेष प्रकारको छ । क्रान्तिकारी गुुण राजनीतिक बौद्घिकता, देशभक्त कम्युुनिष्ट विशिष्ट नैतिकता, भएकोले हुन सक्छ सबैले श्रद्घा विश्वास, भरोसाका साथ मन पराउनेमा विश्वास गर्न सकिन्छ । जनताको मन जित्नु सफलता मिलोस् । शहिदको पिताको नाताले यहि शुुभकामना क्रान्तिकारी अभिवादन । यस जटिल र कठिन युुगमा राष्ट्र र जनताको सार्वभौमिकता, अखण्डता, अस्तित्व, स्वाधीनता र स्वाभिमान अनि गर्व गर्न र जोगाउन विशिष्ट प्रकारको राजनीतिक योगदान दिदै देशमा विधमान सबै समस्या समाधान गर्ने चिन्तित विप्लव संघर्ष नै हुन सक्छ ।
जीवनदेखि हरेश नखाने उच्च मनोबल भएका नेता हुन् उनी । यस्ता नेता दुर्लभ र विरलै हुुन्छन् । कुुटनीतिक सन्तुुलन, राजनीतिक सामाञ्जस्यता, भूराजनीतिक सुरक्षालाई प्राथमितामा राखेर देश भक्तिपूर्ण क्रान्तिको मिलन विन्दुुमा एक ढिक्का हुन उनको अपिल छ । विप्लव नेतृत्वको रिश र डाहा गर्नेहरु पनि छन् । केही दोष भए विरोधका लागि र आलोचना गर्न सकिन्छ । विरोधका लागि नकारात्मक प्रवृत्ति हुनु पर्छ । सकारात्मक परिवर्तनका लागि छेकवार हो । एकिकृत जनक्रातिको महान उद्देश्य र लक्ष्य सफल हुनु भनेकै डुुब्न लागेको देशलाई बचाउनुु, सुुखी नेपाल र नेपालीको संकटमा पर्दै गएको भविष्यलाई सुुनिश्चित गर्न आइलागेको अमेरिकी साम्रराज्यवादसंग जाइ लाग्नै पर्दछ । देश यथास्थितिमा मिलन विन्दुुमा एक ढिक्का भयौ आमुल परिवर्तन गर्न अवश्य विजयी हुुन सकिन्छ । यो अनिवार्य आवश्यकता हो । संसदवादीहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको रक्षा गर्ने क्रममा मुलुकको अस्तित्व मेटाउन खोज्दैछन् । उनीहरुलाई बेलैमा धुुलो चटाउन सक्नुु पर्दछ । क्रान्तिकारी देशभक्तहरुको सवल संगठन नेकपा र यस्का सहयोगी समर्थकहरुबाट मात्र संभव छ । विकास अनुुदानका नाममा नेपाललाई द्धन्द्धभूमि र उपनिवेशमा रुपान्तरण गर्न खोज्ने अमेरिकी साम्राज्यवाद र नेपाल र नेपालीलाई हरबखत दुुःख पीर मर्का र उत्पीडनमा राख्ने भारतीय बिस्तारवादसंग नेकपाको प्रधान अन्तर विरोध छ । भारतीय र अमेरिकी नागरिकसंग नीति र व्यवहारिक मतभेद केही छैन । तर राज्यको नीतिसँग भने चनाखो हुनु पर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना