हावा हुरीबाट प्रभावित बाराको फेटा गाऊँपालिकामा बरिष्ठ नेताहरुको ओईरो लागेका छन् । राहत दिने र आश्वासन बाड्नेमा नेताहरुलाई भ्याई नभ्याई भएको छ । तर मृत्कका परिवारहरुले राहत दिदाँ मृत्कका आस्रित परिवारकै हातमा दिन आग्रह गरेका छन् । मंगलबार हावा हुरीबाट प्रभावित क्षेत्र भलुही भरवलिया र पुरैनिया पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हातै समाई पिडितहरुले यस्तो आग्रह गरेको हो ।
हिडेरै मृत्क परिवारसंग भेट्घाट गर्दै गर्दा नेता प्रचण्डलाई मृत्कका आफन्त मोहपती देवीले हात समाई राहतको रकम मृत्ककै आस्रित परिवारलाई हातमै उपलब्ध गराउन आग्रह गरेकी छिन् ।
आईतबार र सोमबार समेत खुल्ला अकाशमुनि रात विताएका पिडित परिवारहरुका लागी त्रिपाल गाऊँपालिकामा आएपनी पार्टी पोलेसीले गर्दा आफुहरुलाई नपाएको उनको थप गुनासो थियो ।
गम्भीर भएर मृत्क परिवारहरुको दुखेसो सुनेपछी अध्यक्ष प्रचण्डले हरेक परिवारलाई कुनै विचौलिया नभई मृत्ककै आस्रित परिवारलाई आफुले घोषणा गरेको ५/५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
तराईमा आएको विपतका कारण सिंगो मुलुक नै शोकमा डुबेको बताउदैँ उनले हिमाल पहाड तराई सबै जनता फेटाँ गाऊँपालिकाको साथमा रहेको बताएका थिए । हावाहुरी प्रभावित भेटघाटपछी पर्साको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेर उपचारत घाइते तथा उनीहरुका आफन्तलाई भेटघाट गरेका थिए ।
यसैगरी हावाहुरी प्रभावित क्षेत्रमा नेपाली कांग्रेसका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समग्र मृत्कको परिवार बराबर ३५ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
आइतबार राति बारा र पर्साका विभिन्न स्थानमा आएको हुरीबतासमा परी अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ भने घाइते भएको सयौं व्यक्ति बारा, पर्सा र काठमाडौँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् ।