सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ । अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा शुरु गर्नु भएको हो । दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भन्नुभयो ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’
नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ । ‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात ब्यवस्था कार्यालयमा जानुुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भन्नुभयो ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’
सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात ब्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सवै कामहरु घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले मन्त्रीको सपथ लिएलगतै यातायात कार्यालयहरुमा लाग्ने भीड हटाउने प्रतिबद्धता गरेको थिए । प्रतिबद्धताअनुसार २० असारदेखि कास्की यातायात ब्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको छ ।
‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात ब्यवस्था कार्यालय मार्फत पनि अनलाइन सेवा सुचारु गर्छाै’, मन्त्री ज्वालाले भने । यातायात ब्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरुको अन्त्य गर्न देशका सवै यातायात ब्यवस्था कार्यालयहरु अनलाइन सिस्टममा लिन लागिएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना