हावाहुरीबाट बारा जिल्ला अक्रान्त बनेको बेला आम नागरिक तथा विभिन्न संघ संस्थाहरुले भ्याएसम्मको राहत समाग्रि वितरण गरिरहदा समेत वास्तविक पिडितहरु अझै राहत पाउन सकेको छैन् ।
बाराको परवानीपुर गाऊँपालिका वडा नम्बर ४ चैनपुरमा रहेको दलित बस्तीका पिडितहरु तिनदिन वितिशक्दा पनी अझैसम्म राहत पाउन नसकि खुल्ला अकाशमुनि भोकै बस्न बाध्य भएका छन् ।
वडा अध्यक्षको बलविचाई र पिडित युवाहरुको विवादका कारण राहत नपाउँदा पिडितहरु भोकभोकै खुल्ला अकाशमुनि बस्न बाध्य भएका हो । वास्तविक पिडितलाई राहत वितरण नगरी गैर पिडितलाई वडा अध्यक्षले राहत वितरण गरेको विरोधमा पिडित युवाहरुले वडा कार्यालयको गोदाममा एउटा नभई दुई दुई वटा दुबैपक्षले ताल्चा लगाइदिएका छन् । भने, अर्को गोदाममा राहत समाग्रि थुपारिएर राखिएको छ । तर वडा अध्यक्षले पिडितलाई नभई गैरपिडितलाई आफुले भ्याएसम्म राहत समाग्रि वितरण गरेका छन् ।
परवानिपुर गाऊँपालिकामा पर्ने वडा नम्बर ४ को कुल जनसंख्याको ३२ प्रतिशत दलित तथा अति विपन्न व्यक्तिहरुको यहाँ बसोबास रहेको छ । फुसको झुप्रो तथा परालको स साना घर भएका कारण हावाहुरीबाट जोखिमपुर्ण दैनिकि विताउन यहाँका दलितहरु बाध्य भएका छन् तरपनी वडा अध्यक्षको बलमिच्चाईका कारण वास्तविक पिडितहरु राहत पाउन नसकेको पिडित सुगन्धी देवि रामले बताईन् ।
मुखिया (वडा अध्यक्ष) भएरपनी हामीलाई बलमिच्चाई, हातपात गर्न लगाउने गरेको उनको आरोप छ ।
मुखियाले विभिन्न संघसंस्थाले दिएको राहत आफै बुझेर आफ्नो घरमा थन्क्याउने गरेको अर्का पिडित राम प्रवेश रामले बताए ।
अर्का पिडित मदन रामले भने, मुखिया आफैले ठुलठुला मकानमा पिडितहरुका लागी आएको राहत वितरण गर्ने गरेको छ । गोदाममा त्रिपाल, दाल, चामल, अन्न लत्ता कपडा सबै भरिभराऊ भएपनी पार्टी पोलेसि हेरेर वितरण गर्ने गरेको पिडित मदन रामको भनाई छ ।
जहाँ बढी क्षति भएको छ, त्यहाँ वडा अध्यक्षको राहत समाग्रि अझैसम्म पुगेको छैन् पटक पटक हामीले भन्न गए उल्टै कुटपिट गर्न लगाउने गरेको पिडित रमरतिया देविको भनाई छ । बैशाख १ गते छोरीको विहेको दिन तोकिएर तयारीमा रहेको बेला सबै अन्न लत्ता कपडा हावाहुरीले नष्ट गरिदिएकाले छोरीको विहे कसरी हुने भन्ने हामी अन्यौलमा छौँ ।
पिडितहरु निर्वाचित जनप्रतिनिधिको सहाराका लागी पछिपछि लागेका छन् भने जनप्रतिनिधिले राजशाही व्यवहार देखाउँदै आफ्नै सेवा सत्कारमा लागेको देखिन्छ । बुधबार घटनास्थल पुग्दा वडा अध्यक्ष वडा अध्यक्ष गजेन्द्र पटेलले पिडितहरुलाई राहतका लागी लाईनमा लगान लगाए वितरण हुन्छ भन्ने आश्वासन पनि दिए र तिनै पिडित दलित महिलाहरुबाटै सेवा सत्कार समेत गराए ।
आफु राजाशाहि मेचमा बस्दै राहतस्वरुप आएको विस्कुट चपाउँदै तिनै पिडित महिलाहरुसंग हाते पंखा घुमाउन लगाए । तरपनी दलित बस्तीमा एक बोरा चामल समेत पठाएनन् ।
यता वडा अध्यक्ष गजेन्द्र पटेलले यहाँको अवस्था सुधार्न प्रयास गर्न लागेको उनले दाबी गरे, विहानदेखी पिडितहरुका लागी खान बनाउन लगाउने काम गराएका छौँ । यहाँ दलितको जनसंख्या बढी छ, दलितलाई दिने काम हामिहरु गरिरहेका छौँ । बढि दिए खेर जाने दुरुपयोग हुने भएकाले हामीले गोदाममा राखेको उनले खुलाए । हामीसंग राहत समाग्रि थुप्रैछ, गोदाममा दुईवटा ताल्चा लगाउनु स्वभाविक हो, अहिलेको अवस्थामा लुटेर लगे के गर्ने प्रतिप्रश्न गर्दै उनले गैर पिडितलाई नदिएको दाबी गरे ।
प्राकृतिक विपति परेका बेला छिमेक मात्र नभई देश विदेशबाट युवाहरु एकजुट भएर सहयोग गर्न तत्पर भएका छन् तर जनताबाटै चुनिएका जनप्रतिनिधि आफु निकटका गैर पिडितहरुलाई राहत वितरण गर्न लगाउनु राजनिति खालको ओढमा पिडितलाई झन पिडित बनाउने काम भईरहेको देखिन्छ । यस्ता विकृतिलाई समय मै सम्बन्धीत निकायले रोक लगाउन सक्नु पर्छ ।