प्रभाकर गुप्ता पर्सा जिल्लाको लागी खासै नयाँ नाम होइन । वुवा ओमप्रकाश साह तथा स्व. आमा मिरा देवीको कोखबाट विसं २०४७ साउन २ गते विरगन्जको अशोक वाटिकामा जन्मिएका हुन् उनी । चार दाजु भाई मध्ये प्रभाकर सबैभन्दा कान्छो छोरा हुन् । पारिवारिक अवस्था रामै्र भएकोले बाल्यअवस्स्था एकदमै सुखमय बितेको उनले बताए । गुप्ताको शैक्षिक योग्यता स्नाकोत्तर सहकारीको संस्थाको व्यवस्थापक सामुदायिक सरोकार नेपालको अध्यक्ष पनि हुन् । यसको अलावा उनी खासमा नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियूको केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ को सह संयोजक पनि हुन् । वीरगन्जमा उनलाई कम्युनिष्ट पार्टीको युवा नेताका रुपमा चिनिन्छ । उनै युवा नेता गुप्तासँग मध्य नेपालले समसामयिक बिषयमा गरेको कुराकानी :
१) यहाँको विचारमा युवा नेता भन्नाले के बुझिन्छ ? त्यसको दायित्व चाही के हो ?
युवा वर्ग युवा पिढी र युवा समुदायको नेतृत्व गर्ने अगुवा नेतालाई नै युवा नेता भनिन्छ ।
२) अहिले युवाहरु कस्तो खालको कार्यमा सक्रिय रहेका छन् ?
प्रायः युवाहरु बढि शिक्षातिर उन्मुख भएको देखिन्छ । शिक्षासंगसंगै उत्पादन मुलक कार्य गर्दै आफ्नो व्यापार व्यवसायमा लागी बेरोजगार रहेका युवाहरु कामको खोजीमा लागेका छन् । यससंगै धेरै युवाहरु आफ्नो पढाई र कामकाजलाई निरन्तरता दिदै देशको राजनीतिमा सक्रिय भएर राजनीति गरिरहेको पनि देखिन्छ ।
३) युवा वर्ग नेतृत्व तहमा आउन नसक्नुको कारण के हो ?
विश्व आन्दोलन वा विश्व राजनीति परिेवेशमा परिवर्तनलाई हेर्ने हो भने युवाहरुको धेरै नै अहम भुमिका रहेको हुन्छ । विभिन्न आन्दोलनमा युवाहरुको सक्रियताले विभिन्न आन्दोलनले उचाई चुमेका छन् । हामी देखेका छौ । चाहे राजनीतिक होस् या शिक्षा वा व्यवसायिक अन्दोलन । पहिला बुढापाखाहरुले नै जसको उमेर कटेर ५०÷६० भई परिपक्क भईसकेपछि परिपक्क उमेरका व्यक्ति नै राजनीतिक आउने र उनीहरुले नै सबै कार्य गर्ने हामी देखिरहेका थियौ । तर अहिलेको परिवेशमा दोस्रो पुस्ताका युवाहरु राजनीतिमा जुन हिसाबले आए त्यो अनुसार हाम्रै देशको विभिन्न निकायमा जस्तै राजनीति नियुक्ति अर्थात देशलाई चलाउने विभिन्न ठाउँमा युवाहरुको उल्लेखनीय सहभागीता रहेको देखिन्छ । अहिले सरकार चलाउने संयन्त्रमा वा मन्त्रीमण्डलमा प्राय युवाहरुलाई नै देखिरहेका छन् ।
४) प्रायः युवा नेता ४० वर्षको उमेर कटिसकेपछि नेतृत्व तहमा आउँछन नी ?
खासमा युवा भन्नाले १६ वर्षदेखि ४० वर्षमुनि उमेरसमूहका यावा युवती हुन् । ती उमेर भित्रका जति पनि युवाहरु हुनुहुन्छ । यदि यी युवाहरु पूर्ण मेहेनत र लगनशिल भएर आ–आफ्नो क्षेत्रमा लागिरहेका हुन्छन् । राजनीति, समाजिक वा व्यवसायिक या अरु कुनै क्षेत्र नै किन नहोस् । लगनशिलताको हिसाबले लाग्दा कुनै पनि ठाउँमा पुग्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ ।
५) युवा नेताहरुको राजनीतिमा भविष्य छ त ?
एकदमै भविष्य छ । किन भने देश चलाउने संयन्त्रमा दोस्रो तहका युवाहरुको भूमिका हामी जसरी देखिरहेका छौ । त्यसमा कहिन कही यो देश चलाउनेमा ति युवाहरुले नेतृत्व गर्छन् । धेरै युवाहर मन्त्री भएको हामीले देखेकै छौ । तर केही समय पछि प्रधानमन्त्री पनि युवा नेताले नै चलाउने दिशा तर्फ अहिलेका युवामा होसला बढिरहेको देखिन्छ ।
६) यहाँ लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, यतिका वर्षसम्म टिकिराख्न यहाँको अर्थिक श्रोत कसरी परिचालन गरिरहनु भएको छ ?
राजनीतिमा लगभग सक्रिय भएर लागेको १३ वर्ष भईसकेको छ । एसएलसी पास गरेदेखि नै राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिदै आईरहेको छ । त्यसपछि क्याम्पसमा दुईचोटी सभापतिको चुनाव पनि लड्दै पछिल्लो समयमा विद्यार्थी संगठनको केन्द्रिय सचिवाल सदस्य सम्म पुगियो । राजनीति गर्नको लागी आर्थिक पाठो एकदमै महत्वपूर्ण हो । राजनीति गर्दा आर्र्थिक समस्या छ भने अगाडी बढ्न धेरै नै कठिनाई हुन्छ । विगतको दिनमा हामीले हेथ्र्यांै निश्पक्ष रुपले एकै चपल एउटै कपडा र झोला बोकेर पनि राजनीति गरेको देखिन्थ्यो । तर अहिलेको परिवेशषमा राजनीति गर्नलाई पैसा खर्च गर्नु पर्छ । युवाहरुलाई वरिपरि राख्न विहान बेलुका नास्ता खुवाउनु, खाना खुवाउनु सामान्य जस्तै बनेको छ । अहिले निर्वाचन लड्नु पनि धेरै महँगो भईसकेको छ । पहिला निष्ठावान भएर समाजमा खटेको सामाजिक कार्यमा योगदान पु¥याएको व्यक्तिलाई जनताहरु मत दिन्थे । तर अहिले अहिले जनतामा त्यस्तो सोच पनि कमै देखिरहेका छौ । जसले बढि पैसा खर्च ग¥यो । केही आफूहरुलाई पनि दियो भने उसलाई ठिक भन्ने जस्तो चलन विकास भएको छ । यस्तैले निर्वाचन जित्ने कारण निरन्तर राजनीति गरिरहने नेता पछाडी परिरहेका छन् । किन भने उनीहरुसंग पैसा खर्च गर्ने क्षमता हुँदैन । जसको फाईदा उठाउँदै राजनीतिमा एकैचोटी ठुल–ठुला व्यवपारीहरु पैसाको दममा अकस्मात हाम फाल्ने र पैसाको चलखेल गरी निर्वाचन जित्ने सम्मको प्रवृति देखिएको छ । यसका नेता मात्र होइन जनता पनि दोषी छन् । धेरै व्यापारीहरुले ब्लाक मनीलाई सदुपयोग र सही ठाउँमा राख्नको लागी राजनीतिमा लागेकोको पछिल्ला उदाहरण जिल्लाबाट पनि खुलिरहेको छ । असल राजनीतिकर्मी पिछडिरहेका छन् । यसले लामो समय निरन्तरता पाए राजनीति प्रति नै जनताको वितृष्णा भएर व्यवस्था नै परिवर्तन हुन सक्ने सम्भावना समेत नहोला भन्न सकिन्न ।
७) प्रायः युवाले नै पार्टीगत कार्यक्रम वा कुनै न कुनै कलकारखाना, स्कुल कलेजको अंगरक्षक बनेर पैसा लिने गरेको हल्ला सुनिन्छ नि ?
हाम्रो देशमा रोजगारीको धेरै समस्या छ । आर्थिक अवस्था कमजोर भएका युवा नेताहरुले कुनै स्कुल कलेज वा कलकारखानाको अंगरक्षक बनेर काम गरिरहेका होलान् । तर सक्रिय राजनीतिमा लागेका युवा नेताहरु यस्तो कार्यमा संलगन भएको कमै होलान । कुनै कलकरखानामा जागिर गरिरहेका युवा नेताहरुलाई अंगरक्षक बनेर काम गरिरहेको भन्न सकिदैन ।
८) अब राजनीतिमा आउने युवाहरुलाई तपाई कस्तो सुझाव दिनु हुन्छ ?
राजनीतिमा आउँन एकैचोटी हाम फालेर आउन सकिदैन । राजनीतिमा आउनको लागी ग्राँस रुटबाट राजनीति गर्नु पर्छ । सानैदेखि कुनै न कुनै पार्टीसंग उसको बिचार लगाव हुँदा विस्तारै विस्तारै कार्यक्रममा सहभागीता बढ्दै गएपछि राजनीतिक दृढता हुँदै जान्छ । यसको साथ साथै राजनीतिमा लागेको मानिसको आर्थिक अवस्था दैनीय छ । पेट पाल्नै पर्छ भने पहिला घर परिवार चलाउनको लागी कुनै न कुनै व्यापार व्यवसाय वा जागिर गर्नु पर्छ । पुरा समय राजनीतिमा नदिए पनि पार्ट टाईम जागिर गरेर पनि राजनीति गर्न सकिन्छ । घर परिवार चलाएर आफ्नो जिम्मेवारी बहन गर्छाै भने राजनीतिको माध्यमले समाज सेवा गर्छाै । राजनीतिक भनेको नै देश र जनताको सेवा गर्नु हो ।
९) तपाईको भविषयको लक्ष्य के छ ?
अहिले म २९ वर्षको छु । विगत १० वर्षदेखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै विद्यार्थी फिल्डको राजनीतिमा सहभागी पनि भए । प्रत्यक्ष रुपमा देश र नेपाली जनताको सेवा गर्ने मेरो सोच र आकांक्षा रहेकोले विभिन्न निर्वाचनमा लाग्दै देशको महत्वपूर्ण निकायमा सेवा गर्नका निम्ति आउने । यसको लागि २ नम्बर प्रदेशको मुख्यमन्त्री र प्रधानमन्त्री बनी देश र जनताको विकासका निम्ति पुरै जिवन समर्पण गर्ने सोच छ ।
१०) तपाईको लक्ष्य कति वर्षमा पुरा हुन्छ जस्तो लाग्छ ?
युवा अवस्थामै मैले आफ्नो लक्ष्य पुरा गर्ने सोच राखेको छु । म ४० वर्षको उमेर नकट्दै विभिन्न तहमा सक्रिय भएर अगाडी बढ्छु । यो लक्ष्य पुरा गर्नका निम्ति अहोरात्र जनताको सेवामा खटिरहेको छु । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य भएको हुनाले एकदमै तनमन र जनताको विकास नै मेरो पारिश्रमिक फल रहेको भन्दै समाज सेवामा लगनशिल भएर अगाडी बढ्दै छु ।