मदरसा तौहिदुल इस्लाम सल्फिया माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफुमा रहेको कला देखाउन नसकिएको बताएका छन् । आफूहरुले सिकेको कला देखाउने अवसर नपाउँदा यहाँका विद्यार्थीहरुले कला बाहिर ल्याउन नसकेको उनीहरुको भनाइ छ ।
हाम्रो स्कुलमा अनिवार्य गणित, विज्ञान, सामाजिक, अगं्रेजी, नेपाली उर्दु, पढाइ हुुन्छ आफसा खातुन, लैला प्रविन, सगुुफता प्रविन, नुुसरत प्रविनले बताए । लिखित ५० पुुर्णाङक र प्रयोगात्मक ५० पुुर्णाङक गरी १०० मार्कको परीक्षा हुुन्छ । त्यसमध्ये प्रयोगात्मक हामी धेरै उपलब्धि हासिल गरिरहेका छौं ।
विभिन्न किसिमको प्रयोगात्मक तयार गछौं प्रयोगात्मक तयार गर्दा रु ३ सय जतिको खर्च लाग्छ । तर आफ्नो व्यक्तिगत लगानीमा गरेको प्रयोगात्मक कलालाई बाहिर ल्याउन सकिरहेको छैन ।
आफ्नो घरको बुुबा आमासँग खर्च माग्दा स्कुलले नै दिन्छ भन्नु हुन्छ । तर पछि फेरी बुबा आमासँग नै प्रयोगात्मकको लागि खर्च लिने गरेको विद्यार्थीले तर्क गरे ।
विद्यालयबाट प्रयोगात्मकको लागि कुनै समान अहिलेसम्म नदिएको उनीहरुको गुुनासो छ । सोहि विद्यालयको शिक्षक महम्मद् इमरान आलमले प्रयोगात्मकको प्रोजेक्ट वर्क विद्यार्थीहरुले राम्रो बनाउने तर्क गरे । तर आर्थिक अवस्था वा कमजोर भएको विद्याथीहरुलार्ई प्रोजेक्ट वर्क तयार पार्न अलि गाह्रो रहेको उनको भनाइ छ ।
प्रयोगात्मकको प्रोजेक्ट वर्कको राम्रा पक्ष बाहिर निकाल्न सकिरहेको छैन । त्यसमा सरकारको पनि ध्यान जान जरुरी छ । साथै शिक्षा बोर्ड जस्तै मदरसा बोर्डको पनि व्यवस्था गर्नुपर्ने उनको जोड छ । साथै ल्याबको व्यवस्था गर्न सरकारसँग माग गरेका छौं उनले भने ।
विद्यालयको प्रधानध्यापक अकबर हवारीका अनुसार ५० पुर्णाङक लिखित ५० पुुर्णाङक प्रयोगात्मक हुने गरेको छ । त्यसको बारेमा हामी विद्यार्थीको अभिभावकसँग कुुराकानी गर्दै विद्यार्थीहरुलाई के गर्दा हुन्छ ?
थप सुुधारोउन्मुुख तर्फ पनि विचार गरी विद्यार्थीहरुको बानी व्यवहारमा पनि परिवर्तन गर्न कक्षा १ देखि ३ सम्म निरन्तर मुुल्यांकन गछौं । कक्षा ४ देखि ८ सम्म ५० प्रतिशत सैद्धान्तिक पढाइ हुन्छ । बाँकी ५० प्रतिशत व्यवहारिक अर्थात प्रयोगात्मक हुन्छ उनले भने ।
यो मदरसाको कन्टेस्टमा हामी गृह कार्य, कक्षा कार्य, प्रोजेक्ट वर्क सहित विभिन्न बस्तुुुहरुको बारेमा अन्तर्वार्ता लिने, अभिभावकसँग पनि सम्र्पक गछौं । त्यसको बारेमा मुुल्याँकन गर्दै प्रयोगात्ममक नम्बर दिने गरेको उनले बताए ।
साथै प्रयोगात्मक नम्बर दिने शिक्षक नै हुुन् । किनभने शिक्षक नै पढाउने हो । अरुले दिने होइन । साथै आर्टको त मुस्लिम समुदायका विद्यार्थीहरुमा त कला निकै छ ।
हरेक शुक्रबारको दिन एउटा प्रयोगात्मक कार्यक्रम गराउदै आएको छौं । यो कलालाई पनि प्रतिस्पर्धामा बाहिर ल्याउन सके त्यहाँका विद्यार्थीको स्तर पनि मापन हुने प्रधानाध्यापक हवारीलेको भनाइ छ ।