वीरगञ्जमा आयोजित पाँच दिने “रात्रि बजार” सम्पन्न भएको छ ।
कोभिड महामारीले ढस्एिको अर्थतन्त्रलाई उकास्ने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिकाले विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा यहाँस्थित पूरानो बसपार्कमा असोज २८ बडादसैँको पहिलो दिन घटस्थापनादेखि सुरु गरेको पाँच दिने रात्रि बजार बिहीबार सम्पन्न भएको हो ।
यसअघि महानगरले प्रत्येक महिनाको अन्तिम शुक्रवार र शनिवार गरेर दुई दिनका लागि लगाउने रात्रि बजार यस पटक दसैँको अवसर पारेर पाँच दिनको लागि लगाइएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जनाए । उनले पाँच दिनसम्म चलेको रात्रि बजार झन्डै एक लाख आन्तरिक र बाह्य पर्यटकले अवलोकन गरेको तर्क गरे । झन्डै ६० वटा स्टल राखिएको रात्रि बजारमा अवलोकन गर्न आउनेहरूको मनोरञ्जनका लागि खेलकुद सम्बन्धी गतिविधिका साथै विभिन्न सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बजारमा व्यापार पनि राम्रै भएको व्यवसायीहरूको भनाई छ ।
बजारमा वीरगञ्जसहित पर्सा जिल्लाको अन्य स्थानीय तहदेखि छिमेकी जिल्ला बारा र रौतहटसमेतबाट पर्यटकहरू आएको मेयर सिंहको दाबी छ । ‘सामान्यता १० बजे नै बन्द हुने वीरगञ्जस्थित नाकालाई पनि रात्रि बजारको अवधिभरि १२ बजेसम्मका लागि खुल्ला गरिएको थियो,’ उनले भने, ‘जसले गर्दा बजारमा भारतीय पर्यटक पनि पुगेका थिए ।’
बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरू समेत राखिएको थियो । बजारमा प्रत्येक दिन देश र भारतबाट आएका कलाकारहरूले समेत आफ्नो प्रस्तुति देखाएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाली युवा उद्यम मञ्च (एनवाइईएफ) वीरगञ्ज, वीरगञ्ज साइक्लिङ क्लब, उमन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले बजारको आयोजना गरेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना