भेट्रान सिटि क्लब वीरगञ्जले प्रथम वीरगञ्ज गोल्डकप ०८० फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगित आदर्शनगर रंगशालामा यहि कात्तिक १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्लवले पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ । पर्यटन प्रवद्र्धन एवम् खेलको बिकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
झण्डै ५ बर्षपछि आर्दशनगर रंगशालामा आयोजना गरिने प्रतियोगिता मधेश प्रदेशकै उच्च धनराशीको प्रतियोगिता हो ।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजकमा हुन लागेको प्रतियोगितामा नेपाल तथा भारतिय शहरका टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन नेपाल फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाईज युनाईटेड, झापा एफ सी, क्लाईभ हाउस, डम डम कोलकत्ता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटि क्लब वीरगञ्ज सहभागि रहनेछन् ।
करिब ८० लाख रुपँैया बजेटमा प्रतियोगिता आयोजना गरिने क्लवका अध्यक्ष सविन बस्नेतले जनाए । खेलमा प्रथम बिजेतालाई ११ लाख ११ हजार १ ११ रुपैया प्रदान गरिने छ । भने उप बिजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैँयाले पुरस्कृत गरिनेछ ।
प्रत्येक दिन हुने खेलको म्याच अफ द म्याचलाई समेत विद्यागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना