आफ्नै व्यवसाय गरिरहेका वीरगन्ञ वडा नं. ३२ चोर्नीका मन्नु यादव रोजगारका लागि विदेश जाने पक्षमा छैनन । मोटरसाइकल रिपेरिङको पसल सञ्चालन गरेका यादवको जीवन सहज रुपमा चलिरहेको छ । उनले परवानीपुरस्थित भोजभगत माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरे । त्यसपछि बाईक बनाउने पसलमा काम सुरु गरे । पाँच वर्ष काम गरेपछि आफनै लगानी रिपेरिङ पसल खोले । जेठो छोरा भएकाले परिवारको चार सदस्यको सबै जिम्मेवारी यादवको काँधमा छ । उनीसँग पढेका साथीहरुमध्ये कोही कतार,दुबई,मलेसिया गएका छन् । तर उनी भने आफ्नै व्यवसायमा व्यस्त छन् । पसलको आम्दानीले घर खर्च सहित केही पैसा बचत पनि गरेका छन् । यादवको कामबाट परिवार पनि खुशी छ ।
चोर्नीका अर्का युवा उमेश शाहले ८ कक्षा सम्म पढे । उनले हार्डवयर पसल चलाएका छन् । कलकारखाना खुल्ने र गाउँघरमा पनि पक्की घर बनाउने क्रम बढेपछि व्यापार राम्रोसँग चलेको छ । उनका भाइ ९ कक्षामा पढ्छन् । प्रिवारको राम्रोसँग व्यवस्थापन गरेका छन् । उनी भन्छन–‘यही ठीक छ, विदेश जाने सोच छैन ।’
हिमाल स्टिलमा काम गर्दै आएका अनिल यादव आफुले कमाइले घर खर्च चलाइरहेका छन् । उनी २०७६ सालदेखि हिमाल स्टिलमा कार्यरत छन । यादवले स्टिलहरु ट्रकमा लोडअनलोडिङको काम गर्छन । तर कारखानामा पहिले जस्तो काम छैन । उनका भाइ मलेसिया गएको सात महिना भयो । कारखनाको अवस्था यस्तै रह्यो भने आफु पनि विदेश जानुपर्ने हो कि भन्नेमा उनी छन् ।
रवि पाण्डेको बसोबास पनि चोर्नीमै छ । उनी नितनपुरस्थित मोबिल कारखानामा काम गर्छन । विदेश तिर जानु भन्दा काम गरेर आफ्नै देशमा बस्नु राम्रो हुने उनको भनाइ छ । पाण्डेका बुवाआमा खेतिपाती गर्छन । रोपाई गर्ने बेला र धान काट्ने बेलामा बिदा लिएर बाबुआमालाई सघाउँछन् ।
४ वर्ष खाडी मुलुक साउदी अरब रोजगारी गएर आएका सरोज कलवार आजकाल सिमरामा रहेको हुलास पाईपमा काम गर्छन । विदेशमा उनले गार्डको काम गर्थे । ३ लाख रुपयाँ खर्च साउदी गएका थिए । ५ वर्षमा त्यो खर्च उठाए । बचेको पैसाले घर बनाए । बैनीको विवाह गरिदिए । विदेशमा असाध्यै गर्मी खाएर दुःख गर्नभन्दा नेपालका काम गर्न उपयुक्त हुने उनको भनाइ छ ।
प्रभु शाहले विरगञ्जस्थित मारवाडीको पसलमा काम गर्छन । बैंकमा रकम जम्मा गर्ने र सामानहरु डिलेभरी गर्ने उनको मख्य काम हो । राम्रो पारिश्रमिक पाउने र घर खर्च र बचत पनि हुने गरेको प्रभुको भनाइ छ । उनको श्रीमतीले पहिले कार्टुन कारखानामा काम गर्थिन । अहिले भने बच्चाको व्यवस्थापन र परिवार सम्होलेकी छिन् ।
चोर्नीका केही युवाले आफ्नै ठाउँमा विभिन्न उदाहरणीय काम गरेपनि केही भने अन्योलमा छन् । घर नजिकैको कार्टुन कारखानामा काम गर्ने सन्तोष पटेल अब पैसा जम्मा गरेर म पनि विदेश जान्छु भन्छन । यहाँ मेहेनत अनुसार ज्याला नभएको उनको गुनासो छ ।
कारखाना राम्रोसँग नचलेको हँुदा जुनसुकै बेला समस्या आउन सक्ने आंकलन छ ।
चोर्नीमा ९० घर परिवार छन् । जसमा १८ देखि ४० वर्षका २७३ युवा छन् । १७९ युवा मध्ये धेरैले आफ्नै ठाउँमा केही न केही आयमुलक काम गरेका छन् । विदेश जाने युवाको संख्या ९४ छ । विदेश गएकाहरु त्यहाँ राम्रो आम्दानी हुने गरेको बताउँछन् । रोजगारीको सिलसिलामा अनिल गुप्ता दुबइमा छन् । उनले महिनाको ६० हजार नेपाल पठाउँछन् । जबकी जगम्बा स्टीलमा काम गर्ने उनको दाइको पारिश्रमिक मासिक २० हजार रुपैयाँ छ । नेपालमा भन्दा विदेशमा पढी पैसा पाउँने हँदा युवाले विदेशलाई भरपर्दाे विकल्पका रुपमा पनि लिने गर्छन ।
त्यसैगरी प्राविधिक शिक्षा लिने र त्यही अनुसार काम गर्न विदेश जाने युवाहरु पनि छन् । रोशन कुश्वाहा हाम्बा स्टिलमा एलेक्ट्रीसियनका रुपमा काम गर्थे । त्यसपछि कतार गए । बुवा किशोर कुश्वाहका अनुसार छोराले महिनाको ८० हजार रुपैयाँ पठाउने गरेका छन् । यसले गर्दा उनको घरको आर्थिक स्थिति पहिले भन्दा धेरै सुधार भएको छ ।
श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय चोर्नीका शिक्षक रमेश गुप्ता युवालाई स्वदेशमा राख्न सरकारले नै विशेष पहल गर्नुपर्नै ठान्छन् । उनी भन्छन्–‘भाषणमात्र गरेर हुँदैन, यवालाई पढ्ने र काम गर्ने वातावरण बनाउने हो भने युवा विदेश गए भए भनेर रोइलो गर्नुपर्नै अवस्था हँुदैन ।’
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना