१. तपाई कति समयदेखि काम गर्दै हुुनुुुहुुन्छ ?
मैले बि.डि.एस अध्ययन सकेर एन.एम.सिको परीक्षा माघमा पास गरे । त्यसपछि काम गर्न लागेको हो । म नयाँ नै भएकोले अहिले धेरै अनुभव बटुल्ने मौका पाएकी छैन । एम.डि.केडियाको अध्ययन पछि एक वर्षको इन्टर्नसीप गर्दा केही अनुुभव भने पक्कै पनि बटुलेको छु । एन.एम.सि पास भएपछि निरन्तर काम गर्दै आएको छु ।
२. दाँतलाई स्वस्थ राख्न के गर्नुुपर्छ ?
दाँत भनेको एकदमै महत्वपूर्ण अङ होे । हामीले हास्दाँखेरि तुरुन्त देखिने भनेको दाँत नै हो । दाँतले मानिसको स्वरुपलाई नै राम्रो बनाउन मद्दत गर्दछ । साथै हामीले खाएको खानालाई चपाउने काममा दाँतले नै गर्ने गर्छ । दाँतलाई जोगाउन सबैभन्दा पहिला हामीले दिनको २ पटक सफा गर्नु पर्छ । धेरै मानिसले खाना खानुभन्दा पहिला नै ब्रस गर्ने गर्छन् । तर यस्तो गर्नु गलत हो । खाना खाएपछि बिहान र बेलुका सुत्नु अघि ब्रस गर्ने गर्नुपर्छ । त्यस्तै दिनमा पटक–पटक ब्रस गर्न त मिल्दैन । दिनमा मिठो गुुुलियो खानेकुरा खाएपछि पानीले राम्ररी मुख कुुुल्ला गर्ने बानी बसाल्नु पर्छ । मिठो र गुुुलियो खाए कुुुल्ला गरि हाल्ने गरमा दाँतमा किरा लाग्ने समस्या कम हुन्छ ।
३. हाम्रो दाँतमा कस्ता किसिमका रोगहरु लाग्छ ?
हाम्रो दाँतमा सबैभन्दा बढी रोग लाग्ने भनेको डेन्टल क्यारीज हो । मानिस समान्य दुखाई भनेर आउने गर्छन् । हामीलाई खोडिला भएको भन्छौं । यो बढ्दै गयो भने नशा तिर जान्छ । र दुख्न थाल्छ । जसलाई हामी पल्प भन्छौं । यो दुईटामा आरसिटिमा उपचार छुट्टै हुन्छ । मुख्य भनेको क्यारीज हो । ब्रस गर्ने विधि गलत भयो भने (एभ्रिजन, एफ्रिजन) दाँतमा धेरै ठोकियो, दाँत माथि तल छ भने दाँत राम्रो सित सफा नगरे दाँतमा केमिकलहरु भए त्यो नराम्रो असर पार्छ । जिवनमा दाँतले पनि एउटा महत्वपुुर्ण कार्य गरिरहेको हुुन्छ । दाँतमा रोग हुुुदैन । मानिसको शरीरमा रोग भयो भने त्यसको असर दाँतमा देखापर्दछ । पाचन शक्ति कमजोर भएमा पनि दाँतमा समस्या देखिन्छ । ग्याष्ट्रिकको समस्याबाट जो मानिस पीडित छ उसलाई पनि दाँतको समस्या देखिन्छ । धेरै दिनसम्म ब्रस गरेको छैन भने ब्रस गर्ने राम्रो तरिका नभए गिजा सुन्निने र दाँतबाट रगत आउने हुन्छ ।
४.दाँतको दिनहुँ सफाई गर्दा पनि मुुुख गनाउने कारण के हो ?
हामी सबैको मुख्य समस्या भनेको दाँत सफा गर्ने तरिका नपअनाउनु नै हो । हामीले भर्टिकल सर्कुुलरमा ब्रस गर्ने भनेर सिकाइ रहेका हुुन्छौं । त्यसलाई हामी आधुनिक ब्रसविधि भन्छौं । धेरै मानिस ब्रसले दाँत र गिजामा ब्रसले घसिघसि माजेका हुन्छन् । जसले गर्दा दाँतबाट रगत बग्ने हुन्छ । एक त ब्रसले गर्दा पनि दाँतमा असर पर्छ । ब्रस पनि बजारमा थरीथरीका आउने गर्छन् । हामीले नरम खालको ब्रस प्रयोगमा ल्याउनुुु पर्छ । हामी दाँतको रोगीको उपचार चलिरहेको छ भने अलगै खालको ब्रस दिन्छौं । पाचन प्रणालीमा समस्या भएका, कब्जियत भएका मानिसहरुको प्रायः मुख गन्हाउने गर्दछ । शारीरिक समस्या, मुखको समस्याबाट नै शरीरमा रोग भएको देखाइरहेको हुन्छ । त्यसैले हामीले फिजिसियनकोमा गएर तुरुन्त उपचार गर्नुपर्छ । सुगर रोग भएको मानिसहरुले दाँत उखाल्दाँ घाउ ढिलो सुक्ने हुन्छ । ब्लेडप्रेसर उच्च भएको मानिस छ भने उसले खाने गरेको औषधीलाई केही समयको लागि रोक्नु पर्ने हुन्छ ।
५.दाँत बाङगोटिंगो भएमा के गर्नुु पर्छ ?
दाँत बाङ्गोटिङ्गो भएर आएको छ भने दाँतमा तार बाध्नु पर्छ । यसको विधी छुट्टै हुन्छ हामी यसलाई अर्थोडेन्टिष्ट भन्छौं । बच्चाकोे विकास हुने उमेरमा ६ नम्बरको र ७ नम्बरको दाँत आईसकेपछि हामी दाँत मिलाउन सक्छौं । तार एउटा लगाउने खोल्ने खालको हुन्छ । अर्को दाँतमा नै फिक्स हुन्छ । त्यो निरन्तर मुखमा नै लगाएर राख्नुपर्ने हुन्छ । दाँत र समस्या अनुुसार लाग्छ त्यो । हाम्रो मुुखमा दुुधे दाँत मात्र २० वटा हुन्छ । अनि आउने हाम्रो परमानेन्ट दाँत ३२ वटा हुन्छ । कसैको दाँत सानो बोन्स ठुुुलो हुुन्छ । त्यसमा दाँत सानो हुने र दाँतको बिचमा फराकिलो देखिन्छ । कसैको दाँतको बोन्स भन्दा दाँत ठुुुलो आईदिन्छ । भने यस्तो दाँतलाई अर्थोटिट्मेन्ट गर्नु पछै । बच्चा १३, १४ वर्षको भएपछि दाँतको अर्थोटिट्मेन्ट गर्नुुपर्छ । किनभने यो उमेरसम्म ६,७ नम्बरको दाँत आइसकेको हुन्छ । अर्थोटिट्मेन्ट गराउने धेरै महङ्गो छ । त्यसको उपचार गर्न पैतालिस देखि पचास हजारसम्म लाग्छ ।
६.दाँतमा किरा लाग्नु कारण के होला ?
हामीले खाना खाएपछि ब्रस गरेनौं भने हामीले खाएको खाना दाँतको कुनाकुनामा अड्किन्छ । अड्किएका खाना मुखमा नै कुहिने हुन्छ । जसले गर्दा त्यही किराको वृद्धि हुन्छ । यसले बिस्तारै बिस्तारै दाँतमा सर्दै जान्छ । जब दाँत बेस्सरी दुखेपछि मात्र हामी उपचार गर्न जान्छौं । यो तरिका ठिक होइन । सामान्य दुखाई हुना साथ चिकित्सकलाई देखाउनु पर्छ ।
७. हामी दाँतमा समस्या आउन नदिन के गर्नु पर्छ ?
हामी दाँतमा समस्या आउन नदिन सबै भन्दा पहिला दाँतको हेरचाह गर्नु पर्छ । दाँतको उपचार पद्दति धेरै महङ्गो छ । दाँत बनाउन धेरै खर्च गर्नु भन्दा दाँतमा समस्या आउन नै नदिनु पहिलो उपचार हो । दाँतको राम्रो संग सफा गर्नुपर्छ । दाँत सफा गर्दा गर्दै पनि समस्या आएमा थाहा पाउन साथ तुरुत दन्त चिकित्सककोमा जाँच गराउनु पर्छ ।
८.तपाई सल्लाह दिन चाहनुहुन्छ ?
हामीले सधै दिनमा दुुई पटक खाना खाए पछि दाँत माझ्ने गर्नुपर्छ । त्यसपछि दिनमा पनि केही खानेकुरा खाएमा दुुई दाँतको बीचमा खाना अड्किएको हुन्छ । हामीले खाना खाएमा पछि राम्ररी कुुल्ला गर्नुपर्छ । सकेसम्म आमाहरुले बच्चाहरुलाई सुुुताएर दुुध नखुुवाउनुुु, दाँतमा केही समस्या भए तुरुन्त दाँतको विशेषज्ञलाई देखाउनुपर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना