फलामको भाँडामा अमलाको धूलोलाई राम्रोसँग भिजाएपछि त्यसलाई केशमा लगाउने । यसबाट केश स्वस्थ एवं कालो हुन्छ ।
तीतेकरेलाको पात पिसेर त्यसको रस निकाली टाउकोमा लगाउने । यो उपाय २–३ महिनासम्म नियमित अवलम्बन गर्दा केश स्वस्थ हुन्छ ।
स्वस्थ र चम्किलो केशका लागि पानीमा कागतीको रस मिसाएर केश धुन सकिन्छ ।
दही र अण्डा मिसाएर तयार पारिएको पेस्टलाई केशमा लगाउने अनि सुकेपछि चिसो पानीले धुने ।
सातामा एकपटक केशमा नरिवलको दूध लगाउनुपर्छ । यसका लागि पहिले केशमा नरिवलको दूध हाली मसाज गर्नुपर्छ । सुकेपछि कुनै माइल्ड स्याम्पुले केश पखाल्ने ।
१५ दिनमा एकपटक स्याम्पु गरेपछि पानीमा मह र कागतीको रस मिसाएर केशमा हाल्नुपर्छ । यो राम्रो हेयर रिन्स हो ।
चायाँयुक्त केशका लागि हेयर मास्क
केशको जरामा तीन चम्चा भिनेगर लगाएर मसाज गर्ने । सुकेपछि केश पखाल्ने । जबसम्म चायाँ पूर्णरूपले हट्दैन, तबसम्म नियमित रूपमा यो उपाय अवलम्बन गरिरहनुपर्छ ।
आफ्नो डेन्ड्रफ स्याम्पुमा दुईवटा एस्पिरिन घोलेर हाल्ने । डेन्ड्रफ निर्मूल हुन्छ ।
एक मुठी मेथी रातभरि पानीमा भिजाएर राख्ने । भोलिपल्ट बिहान उक्त पानीका साथमा मेथीलाई पिसेर पेस्ट बनाउने । केशमा लगाएर १० देखि २० मिनेट छोड्ने । त्यसपछि कुनै माइल्ड स्याम्पुले केश पखाल्दा चायाँ हट्छ ।
तैलीय केशका लागि हेयर मास्क
जब केश ओयली हुन्छ र स्याम्पुका लागि समय छैन भने कर्नफ्लोर प्रयोग गर्नुपर्छ । पहिले काइँयो प्रयोग गरी केशलाई सेन्टर पार्टिङ गर्ने । अब एउटा बाउलमा कर्नफ्लोर लिएर ब्लस ब्रसले केशको बीच–बीचमा तथा केशको जरामा लगाउने । १० मिनेटपछि काइँयोले केश झारी कर्नफ्लोर हटाउने, केश फेरि सुन्दर देखिन्छ ।
तुरुन्तै केशको चिपचिपबाट छुटकारा प्राप्त गर्न थोरै टेलकम पाउडर केशको जरामा प्रयोग गर्न सकिन्छ ।
सुख्खा केशका लागि हेयर मास्क
एउटा अण्डामा तीन चम्चा मह मिसाएर फिट्ने । यसलाई स्काल्प तथा केशमा प्रयोग गर्नुपर्छ । आधा–एक घन्टापछि स्याम्पु गर्ने ।
पूर्णरूपले पाकेको एउटा केरा म्यास गरी त्यसमा एक चम्चा क्रिम र एक चम्चा मह मिसाएर राम्रोसँग घोल्ने अनि केशको जरादेखि टुप्पासस्म दलेरर सावर क्याप लगाउने । अब तातोपानीमा भिजेको टाबेलले शिर छोप्ने । यो मिश्रणलाई करिब एक घन्टा केशमा रहन दिनुपर्छ । अन्त्यमा मनतातो पानीले धोएर स्याम्पु गर्ने ।
सुख्खा केशमा मेयोनिजको कोट लगाउने । १०–२० मिनेट सावर क्यापबाट छोपेर त्यसपछि पखाल्ने ।
केशमा ओलिभ आयल लगाउनुपर्छ । २० मिनेटसम्म प्लास्टिक ब्यागले छोपेर राख्ने । यो बीच हल्का तातोपानीले नुहाउने । तातोपानीका कारण तेल बढी प्रभावकारी हुन्छ र डिप कन्डिसनिङमा मद्दत गर्छ । २० मिनेटपछि स्याम्पु गर्ने ।
मेहन्दीको हेयर प्याक स् दस ग्राम मेहन्दी, ५ ग्राम सिकाकाई, ५ ग्राम अमला, ५ ग्राम ब्राह्मी, २–२ ग्राम मूलतानी माटो, कफी पाउडर, आधा चम्चा बेसार, ५ चम्चा भृंगिराज पाउडर, एउटा अण्डा तथा एक कप दही मिसाएर केशमा राम्रोसँग मिसाउने । दुई घन्टापछि धोएर स्याम्पु गर्ने । यसबाट केशको जरा बलियो तथा स्वस्थ रहन्छ ।
अमला–सिकाकाई हेयर प्याक स् दुईवटा अण्डा, दुईवटा म्यास गरिएका केरा, दुई–दुई चम्चा अमला, रिठा र सिकाकाई पाउडर, दुई चम्चा मेथी पाउडर । सम्पूर्ण सामग्रीलाई ब्लेन्ड गरी केशको जरादेखि शिरसम्म राम्रोसँग लगाउने । ४५ मिनेटसम्म प्याकलाई केशमा राखेर छोड्ने । त्यसपछि स्याम्पु गर्ने । यो हेयर प्याकले केशलाई पोषण प्रदान गरी नरम बनाउँछ ।
कान्तिहीन केशका लागि हेयर प्याक स् दुईवटा अण्डा, एक कप ताजा गाढा दही, एक चम्चा बदामको तेल, एक चम्चा जैतुनको तेल, एक चम्चा अरन्डीको तेल, एक कप मेहन्दी पाउडर, एक चम्चा सिकाकाई पाउडर मिसाएर राम्रोसँग फिट्ने । यसलाई गाढा वा पातलो गर्न आवश्यकताअनुसार दही वा मेहन्दी पाउडर मिसाउन सकिन्छ । यो हेयर प्याक केशमा ३० मिनेटसम्म त्यसै छोड्नुपर्छ । त्यसपछि स्याम्पुले केश धुने । कान्तिहीन केशमा प्राण सञ्चार हुन्छ ।
ओयली केशका लागि हेयर प्याक स् एक चम्चा मेहन्दी, एक चम्चा रिठ्ठा पाउडर, एक चम्चा अमला, एक–एक चम्चा कपूर, निम पाउडर, सुन्तला पाउडर, मेथी पाउडर, हर्रो पाउडर, बर्रो पाउडर, एउटा कागतीको रस तथा एक कप दही मिसाउने । आवश्यकताअनुसार पानी मिसाएर पेस्ट तयार गरी केशको जरासम्म लगाउने अनि ३० मिनेटपछि पखाल्ने ।
स्पेशल हेयर प्याक स् एक चम्चा अमला, एक चम्चा रिठा पाउडर, एक चम्चा सिकाकाईलाई एक कप पानीमा धोलेर कुनै फलामको भाँडामा रातभरि छोड्ने । यो प्याक लगाएर भोलिपल्ट बिहान पानीले पखाल्नुपर्छ भने यसबाट केश बलियो, नरम तथा आकर्षक देखिन्छ । साभारःनारी म्याग
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना