वि.सं.२०११ साल वैशाख १७ गते बुद्धजयन्तीका दिन काठमांडौमा जन्मिएर वि.सं. २०३७ सालदेखि ओमशान्ति ज्ञानमा अनवरत रुपमा लागिरहेकी रविना मल्ल वीरगंज वासीको लागि नौलो नाम होईन । पाँच दिदीबहिनी र एक दाजुभाइ मध्येको जेठो सन्तानको रुपमा जन्मीएकी मल्ल सानैदेखि नयाँ–नयाँ काम गर्ने चाहना रहेको बताइन । तिनै ब्रह्मकुमारी राजयोग सेवाकेन्द छपकैया–२ वीरगंज क्षेत्रको क्षेत्रिय संचालिका रविना मल्लसंग मध्य नेपालले गरेको कुराकानी :-
१) ओम शान्ति ज्ञानको बारेमा बताइदिनुस् न ?
ओम शान्ति भनेको एउटा इश्वरीय विश्व विद्यालय हो । यहाँ नैतिक पढाइ पढाईन्छ । यहाँको पढाइ छ राजयोगको शिक्षा । राजयोगको शिक्षा त्यो हो कि नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने शिक्षा हो । एउटा आत्मा जो मनुष्य आत्मा उच्च बन्ने जस्तो सोह्र कला सम्पूर्ण, सम्पूर्ण निरभीकारी, मर्यादा पुरुषोत्तम, सर्वगुण सम्पन्न, अहिंसा र परमधर्म यस्तो चरित्रवाणी योग्य आत्मा उच्च बनाउने संस्था हो ।
२) विगत कति वर्षदेखि यसमा आवद्ध हुनुहुन्छ ? यस संस्थाको स्थापना कहिले भएको हो ?
म छब्बीस वर्षको उमेरदेखि नै यसमा आवद्ध थिए । यो संस्थाको स्थापना सारा विश्वमा १९३७ मा भएको हो । यस संस्थाको ओम शान्तिले संकेत मात्र हो । वास्तवमा यो संस्था प्रजापति ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय सारा विश्वमा यो नामले प्रचलित छ । नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नामाकरण छ । नेपालमा स्थापना भएको ५०औ वर्ष भइसकेको छ । भखरै हामीले स्वर्णजयन्ती मनाएका थियौ । यो स्थापना भएको सबभन्दा पहिले काठमांडौ, धरान विराटनगर र वि.सं. २०३१ सालमा वीरगंजमा स्थापना भएको हो ।
३) यो संस्था वीरगंजमा स्थापना गर्नलाई कत्तिको कठिनाई भयो ? स्थापना कालमा सहयोगी हात क–कसको थियो ?
यस संस्थाको स्थापना गर्नको लागि जो हाम्रो यस ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक हाम्रो परम आदरणीय दिदी हुनुहुन्छ । उहाँ जब पटनामा सेवारत हुनुन्थ्यिो । पटनाबाट आएर रक्सौलको व्यक्तिहरुले पनि नेपालमा पनि स्थापना गर्न र ज्ञान सुनाउन राम्रो हुन्छ भन्ने कारणले उहाँ दिदी नेपालमा आएर काठमांडौमा ज्ञान सुनाउनु भयो । काठमांडौ पछि यो वीरगंजमा आएर सबभन्दा पहिले धर्मशालामा महिनौ बसेर चित्रप्रर्दशनी, अध्यात्मिक चित्रप्रर्दशनी गरेर शिवीर चलाउनु भयो साथै कोर्षहरु पनि गर्नुभयो । त्यसपश्चात अनेक भिन्न–भिन्न ठाउँमा डेरामा बसेर यो संस्थाको सुरुवात भयो । बर्तमान समयमा आफ्नै संस्था रहेको छ ।
४) यो भवन निमार्ण गर्न कसरी सफल हुनुभयो ?
यो भवनको सिलान्यास गरेको वि.सं.०५८ सालमा हो । यो भवन बन्नु भन्दा अगाडी यहाँ यो वीरगंजकै स्थाई बसोबास गर्नु भएका एकजना हुनुहुन्छ जुग्नु देवी राज्यलक्ष्मी शाह । उहाँ यस ज्ञानमा आउँनु भइको थियो । वहाँ धेरै विचलीत, अशान्ति हुनुन्थ्यिो । उँहाको श्रीमान् दुर्घटना भएर शरीर छोड्नुभएको रहेछ । त्यस्तो युवा अवस्थामा यस ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको राज्यको ज्ञानले उहाँलाई एउटा शक्ति बढ्यो । शान्तिको महसुस गर्नुभयो । जिवनको मार्गदर्शन पाउँनुभयो । उहाँ यस ज्ञानमा धारण गर्नुभयो । उहाँ यस ज्ञानमा अविरल रुपमा चल्नुभयो । उहाँले आफनो जुन लौकिकमा भएको जमिन ३ का उपलब्ध गराइदिनुभयो । यहाँ मकालु होटलको इन्जिनियर ज्योती कुमार श्रेष्ठ, पानीटंकीका इन्जिनियर राम सिंह र म स्वयं हामी तिन जनाको विशेष रुपमा र यस संस्थामा दैनिक रुपमा जुटेकाहरुले आफनो जति–जति योगदान दिन मन लाग्छ । उहाँहरुको योगदानको आधारमा यो भवन डेढकरोड बाट सुरुवात भएको हो ।
५) पछाडी फर्केर हेर्दा विगतको कुराहरु सम्झदा कस्तो महसुस भइरहेको छ ?
म कुमारी थिए । कमर्सको विधार्थी, स्नाकोतर तेस्रो वर्ष अध्ययन गरिरहेको थिए । त्यही समयमा म एकजना साथीको आधारमा यस संस्थामा प्रवेश गरे । जुन एउटा खोजी थियो । कि संसारमा सत्यता के रहेछ ? भगवान काहाँ हुनुहुन्छ ? मलाई अलिकति भक्तिको त्यति चित्त बुझ्दो थिएन । यो संस्थामा प्रवेश गरेपछि मैले एउटा निराकार ज्योती बिन्दु परमात्मा भगवानको सत्य पहिचान र स्वंयको सत्य पहिचान यसको आधारमा मलाइ यस संस्थाको ज्ञानलाई निश्चय भयो र १९८४ मा प्रवेश गरे । त्यसपछि आफनो जिवनलाई १९८७ मा समर्पित गरे ।
६) यहाँ महिला र अविवाहित पनि हुनुहुन्छ । यस संस्थामा नै समर्पित हुँदा कस्तो परिस्थिती झेल्नुप¥र्यो ?
म यस्तो घडीमा ज्ञान पाएको थिए । विवाह हुने केही दिन निकटै थियो । तर यस मार्गमा आएपछि पवित्र जीवनको मुल्य यस ज्ञान मार्गमा थाहा पाए । यस समाजमा रहेका कुनैपनि पढेलेखेका महिला होस् या आफ्नै आमा, दिदीबहिनी होस । मैले भन्नुपर्दा उहाँहरुमा सुःख, शान्ति देखिएन । म सानो देखिनै एउटा पढाइ पढदाखेरी प्याराडाइज अफ चिल्डूेन भन्ने विषयमा एउटा स्वच्छताको धारणा अति नै मन परेको थियो ।
वास्तवमा यो खोजीको क्रममा यस संस्थामा पवित्र जिवन अपनाउन सक्ने हक पाउँदो रहेछ भन्ने कुरा थाहा पाए । घरपरिवार, समाजबाट मुक्त्त हुन धेरै कठिन भयो । धेरै अनुभव पनि छ । तर जसको साथी भगवान छ उसलाई आधी तुफानले केही गर्न सक्दैन । आज ति समाज जसले मलाई विरोध गरेका थिए । ति समाजले अहिले मलाइ सराहना गर्नुहुन्छ ।
७) तपाइलाई यो अवस्थादेखि यहाँसम्म आइपुग्दा कहिलेपनि पछुतो भयो कि भएन ?
मेरो यो महिला जिवनमा के सोचेको थिए भने योे संसारमा महिलालाई होच्याएको देखेको थिए मेरो अनुभव । अब युवा अवस्थामा समाजमा विवाहको मतलब कि आमाबुवा पछि एउटा जिम्मेवारी व्यक्तित्वको आधारमा मात्र स्विकार गरेको थिए । त्यसपछि जब यो संस्थामा आइसकेपछि त्यस्तो अभिमान त होइन जुन एउटा चरित्र, निस्वार्थ सेवा । म १९ वर्ष सरकारी टिचिङ्ग, एन.जि.ओ.काम गरे । तर मैले निस्वार्थ कहि पनि पाएन । यस संस्थामा निस्वार्थ सेवा पाए । मेरो लक्ष्य नै थियो कि निस्वार्थ सेवा गर्ने । परिवारलाई छोड्नुपर्दा निकै कठिनाई भयो । तर कठिनाईलाई के सोच्थे भने सफलताको सिढीँ माथि चढ्ने मेरो परिक्षा मात्र हो । म सत्य मार्गमा नै छु ।
८) यहाँहरुले यस संस्थाको लागि आर्थिक पाटो कसरी परिपुर्ती गरिरहनु भईरहेको छ ?
यस संस्थामा हामीले जे–जति तन, मन, धन लगाउछौ हाम्रो एक जन्म हैन । २१ जन्मको हाम्रो अविनाशी भाग्य साथमा जाने रहेको हुन्छ । त्यसकारणले यस संस्थामा विहान–बेलुका आएर आवद्ध भएका राजयोगी भाइ–बहिनीहरुले पनि आफुसंग भएको १ रुपैया मध्येका २५ पैसा यस संस्थाको पवित्र कार्यमा लगाउँछौ । त्यही २५ पैसाबाट यज्ञ चलाउँछौ । कम खर्चले आफनो जिवनलाई धन्य बनाउने । यस यज्ञमा हरेक कुमारीलाई यथाशक्ति कुनै करकाप छैन । आफनो सो इच्छाले लगाइन्छ । हाम्रो पनि एउटा परिवार छ । त्यही परिवारबाट यो संस्था चलिरहेको छ । कुनै चन्दाबाट चलेको यो संस्था होइन ।
९) यस संस्थामा आवद्ध हुनको लागि के कस्तो नितीनियम पालना गर्नुपर्दछ ?
वास्तवमा यसमा समर्पण हुनको लागि आफ्नो मनलाई अर्पण गर्ने हो । मुख्य संस्थापक भनेको हरेक व्यक्तिको लागि स्वच्छता हो । आफ्नो मनलाई यता–उता भौतिकतामा, चरित्रमा लग्नु हुदैन । यसमा जो सुरुमा आउँनुहुन्छ भने चरित्र निमार्णका कुरा हरु हुन्छ त्यो हामी एकघण्टा लगाएर सुनाईदिन्छौ । यहाँको मेन आधार आध्यात्मिक चित्र प्रदशनी हो । सात दिनको कोर्षमा मेडिटेसन गराईन्छ । यस संस्था सम्बन्धि सबै जानकारी त्यसैमा हुन्छ । त्यो सात दिनको कोर्ष गरी आत्मा–परमात्मा के हो । सृष्टि कसरी चलिरहेको छ । हामी को हौ । कहाँबाट आएका हौ । हामी कसका सन्तान हौ । हामी यो धर्तीमा किन आएका हौ भन्ने यावत कुराहरु सातदिनको कोर्षमा सिकाइन्छ । यसमा मार्गमा हिड्दा सफल–विफल दुवै हुन सकिन्छ । परिक्षामा पास भयो भने जिवन्त चल्न सकिन्छ । हैन भने छोड्नुहुन्छ ।
१०) रविना जी, ओम शान्तिमा गएपछि विवाह गर्नुहुदैन, अविवाहित बस्नु पर्छ भन्ने सुन्नमा आएको छ । यो कतिको सत्य हो ?
यहाँ विवाह गरिसकेका महिला, दिदीबहिनी, दाजुभाई पनि लागेका छन । अविवाहहित पनि आफुलाई समर्पित भएका छन । यसको मुख्य संस्थापक नै स्वच्छता हो । जसलाई स्वच्छताको चासो हुन्छ । त्यो व्यक्ति यसमा समर्पण हुन्छ । यहाँ सो इच्छाको कुरा हो । कसैलाई पनि दवाब र बन्धनमा बाधेको छैन । यसमा विवाह गर्न नपाउँने भन्ने छैन । जुन यो मार्गमा समर्पित हुन मन लाग्नेहरु ९० प्रतिशत जति विवाह गदैनन् । बाकी सफलता हासिल गर्न नसक्ने अर्को मार्गमा जान सक्छन् ।
११) अन्त्यमा पत्रिका पढ्ने सम्पुर्णलाई के भन्न चाहनु हुन्छ ?
सबै महिला दिदीबहिनी, दाजुभाइको कल्याणको दृष्टिले हामी सोचेका हुन्छौ । कि जब सम्म मान्छेलाई एउटा व्यक्तिलाई शान्ति चाहन्छ । भने शान्तिको आधार परमात्मा यो नै कुनै मनुष्यको त्यो आत्मा हो । त्यो आत्मा नै परमात्मा संग सम्बन्ध जोडेपछि मात्र त्यो व्यक्तिको कल्याण हुनेछ । किनभने परमात्मा संग सम्बन्ध जोडेपछि उसलाई ज्ञान, शान्ति आनन्द, खुशी र शक्ति आर्जन हुन्छ । त्यसैले अब मलाइ लाग्छ हामी जहाँ पनि जान्छौ या जुन स्थानमा पनि सबैलाई उस परमात्मा पिताको सन्देश सत्य परिचित दिएर परमात्माको छत्रछायामा राखेर त्यो आत्माको कल्याण गर्ने हाम्रो त्यो उद्देश्य रहेको हुन्छ । यहाँहरु पनि यस ब्रह्मकुमारी राजयोग सेवाकेन्दमा आएर राजयोगको शिक्षा लिएर आफनो जिवनमा, कर्म क्षेत्रमा रहेर १ घण्टाको समय निकालेर यो पढाइ पढेर जिवनलाई राजयोग जिवन बनाउनुको साथै स्वच्छ, पवित्र र चरित्रवान जिवन व्यतित गर्नुपर्दछ ।