नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।
शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने भएको हो ।
जगदम्बाले प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेश गरेको छ । कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको रहेको छ । जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।
कम्पनीले आईपीओ निष्कासका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपालकै ठूलो कम्पनी जगदम्बाले कुल स्टिल्स उद्योग बजारको ३५ प्रतिशत हिस्सा ओगट्छ । बजारमा भएकामध्ये पछिल्लो १५ वर्षदेखि सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगको पहिचान पनि जगदम्बासँगै छ ।
उद्योगको पछिल्लो विवरणअनुसार प्रतिमहिना २० करोड रुपैयाँ विद्युत् महसुल भुक्तानी गर्छ । गत वर्ष मात्रै कम्पनीले सरकारलाई ६ अर्ब ३५ करोड रुपैयाँ कर तिरेको थियो ।
आर्थिक वर्ष २०७८–७९ मा १० करोड ६ लाख आयकर तिरेको कम्पनीले सो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ भ्याट संकलन गरेको थियो ।
यस्तै एक अर्ब ४१ करोड २५ लाख रुपैयाँभन्दा धेरै रकम भन्सार शुल्क सरकारलाई बुझाएको थियो । गत आर्थिक वर्षमा कम्पनीले ४० अर्ब १७ करोड सञ्चालन आम्दानी गरेको थियो ।
यस्तै आर्थिक वर्ष २०७८–७९ मा ४९ अर्ब ७४ करोडको कारोबार गरेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना