विवाहित दुई पुरुषसँग दोहोरो सम्बन्ध राखेकी राधा गुप्ता मुख्य योजनाकार रहेको घटनाका पाँच अभियुकतलाई बारा प्रहरीले सार्वजनिक गरेको छ ।
भारतमा बस्ने पुरुषको भागतर्फमात्र पर्ने गरी बारा कलैयास्थित नीजि विद्यालयका प्रधानाध्यापक समेत रहेका पूर्व प्रेमि हत्याको मुख्य योजनाकार ‘कलियुगकी’ राधा सहित पाँच जनालाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
बारा कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को गएको सोमबार दिनदहाडै हत्या भएको थियो । सो हत्याको मुख्य योजनाकार भनी बारा प्रहरीले सार्वजनिक गरेको तथ्यमा राधाकै नाम उल्लेख छ ।
विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्षसहित प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध रहेको जनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार, हालसम्मको अनुसन्धानले पक्राउ परेकी राधा विगत ३ वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेको पनि बारा प्रहरीले जनाएको छ ।
त्यही विषयमा मनोज र मृतक रुपेशबीच तीब्र विवाद भएको प्रहरीको निष्कर्ष छ । त्यही झगडामा स्वर्णकारलाई गोली हानेर हत्या गरिएको प्रहरीले बताएको छ ।
भारतीय नागरिक चन्दन र अविनवलाई प्रहरीले सुटर समूहको सदस्य मात्र भनेको छ भने राधा गुप्तालाई मुख्य योजनाकार भनेको छ । सुटरहरु भने चार जना नै फरार रहेको प्रहरीको भनाइ छ ।
सुटरहरु पनि भारतीय नागरिक नै रहेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए । उनीहरु पनि लामो समय उम्किन नसक्ने बारा प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिकाका स्थानीयका अनुसार स्कुल नजिक पुग्ने बेला गुड्डुलाई दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले घेरेर गोली प्रहार गरेको जनाइएको छ ।
उनीहरुका अनुसार कम्तीमा ५ राउण्ड गोली लागेको हुन सक्ने पनि जाइएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुले यसअघि पनि गुड्डुमाथि आक्रमणको प्रयास भएको जनाइएको हो । यद्यपि, त्यसबेला सो कुरा प्रहरीसम्म नपुगेको पनि प्रहरीको भनाइ छ ।