नेपालीहरुको महान् चाड बडादर्शै यो पटक पनि हरेक नेपालीहरुको घर–घरमा आइपुगेको छ । विगतका केही बर्ष विश्व कोरोना महामारीको चपेटामा यो पर्व पनि रुमलिएकोले धेरै नेपालीमा पर्वको खल्लो पन महसुस भएको थियो । विभिन्न प्राकृतिक विपतिबाट पीडित नेपालीहरुमाझ आएका हरेक पर्व अझै पनि नेपालीले राम्रोसँग नमनाएको अझै विर्सका छैनन् । दुःखका अविश्मरणीय क्षण अझै ताजै छन् । तर यो बर्ष भने त्यो अवस्था त छैन ।
तथापि हिन्दुधर्मालम्बीहरुको लागि यो पटक भने पुराना विपत्ति झैं नभए पनि आर्थिक संकटले भने अझै पिरोलिरहेको छ । विनाशकारी विपति जस्तो मानिससँग मानिस नै टाढा हुनु पर्ने अवस्था नभए पनि आर्थिक अभावले यो दशैंलाई पनि थोर बहुत गाँजेकै छ । त्यसको झल्को शहरहरुमा मात्र नभई गाउँघरमा समेत आर्थिक मन्दीले जनजीवन पीडित चाही बनेको छ ।
शहर रितिदै गाउँहरुमा मानिसको आवागमन बढ्न थालेको परिवेशमा पनि आर्थिक मन्दीले सर्वसाधारण खुसी भएको अवस्था भने देखिदैन । आर्थिक मन्दीको वास्तविकताले पनि यो पटक दशैंको चहलपहल अलि खल्लो बनाएको छ । केही बर्ष ठूलै धनजनको क्षति व्यहोरेको नेपालले अहिले निकै उल्लासमय पर्व मनाउन लागेको समयमा पनि सबै नेपाली प्रफूल्ल चाही नभएकै अवस्था हो ।
अझ एक ठाउँबाट अर्को ठाउँमा आवागमन गर्नुपर्ने मानिसका लागि भने अझ सडक संजालको विकटताले सडक यात्रीलाई
नेपालमा तीन तहका सरकारको लाचारीका कारण देशभरका सडक सञ्जालको स्तरउन्नति र सुदृढ हुन नसक्दा सडक यात्रीहरुले भने निकै सास्ती पनि पाइरहेका छन् ।
कतिपय ठाउँमा त सडककै कारण विभिन्न दूर्घटना हुने गरेको पनि छ । निश्चित समयमा गाउँघर पुगेर आफ्ना आफन्तहरुसँग पर्व मनाई पुनः गन्तव्य फर्कने कामकाजी मानिसहरुले भने यो बर्ष पनि सडकको अवस्थाले भने विभिन्न सास्ती खेप्न पर्ने बाध्यता भने जिवित नै छ ।
छोटो दूरीमा आवागमन गर्नेले विभिन्न विकल्प निकाली केही विलम्ब गर्दै पारिवारिक जमघट गर्न सके पनि लामो दूरीको यात्रा अर्थात् देशका विभिन्न ठाउँ र विदेशबाट पनि स्वदेश फर्कने नेपालीको लागी भने सडकको कारण नै चाडपर्वको भेटघाट र उल्लास खल्लो बन्नु हुन्न । त्यसैले सडकको अवस्था जीर्ण नछोडी स्थानीय सरकार, प्रदेश र संघ सरकारले पनि स्तरीय सडक सञ्जाल बनाउन विलम्ब गर्नु हुन्न ।
यसमा राज्य पक्ष थप जिम्मेवार बन्न जरुरी छ । सडकको कारण जनताको जीउधन उठिवास पार्ने अदृष्य कारण वेलैमा पहिचान गरी न्यूनिकरण गर्न नसके राज्य संचालकहरुको महत्व पनि खटेर जान्छ । यो कुराको हेक्का सबै सरकारहरुलाई हुन जरुरी छ ।
यसको साथै सवारी चालक र यात्रीहरुले पनि सडकमा हिड्दा अपनाउन पर्ने सबै सावधानी गम्भिरतापूर्वक अपनाउन जरुरी छ ।
तब मात्र चाडपर्वमा गरिने रमाइलो र भेटघाटको सार्थकता अझ प्रभावकारी हुन्छ । चाडपर्वले दुःखभन्दा बढि खुसी र उमङ्ग ल्याओस् । दुःखजिलो गरेर संकलन गरेको आर्थिक व्ययभारलाई पनि आम नेपालीले खर्च गर्दा मितव्ययिता अपनाउनु पर्छ ।
पर्वका नाममा ऋण गरेर पछि पछुताउनुभन्दा सुरुमा नै सजगता अपनाई परिवारमा खुसी र उल्लासमय बनाउनु पर्छ । पर्वका नाममा अनावश्यक खर्च गरेर बाँकी बर्षभरीलाई तनाव हुने काम कसैले पनि गर्नुहुन्न ।
यसको अलावा सडक सञ्जाल प्रयोग गरी पारिवारिक जमघटमा रमाउने चालक र यात्रीहरुको सावधानी पनि विगतका बर्षभन्दा सुदृढ बन्दै जाओस् । अन्त्यमा २०८० सालको वडादशैंले सम्पूर्ण नेपालीमा सुख, शान्तिका लागि हरेक नेपाली मनमा खुसीयाली छावस् ।
यसको अतिरिक्त हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र सभेच्छुक सबैको जीवनमा खुसियाली छाओस् । महान् पर्व वडादशैंको पावन अवसरमा मध्यनेपाल सन्देशको तर्फबाट सबैमा शुभकामना ।