संसारमा विभिन्न राजनीति विचार, सिद्धान्त, पद्धति, अभ्यासहरु छन् । व्यवस्था आपैmमा खराब हुदैन । व्यवस्था बिगार्ने नेतृत्व गर्नेहरु नै हुन् । दलाल, भ्रष्ट, बेइमान मुर्ख, हरीलठक राजनीतिक दलका नेताहरुको हातमा शासन, सत्ता, व्यवस्था पुग्यो भने देश भत्किन थाल्छ । त्यो पत्तै हुदैन । यतिखेर अजबको नेपालको गजबको चाल छ । आधा उमेर कम्युनिष्ट राजनीतिबाट प्रभावित भई भारतीय विस्तारवाद मुुर्दावाद अमेरिकी साम्राज्य चाहिदैन भने सक्रिय रुपमा फलाक्दै आएकाहरु अहिले अमेरिका र भारतको सेवा भक्ति स्वार्थमा लिन हुन पुगेका छन् । राजनीति भाषामा यसलाई गद्दारी भनिन्छ । तर देशभक्ति भावनाबाट वञ्चित भएका बहुदलीय संसदवादी दलका नेताहरु पथभ्रष्ट कुटनीति र राजनीतिमा लागेका छन् । यो उनीहरुको समाजवादोन्मुख उत्कृष्ट संसदीय व्यवस्था हो । उनीहरुकै कारण देशले हारिरहेका छन् । उनीहरुले चाहि के के जितिरहेका छन् । अत्तोपत्तो छैन । अमेरिकीसंग संसदवादी दलहरुले गरेको एमसीसी संम्झौताको दुष्परिणाम आएपछि थाहा हुनेछ । संसदवादी दलका नेताहरुको हदैसम्मको असफलताको कथा व्यथा एउटा गम्भिर ऐतिहासिक भुल मात्र नभई राष्ट्रघाती र जनघाती कु–कार्य साबित हुनेछ । देश र जनताले कुकुरले पनि नपाएको दुःख पाउने देखिन्छ ।
राष्ट्रघाती दलहरुले लोभिएर डराएर एमसीसी सम्झौता गरे पनि बाँकी रहेका सार्वभौम देशभक्त नेपालीहरुले अनुमोदन, संमर्थन केही नगरी एमसीसी खारेज गराउने दृढ संकल्पसहित सडक संर्घषमा उत्रिएर अपार जनशक्ति बटुल्दै छन् । देशभक्त नेपाली जनता अभूतपुर्व शक्तिका साथ उठे भने अमेरिकाले अति प्रतिष्ठाको विषय बनाएको अनुदान सम्झौता कार्यान्वयन खारेज भइ अमेरिका गो व्याक हुन पुग्छ । यो असम्भव चाही छैन । भियतनामी नागरीकहरुले लखेटे झंै साम्राज्यवादी अमेरिकालाई नेपालले नलखेट्ने भन्ने हुन्न । एमसीसी सम्झौता देशभक्त राष्ट्रवादीहरुका लागि अग्नि परीक्षा हो । आम नेपालीका लागि जीवन मरणको सवाल हो ।
नेपाललाई विदेशीको क्रिडास्थल बनाउने कि, सुरक्षित बनाउने भन्ने ठोस निर्णय गर्ने बेला नेपाली जनताको काँधमा आएको छ । एमसीसी सम्झौता राष्ट्रवादको मुद्दा बोक्ने सबै राजनीति दल, शक्ति व्यक्ति र तत्वका लागि चुनौतिसंगै महत्वपुर्ण अवसर पनि हो । नेपाल माथि आक्रमण र हस्तक्षेप गर्ने त्यतिखेरको ब्रिटिस साम्राज्य र हाल चीनको अभिन्न भूभाग बन्न पुगेको स्वतन्त्र देश भनिएको भोट (तिब्बत) संग पनि नेपालीले लडाई गरेर जितेका थिए । आइ लाग्ने माथि जाइ लाग्ने नेपालको नीति हो । अहिले नेपालको प्रधान राज भने पनि हुने दलाल पुंजीवादी र अमेरिकी साम्राज्यवादी हुन् । यिनीहरुसंग देशप्रेमी नेपालीहरुको लडाई र अन्तरविरोध छ । नेपालीले लडाई लडेर देशको सार्वभौमिकता रक्षा गर्न सक्ने दिन आइरहेको छ । अमेरिकासँग डराउने र लोभिने काम नगरे देशभक्तिको विजय सुनिश्चित छ । देशभक्ति भावना भर्न संचार माध्यमहरुले पनि सशक्त भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ । देशभक्तिको कित्तामा उभिएर एमसीसी विरुद्धको जनसंघर्षमा उत्रिए देशभक्तले भ्रष्ट, दलालहरुलाई अवश्य पछार्न सक्छ । छिमेकी राष्ट्र चीनको चौतर्फी विकास उन्नति, प्रगतिलाई बाधा व्यवधान पुु¥याउन चीनलाई घेर्ने नीति अन्तर्गत भारत र अमेरिका केही सर्तमा केही क्षण मिल्ने संभावना हुन सक्छ ।
इण्डोप्यासेफिक स्ट्राट्रेजी अन्तर्गतको विकास अनुदान सम्झौताले नेपालको विकास होइन, निश्चित रुपमा विनास गर्छ । सत्य र यर्थाथ रुपमा भन्ने हो भने यो अमेरिकाको कुटनीति, खराब कुटनीतिको उपज हो । युक्रेन र रुसको युद्ध जसरी भएको थियो । त्यही अवस्थामा नेपाललाई पनि पु¥याएर तहसनहस पार्ने सुनियोजित अमेरिकी षडयन्त्र हो । अमेरिकी पीडा भोगिरहेका विश्वका नागरिकहरुले अमेरिकालाई दुष्ट र आतंकवादी राष्ट्रको संज्ञा दिएका छन् । वर्तमान अमेरिकी कुटनीतिक रणनीति कार्यनीतिबाट अमेरिकी नागरिकहरु नै अंसन्तुष्ट छन् । समर्थक बन्न सक्दैनन् । अमेरिकाका लागि नेपालसंगको एमसीसी सम्झौता विनासकाले विपरित बुद्धि समय र परिस्थितिले सावित गर्न सक्दछ । साँसदको जुधाई, बाच्छाको मिचाइको वातावरणमा रमाइलो मान्ने, खुशी हुने सत्ता गठबन्धनगामी संसदवादीहरु अब न्याउरी मारी पछुतोको अवस्थामा पुग्ने देखिन्छ । देशभक्त सम्पूर्ण नेपालीहरुमा पहिलो पटक सर्वाधिक चिन्ता र चासो बन्न पुगेको छ । राष्ट्रघाती, जनघाती एमसीसी सम्झौता संसदवादी नेताहरु अब छिट्टै निन्याउरा बन्ने दिन आउँदैछ । आफ्नो निहित स्वार्थका लागि राजनीति पार्टीको विचार, देश जनतालाई बेचेर, बन्धक बनाएर खुुशी मान्ने सीमित पार्टीहरुका दलाल नेता र कार्यकर्ताहरु जनआन्दोलनको शिकार हुने भिषण आघीबेहरी उठ्दैछ । यो कसैले रोकेर रोकिनेवाला छैन । स्वःस्फूर्त रुपमा उठ्ने जनक्रान्ति समयको माँग हो ।
समयले क्रान्तिको नेतृत्व लिन र सफल पार्न क्रान्तिकारी देशभक्त वामपन्थी नेता खोजिइरहेका छन् । देशपे्रमी परिवर्तनकामी जनताहरु यथास्थितिमा परिवर्तनका लागि जुटिरहेका छन् । उठिसकेका छन् । चीनले एमसीसीको प्रखर ढंगले विरोध गर्दै आइरहेको छ । एमसीसी सम्झौता विश्वमा विभिन्न देशहरुमा भएको छ । अमेरिकी एमसीसी र चीनको विआरआइ तीव्र प्रतिस्पर्धा छ । इण्डोप्यासिफिक सैन्य गठबन्धनको अभिन्न अंग एमसीसी देखिएको छ भने चीनको विआरआइमा विश्वुद्ध विकास निर्माणमा आधारित छ । अमेरिकाको जस्तो ज्यानमार नियत चीनको छैन । अमेरिका आइ हाल्यो भने विश्वको एकमात्र उदियमान शक्ति चीनले त्यसको मुकाविला नगर्ला भन्ने हुन्न । एमसीसी कार्यान्वयन खारेज भयो भने प्रतिक्रियावादी दलाल पूंजीवादी संसदीय व्यवस्था माथि नै अकल्पनीय राजनीति र कुटनीति भूकम्प आइ भूकम्प पीडित बन्ने छन् । हेर्नेवाला सहयोग गर्ने वाला कोही नहुन सक्छन् । संसदवादी आसुुरी शक्ति र प्रतिकृयावादीहरु पृथ्वी नारायण शाहले निमार्ण गरेको सबल र सफल नेपालको जग भत्काउन तन्सेका छन् । संसदवादी कमिलाहरुको मर्ने बेलामा प्वाँख उभ्रिएको छ । मर्ने बेलामा काक्रो मिलेको छ । नेपालहरुले जति सक्तो सराप, आलोचना गरे पनि भ्रष्ट दलाल संसदवादीले बुुझ्ने देखिदैनन् ।
एमसीसी सम्झौता कार्यान्वयन सवाल, वार कि पारको युद्धमा परिणत भएको छ । संसदवादी नेता जुनसुकै पार्टीको किन नहोस् उनीहरुमा नैतिक शिक्षा, भूराजनीतिक सुुरक्षा, प्रकृति विसान, इतिहास परिवार समाज, विकास, राजनीति राष्ट्रियता, जनजीविका सबैलाई समेटेर नेपाल मोडेलको उदाहरण दिने वुद्धि र क्षमता देखिएन भित्रि प्रधानमात्री सांसद, प्रशासक जे भए पनि भ्रष्टचार, विदशी दलाल प्रवृत्रिबाट उनीहरुले छुुठकार पाउन नसकेबाट, जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ वन्यो । नेता र नीति देशभक्तिपूर्ण नभएपछि देश भत्कन समय लाग्दैन । वर्वाद हुनबाट रोक्न नसकिने अवस्था आइसक्यो । भीरबाट खस्न लागेको देशलाई काँध थाप्न सक्ने जगबहादुर रुपीनेता आउन आवश्यक छ । त्यो थोरै गुण भएको नेता विप्लव वाहेक कोही देखिएको छैन । नेपाली देशभक्त सम्पूर्णले देशभक्त नेतालाई सहयोग, समर्थन गरेर रक्षा गर्नुको विकल्प छैन । यहि हो राष्ट्रियदायित्व जनउत्तरदायित्व दिशालाई विग्रार्ने भत्काउने मानसिकताका नेताहरुसंग बनाउ नै कला र सीप छैन । युद्धको बेला ध्वाँस अनि निमार्णको नारा त दिए । कार्यान्वयनको पालो आएपछि विदेशीको छोडेर भागी विदेशीलाई हार गुहार गरे । हिजोआज अमेरिकाले नेपालमाथि चलखेल गर्ने उपयुक्त समय पायो । यो समयमा मुलुकको हितको लागि विगतमा ध्वाँस पिट्नेहरु के चपाएर बसेका छन् । अब संसदवादीहरुले देशभक्त नेपालीलाई केहि क्षण अमेरिकी सेनाको बुइ चढेर मार्न सक्छन् । तर वीर सत्यवादी नेपालीहरुले हरेश खान, डराउन हुदैन । देशलाई लथालिंग भताभुंग पार्न खोज्दै गरेका बहुदलीय संसदवादीहरुलाई पृथक विचार शक्तिका नेपालीहरुले निश्चित रुपमा क्षभ्य गर्न हुँदैन । देशभक्ति प्रत्येकको मनबाट उठेर प्रकट हुन्छ ।
देशभक्ति आन्दोलन थाम्न नसक्ने बलियो अस्त्र बनेर प्रकट भयो भने विदेशीको इसारामा देश भत्काउदै गरेकाहरुको मरेको जुनी अवश्य हुन्छ । हामी नेपालीले समयको प्रतिक्षा गरौँ उठेको आन्दोलनलाई सघाएर देशको हितको पक्षसम्म सबै जना अडिग रहौं । सबैमिली एमसीसी सम्झौता खारेज गराउँ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना