छ महिनाको दुधे बालिकाको टिकाटाला भएको भन्ने सुन्दा तपाइलाई आश्चर्य लाग्न सक्छ ? आश्चर्य नमान्नुस ‘ममता महतो’ यसका कथाको ज्वलन्त पात्र हुन् । हजुरबुबाको इच्छा अनुसार उनको टिकाटाला पटेर्वासुगौली गाउँपालिका वडा नं.–२ को राजबन्धु महतोसंग भएको उनले बताइन् । पटेर्वासुगौली गाउँपालिका वडा नं.–४, पटेर्वा गाउँमा जन्मेकी ‘ममता महतो’ बुबा नागेन्द्र महतो र आमा वर्षातीदेवीको जेठो सन्तान हुन् । संयुक्त परिवारमा हुर्केकी उनले गाउँको विद्यालयमा कक्षा २ सम्म अध्ययन गरेकी छन् । पर्सा जिल्लाको पश्चिम ग्रामिण भेगको किसान परिवारमा जन्मे पनि परिवारले पढाईमा भने रतिभर कन्जुस्याइ नगरेको उनले खुलासा गरिन् । उनलाई छोरी भएर पढाईमा वञ्चित हुनु नपरेको उनको तर्क छ । तर उनलाई अध्ययनको सिलसिलामा भने परिवारबाट टाढा बस्नु परेन । कक्षा ३ मा वीरगंजको रेल्वे माध्यामिक विद्यालयमा भर्ना भई एस.एल.सी उतिर्ण गरेको उनले बताइन् । एस.एल.सी उर्तिणपछि २०६० सालमा पटेर्वासुगौली –२ का राजबन्धु महतोसंग विवाह भएको र विवाह पनि संयुक्त परिवारमा नै भएको उनको भनाइ छ ।
सानै उमेरमा विवाह भए पनि उनले अध्ययनलाई भने निरन्तरता दिएकी ममता घरकी कान्छी बुहारी भएकोले परिवारका सबै सदस्यको माया भने पाएको उनले बताइन् । पढ्ने इच्छालाई भने परिवारले झनै उत्साहित गरेकोले विवाहपछि उनले वि.आइ.टी इन्जिनियरिङ्ग कलेजबाट डिप्लोमेन्ट कमप्युटर इन्जिनियरिङ्ग अध्ययन पूरा गर्न सकेको उनको भनाइ छ । थारु समुदायमा दोंगा (दोस्रो विवाह) गर्ने प्रचलन छ । दोंगा गरेपछिका केही वर्ष घरमा बिताए । त्यसै बीचमा एक सन्तान पनि भयो । केही समयपछि उनले सिद्धार्थ इन्टरनेशनल कलेजमा स्नातक तहमा अध्ययन सुरु गर्दै पछि ठाकुरराम बहुमुखी क्यामपसबाट सोसोलोजी विषयमा डिग्री हासिल गरेकी ममताले धेरै मेहनत पश्चात अध्ययनलाई पूरा गरेको खुलेको छ । संयुक्त परिवार भएकोले वीरगंजमा पढ्न बस्ने बच्चाहरु पनि २०÷२५ जना थिए । सबैलाई खाना पकाएर खुवाउने, भाडा सफा गर्ने देखि लिएर,घरको सफाई समेत आफैले गर्नु पर्ने उनले बताइन् । घरको सबै काम सकेर आफू पनि पढ्न जाने । पढेर आए पछि पनि घरको काम सबै हेर्नु पर्ने भएकोले उनलाई पढ्ने समय मिलाउन हम्य–हम्य पथ्र्यो । दिनमा बोडिङ्ग स्कुलमा पनि काम गर्ने गरेको उनले बताइन् । श्रीमान सहयोगी र मेहनती भएकोले बच्चाको हेरचाह गर्नमा धेरै सहयोग पाएको उनको भनाइ छ । घरको सबै काम सकेर राती ११ बजे मात्र फुर्सद मिल्थ्यो । उनका श्रीमान पनि डिग्रीसम्म शिक्षा हासिल गरेको हुनाले सधै पढ्नमा प्रेरित गर्ने र सहयोग गर्ने भएकाले सफलता मिलेको उनले बताइन् ।
घरपरिवारका साथै श्रीमानको सहयोगले गर्दा विवाहपछि पनि पढाइलाई निरन्तरता दिदै ग्रामिण बासिन्दाको विकासमा सहभागी संस्था नामक एनजियोको स्थापना गरी थारु महिलाहरुको हकहितको लागि ५ वर्ष सक्रिय भएर काम गरेको उनको अनुभव छ । थारु कल्याणकारिणी समिति पर्साको महिला समितिको अध्यक्ष भएर पनि काम गरेकी उनी पछि डि.वाई.सि, एन.जि.यो सिसि पर्सासंग पनि मिलेर काम गर्दै गर्दा देशमा संघीय संरचना बनेको थियो । समाजमा धेरै समस्याहरु भएका र ति सबै समस्याहरु समाधान गर्न (एनजियो ) संस्था मार्फत बाट मात्र हुदैन । सरकारी निकायमा पनि महिला जानु पर्ने उनले सोचेकी थिइन् । उनको पारिवारीक अवस्था पनि राजनीतिक पृष्ठभूमिबाट नै सर्वत्र परिचित थियो । ससुरा र जेठाजुले थेग्र्दै आएको राजनीतिक संस्कार संघीयता लागु भएपछि परिवारको कुनै सदस्य निर्वाचनमा उम्मेदवार न बन्ने भएपछि परिवारले नै उनलाई उपाध्यक्ष पदमा उम्मेदवार बन्न प्रेरित गरेको उपाध्यक्ष ममताले बताइन् ।
२०७४ सालको निर्वाचनमा पटेर्वासुगौली गाउँपालिकाको उपाध्यक्ष पदका लागि व्यक्तिगत चाहाना र परिवारको प्रतिनिधीत्व गर्दै निर्वाचनमा होमिएकी हुन । निर्वाचनको लागि आर्थिक र सक्रिय साथ परिवार र श्रीमानको पाएकोले निर्वाचनमा उनलाई कुनै समस्या नभएको बताइन् । संस्थामा काम गर्दा महिलाका समस्याहरुका विषयमा राम्रो जानकारी पाएको भएपनि राजनीतिकमा प्रवेश गरे मात्र महिलाका समस्याहरु (मुद्दाहरु) केही हदसम्म समाधान गर्न सक्ने व्यक्तिगत विचारले राजनीतिकमा लागेको बताइन् । पहिला परिवारका सदस्यहरु राप्रपा पार्टीको भएपनि पछिल्लो समयमा नेपाली कांग्रेस पार्टीका सुरेन्द्र प्रसाद चौधरी संग बढी घुलमिल भएको कारण नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने कोसिस गरेकी हुन् । गाउँमा बढी नेपाली कांग्रेसको घरधुरी भएकोले कांग्रेस पार्टीमा जाँदा गाउँ एकमत हुने भएकोले राजनीतिकमा नेपाली काँग्रेस पार्टीबाट लागेकी हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा सफल्ता पाई उनले पहिलो कार्यकाल पुरा गरी दोस्रो कार्यकाल १ वर्ष बितेको छ । पहिलो कार्यकालमा अलग पार्टीको अध्यक्ष भएकोले उपाध्यक्ष भएर काम गर्न धेरै कठिन थियो । अफिसका कर्मचारीहरु पनि कहिलेकाँही काम गर्न अटेरी गरेको महशुस उनीलाई हुन्थ्यो । तर पनि कर्मचारीहरुको सामु कडा रुपमा प्रस्तुत भएर काम गराए । म पढेलेखेको शिक्षित महिला, कानुनी कुराको ज्ञान भएको, बोल्न सक्ने, सही गलतको विरुद्ध आवाज उठाउन सक्ने उपाध्यक्षलाई यस्तो व्यवहार गर्छन् । जुन पालिकाको उपाध्यक्ष बोल्न सक्नु हुन्न, कानुनी विषयको ज्ञान नभएका श्रीमानले आएर काम गरेका छन् । उनीहरुको अवस्था कस्तो होला भन्ने मनमा धेरै कौतुहल्ता भएको उनको तर्क छ ।
दोस्रो कार्यकालमा हामी एउटै पार्टीको अध्यक्ष, उपाध्यक्ष भएकोले पालिकाका हरेक विषयमा छलफल हुन्छ । अध्यक्ष, उपाध्यक्ष, कार्यकारी वडाध्यक्ष बीच छलफल भएर अगाडी बढेका हुन्छौं । यो कार्यकालमा काम गर्न सहज भएको महशुस गरेकी छु उनले भनिन् । अहिलेको कार्यकालमा उपमेयरले पाउने सेवा सुविधा, मान सम्मान पाएको छु । काम गर्ने वातावरण पनि सहज भएको उनको भनाई छ । नेतृत्व गर्ने व्यक्ति राम्रो भएकोले काम गर्न सजिलो भएको छ ।
पहिला आफ्नो भागमा आएको बजेट कसरी सक्ने भन्ने मात्र सोच हुन्थ्यो । पहिलाको अध्यक्षले अलग पार्टीको उपाध्यक्ष भएकोले विभेद गर्थे । पालिकामा नियमित नआउने, फोन गर्दा प्राय मोबाईल स्विच अफ हुने, त्यति बोल्न नचाहने भएकोले पालिकाको कुुनै पनि विषयमा छलफल गर्न गाह्रो हुने गरेको उनको अनुभव छ । अहिलेको अध्यक्ष पालिका नियमित आउने, फोनमा पनि सजिलै कुरा गर्न सकिने, जुन सुकै समयमा पनि सजिलै कुरा गर्न सक्ने वातावरण भएकोले काम गर्न सहज छ । पालिकाको कुनै विषय तथ मुद्दाहरुमा खुलेर छलफल गरिने भएकोले पहिलेको तुलनामा अहिले विकासका सबै काम राम्ररी भएको छ । बजेटमा मात्र भर नपरेर अन्य काम पनि गरेका छौं । उपाध्यक्षले गर्ने काम पहिलो न्यायिक समितिको संयोजक भएर काम गर्नु पर्छ । अपाङ्गता कार्ड वितरणको संयोजकको रुपमा भूमिका खेल्नुपर्छ । पालिकामा काम गर्ने एन जियो, आई एन जियो संग समन्वय गरेर काम गर्नमा सहयोग गर्नुपर्छ । योजना तर्जुमाको संयोजक भएर पनि काम गर्नु पर्ने हुन्छ । कुन योजना कुन समयमा गर्ने,कुन योजना गर्दा राम्रो हुन्छ । भनेर छुट्याउने जिम्मेवारी उपाध्यक्षको हुन्छ । राजश्व बाँडफाडको संयोजक भएर काम गर्ने भूमिका हुन्छ । अनुगमन समितिको संयोजक भएर मात्र होइन । पालिकाका शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य सबै क्षेत्रमा विकास के कति भएका छ वा छैन सभामा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।
अध्यक्ष १५ दिनभन्दा बढी दिनको लागि बाहिर जानुपर्ने भएमा निमित्त अध्यक्ष भएर पालिकाको काम गर्नुपर्ने हुन्छ । अध्यक्षले खटाएको जुनसुकै पनि काम गर्नुपर्ने हुन्छ । पालिकाको विकासकोलागि अध्यक्षको सहयात्री भएर उपाध्यक्षले काम गर्नु पर्छ । अध्यक्ष र उपाध्यक्ष बीच राम्रो समन्वय हुदैन भने पालिका विकास सम्भव हुन्छ भने मलाई लाग्दैन । पालिका संचालन गर्न अध्यक्ष र उपाध्यक्ष बीचको सम्बन्ध समधुर हुनु पर्ने उनको अनुभव छ । न्यायिक समितिमा काम गर्दा पहिला र अहिलेमा मुद्दाका प्रकृति धेरै फरक भने छैनन् । लेनदेनका मुद्दा ,जग्गा खिचलोका मुद्दा धेरै आउने गरेका छन् । घर परिवारमा झै–झगडाका मुद्दाहरु आउने, बालविवाहका मुद्दा एका दुई आउने गरेको पाइन्छ । पछिल्लो समयमा नयाँ दम्पत्ती बीच सम्बन्ध विच्छेदका घट्नाहरु धेरै आउने गरेको छ । यसमा दुई वटा कारण देखिन्छ । मोबाइलको प्रयोगबाट कुराकानीको आधारमा र विदेश जाने युवाको श्रीमति अर्को संग सम्बन्ध भएको अवस्थामा धेरै जसोको घरवार बिग्रेको छ । यो समाजिक विकृति पनि हो । युवाहरु विदेशिएका घरको चेली,श्रीमतिहरु अविवेकी भएको कारणले सम्बन्ध विच्छेद घट्ना बढेको छ । ६ वर्षको समयमा २ सय २० वटा मुद्दा पालिकामा दर्ता भएका थिए । ति मध्ये २ सय १३ मुद्दा फैसला भैसकेको छ । भने ७ वटा मुद्दा चलिरहेको छ,यसलाई ३ महिना भित्र फैसला गरिसक्न पर्ने हन्छ । ३ वटा केश अदालतबाट फैसला भैसकेका उनले खलासा गरिन ।
पटेर्वासगौली गाउँपालिका संविधान त हरेक वडामा मेलमिलाप केन्द्रमा स्थापना गरी मेलमिलाप कर्ताको व्यवस्थापन गनपर्ने हन्छ । आधारभूत तालिम लिन छुटेकाहरुका लागि तालिमको व्यवस्था गरेका छौं । तालिम लिएको मानिसले मात्र मेलमिलाप कर्ता बनेर काम गर्नुपर्ने व्उवस्था र्संविधानमा छ । पालिकामा न्यायिक समितिमा आएका मुद्दाहरु ४७, १को (क) छ भने निरुपण गर्न सक्ने अवस्था हुन्छ । ४,१ को(ख) का मुद्दाहरु मेलमिलाप केन्द्रमा पठाउनु पर्ने हुन्छ ।
पटेवासुगौली गाउँपालिकाले महिलाको क्षेत्रमा धेरै काम गरेको छ । पालिका भरीका महिलाहरुको समूह गठन गरेर लघुउद्यम विकास (मेडपा) ले ति समूहमा साबुन,अगरबत्ती बनाउने तालिम दिएको छ । अगरबत्ती बनाउने मेसिन दिएका छौं । अगरबत्ती बनाएर पनि केही मात्रमा बेचिरहेका छौं । साबुन बनाउन तालिम लिएकाहरुले साबुन बनाएर बेचिरहेका छन् । यो वर्ष समूहलाई साबुन बनाउने मेसिन पनि दिनेछौं ।
महिला समूहहरुले उत्पादन गरेको समानलाई बजारसम्म पु¥याउने व्यवस्था मिलाउने छौं । कृषि तथा तरकारी खेतिको लागि पनि तालिम दिएका छौं । पालिकामा चाँफी भन्ने गाउँ वनको नजिक छ । त्यहाँका महिला समूहमा टपरी उद्योगको व्यवस्थापन गर्नकालागि ६ लाख रुपैयाँ अनुदान दिएका छौं । वडा नं.–२ मा कृषि उपज सामाग्रीहरुलाई राख्न चिस्यान केन्द्र स्थापनाकोलागि २५ लाख विनयोजन गरेका छौं । यस भेगका कृषक उपज सामाग्रीहरुलाई संकलन तथा बिक्रीको लागि करिब डेढ करोडको लागतमा कृषि बजार व्यवस्थापनको लागि यो वर्ष काम गर्न बजेट विनियोजन गरेको छ ।
मधेशमा महिलामा बढी हिंसा हुने कारण अशिक्षा नै हो । गर्भदेखि नै छोरीलाई अपहेलना गरिन्छ । कतिपयले लिङ्ग पहिचान गरेर भ्रुण हत्या पनि गर्ने गरेको पाइन्छ । जन्म पछि पनि छोरा र छोरीमा गरिने विभेद प्रष्ट रुपमा देखिरहेको छ उनले भनिन् । छोरीलाई सरकारी विद्यालयमा र छोरालाई बोडिङ्गमा पढाउने गर्छन । मधेश प्रदेशमा विद्यार्थीको संख्या धेरै शिक्षक संख्या कम, छरिएररहेका विद्यालय, एउटा टोलमा १ वटा विद्यालय हुनुपर्नेमा सरकारले प्रा.वि सम्मको विद्यालयलाई १ जना शिक्षक दिएको छ । १ जना शिक्षकले ५ वटा कक्षालाई कसरी नियन्त्रण गरेर पढाउन सक्छ । त्यो अवस्थामा गुणस्तरीय शिक्षाको कुरा गर्न सकिन्न । गाउँमा सबै छोरीलाई सरकारी विद्यालयमा नै पढाउँछन । एस.ई.ई उतिर्ण भएका छोरीहरुलाई स्कलर सीपमा प्लस टु पढाइरहेका छन् । प्लस टु गरेर स्नाहतक तहमा अध्ययन गर्ने समयमा विवाह गरेर पठाउने गरेका छन् । प्लस टु अगाडी छोरीहरुले पढ्ने मौका पाउदैनन् । पढन पाए पनि विवाह पछि गरिदिन्छन् । विवाह पछि वैवाहिक जिवन र पढाईलाई निरन्तरता दिने कुरा असंम्भव छ । धेरै कम छोरीहरुले पढ्ने अवसर पाउने उनको भनाइ छ। यसको उदाहरण उनी स्वयम भएको उनको तर्क छ ।
शिक्षा नै कमजोर भएपछि महिलाको आर्थिक अवस्था पनि कमजोर हुन्छ । महिलालाई घर बाहिर काम गर्न स्वीकार हुदैन । घर बाहिर काम गर्ने महिला अवस्था भने राम्रो नै हुन्छ । उ माथि कतै हिंसा भैहाल्यो भने उसले विरोध गर्छ । जुन महिलालाई हिंसा भनेको के हो ? विभेद भनेको के हो ? कहाँ गएर उजुरी गर्ने, के कुरा भन्नुपर्ने थाहा नै छैन भने कसरी हिंसा अन्त्य गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ । शिक्षा नै कमजोर भएपछि महिलाको आर्थिक अवस्था न्युन हुन्छ । परिवारको सासु, ससुरा,श्रीमानको भरमा जीवन निर्वाह गरिरहेको हुन्छन् । महिलाहरु चाहेर पनि आफ्नो दुःख पीडा अरुलाई बताउन सक्दैनन । यदी न्यायिक समिति,महिला सेलमा आएर बताए पनि भोली त्यही परिवारमा आएर स्थापित हुनुपर्ने भएकोले आफ्नो दुःखलाई लुकाएर नै राख्छन् ।
महिलामाथि हुने हिंसाको अन्त्य गर्न हामी आफै अग्रसर हुनुपर्छ । हामी माथि भएको विभेदलाई अन्त्य गर्न हामी अग्रसर भएनौं भने हामीले कहिले पनि परिस्थितिलाई परिवर्तन गर्न सक्दैनौ । महिलाले पनि आफ्नो घरको छोरी, बुहारीलाई पढ्ने र काम गर्ने वातावरण मिलाउनु पर्छ । छोराछोरीलाई राम्रोसंग पढाउने र उच्च शिक्षा हासिल गर्नका लागि प्रोत्साहन गर्ने गर्नुपर्छ । आर्थिक अवस्थालाई राम्रो बनाउन सक्दो सहयोग गर्नुपर्छ । छोरीहरु माथि हुने विभेदलाई अस्वीकार गर्ने ज्ञान दिनुपर्छ । जबसम्म छोरीलाई राम्रोसंग शिक्षा दिन सक्दैनौं । तराईमा दाइजो प्रथालाई अन्त्य गर्न सकिन्न । महिलाहरुले नै आफ्ना आमाबुबालाई दाइजोको विना पनि छोराछोरीको विवाह गर्न सम्झाउनु पर्छ । महिला स्वयंले दाइजो अस्वीकार गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
.
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना