१. आफै विद्यालय खोल्नुको उद्देश्य के हो ?
२०७६ साल वैशाखमा स्थापना भएको हाम्रो विद्यालय स्थापना गर्नुको उद्देश्य उचित मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको हो ।
२) कस्तो वर्गका बालबालिकालाई लक्षित गरेर यो विद्यालय स्थापना गर्नु भएको हो ?
हामीले यस विद्यालयमा न्यून तथा मध्यम वर्गका परिवारका बालबालिकालाई लक्षित गरी विद्यालय संचालन गरेका छौं ।
३) सुरुवातको समयमा कतिजना विद्यार्थीबाट विद्यालय संचालन गर्नु भएको हो ?
सुरुवातमा स्कूल संचालन गर्दा ११ जना बच्चाबाट विद्यालय संचालन गरेको हो । अहिले लगभग १ सय ८० जना बच्चाहरु छन् ।
४) महानगरले शिक्षा क्षेत्रमा हाल चालेको कदम तपाइलाई कस्तो लागेको छ ?
महानगरले शिक्षा क्षेत्रमा हाल चालेको कदमलाई हतारमा गरिएको निर्णय जस्तो लाग्छ । बालबालिकाहरुलाई शिक्षा–दिक्षा दिनु भनेको समाजमा भएको अशिक्षारुपी अन्धकारमा प्रकाश फैलाउनु हो । त्यस कारण त्यस्ता संघ–संस्थाहरुलाई तालाबन्द गराउनु भन्दा नियम कानुनको परिधि भित्र राखी संचालन गराउनु पर्ने मेरो धारणा हो ।
५) तपाईको विद्यालयमा नै बालबालिका किन पठाउने ?
विद्यालय त सबैले राम्रो गर्छु भनेर खोलेका हुन्छन् । हाम्रो विद्यालयमा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा, नैतिक शिक्षा, जीवन उपयोगी शिक्षा, सानो बच्चालाई चाहिने माया र स्याहार सुुसार समेत छ । हामीले हेरचाहलाई पहिलो प्राथमिकता दिने गरेका छौं । यो सबै हामी ध्यान दिएर गर्छौ । साथै विद्यालयको मुख्य उद्धेश्य नाफा कमाउने नभएर महानगरपालिकाले तोकेकोभन्दा कम मासिक शूल्कमा पठनपाठन गराउने अभ्यास पनि हो ।
६) महिला भएर विद्यालय संचालन गर्दा कस्ता चुनौतीको सामना गर्नु भएको छ ?
विद्यालय संचालन गर्दा विभिन्न चुनौतीहरुको सामना गर्नु परेको छ । तर सबैभन्दा ठूलो चुनौती कोरोना भाइरसको महामारी झेल्नु प¥यो । यस अवधिमा हाम्रा अभिभावकहरुको आय स्रोतमा कमी आएको हुँदा विद्यालयको मासिक शुल्क १ वर्ष मिनाहा गर्नु प¥यो । अहिले हाम्रो वीरगन्जमा विद्यालय संचालन गर्दा गुणस्तरीय शिक्षकहरुको समस्याको सामना गर्नु परेको छ । विद्यालयमा आउँने नयाँ शिक्षकहरुलाई शिक्षण क्रियाकलाप सम्बन्धी राम्रो जानकारी नभएको हुनाले विद्यालयबाट २÷३ महिना तालिम दिनुपर्ने अवस्था रहेको छ ।
७) अहिले सम्म अभिभावको गुनासो कत्तिको आएको छ ?
त्यस्तो त अहिलेसम्म हाम्रोमा खासै गुनासो आएको छैन । अभिभावकबाट पूर्ण रुपमा सपोर्ट नै छ । अहिलेसम्म राम्रो को संज्ञा नै दिइरहनु भएको छ । यसमा हामीलाई गर्व महसुुुस भइरहेको छ ।
८) तपाइलाई महानगरको नीति कस्तो लाग्छ ?
महानगरपालिकाको शिक्षा सम्बन्धि नीति विरगंजमा विस्तारै शिक्षा क्षेत्रलाई सुधार गर्ने तिर अगाडी बढेको देखिन्छ । तर शिक्षा सम्बन्धि नीति निमार्ण गर्दा विद्यालय, शिक्षक तथा अभिभावक सबैको समस्यालाई राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ ।
९) अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
पहिलाभन्दा अहिले वीरगंजको शिक्षाको अवस्था सुधार पनि भइरहेको छ । अहिलेको शिक्षा भनेको प्रयोगात्मक शिक्षाको कुरा बढि उठिरहेको छ । पहिला र अहिले फरक त छ । हामी बुझ्न नसकेर त्यो कुरालाई स्वीकारेको हुदँैन । म शिक्षा क्षेत्रमा लाग्नु हुने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थालाई शिक्षण पेशालाई व्यपारको रुपमा नलिई भावनात्मक सेवाको रुपमा लिन अनुरोध गर्दछु ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना