वीरगंज महानगरपालिकाको आदर्शनगरका डा. सञ्जय अग्रवाल ंवरिष्ठ शिशु तथा बाल रोग विशेषज्ञ हुन् । वीरगंजका श्री ने रा प्रा.जिपि चतुर्वेदी विद्यालयबाट उनले अध्ययनको शुरुवात गरेका हुन् । ज्ञानज्योतीबाट एस.एल.सि,भारतबाट प्लस टु,नेपालगञ्ग मेडिकल कलेजबाट एम.बि.बि.एस र काठ्माण्डौं मेडिकल कलेजबाट पि.जि गरे हुन् । मणिपाल मेडिकल कलेज बैंग्लोरमा आइ.सियु,एनआइ सियु तालिमको लिएको अनुभव बटुलेका छन् । वीरगंजका मेडिकल कलेज, भवानी हस्पिटल,गण्डक हस्पिटल, एडभान्स हस्पिटलमा पनि काम गरेको अनुभव छ । वयोद्या हस्पिटल ,अलीअर्थो हस्पिटल पनि बिरामीहरुलाई सेवा दिदै आएका छन् । विभिन्न हस्पिटलमा ११ वर्ष काम गरेको उनको अनुभव छ । सन्तरा क्लिनिक ४ वर्षदेखि सेवा दिदै आएका छन् । उनै वरिष्ट शिशु तथा बाल रोग विशेषज्ञ डा. संजय अग्रवालसंग शिशु तथा बाल रोग सम्बन्धी गरिएको अन्तर्वाता :
१) शिशु तथा बाल रोग भन्नाले के बुझिन्छ ?
शिशु भन्नाले एक महिना भित्रको बच्चालाई लाग्ने रोग भन्ने बुझिन्छ । बाल रोग भन्नाले अहिले उन्नाइस वर्षसम्मको उमेरमा लाग्ने रोगलाई बाल रोग भनिन्छ ।
२) शिशु तथा बालबालिकाहरुलाई जाडो समयमा कस्ता समस्याहरु देखापर्दछ ?
अहिले जाडो समयमा प्राय गरेर सबै किसिमका बालबालिकाहरुलाई रुघाखोकी, ज्वरो,निमोनिया, पखाला लाग्ने समस्याहरु ८० देखि ९० प्रतिशत सम्म छ । बच्चालाई रुघाखोकी मुख्यतय एलर्जीको कारणले लाग्ने गर्दछ । समान्यतया बच्चाको हेरविचार,औषधी सेवन र मेमुलाइज गरेर बच्चालाई छिटो ठिक हुन सक्छ ।
३) बच्चा र वयस्क मानिसलाई लाग्ने रोगमा के फरक छ ?
बच्चा र वयस्कहरुलाई लाग्ने रोग फरक नै हुन्छ । बच्चालाई प्राय गरेर लामो समयमा लाग्ने रोगहरु लाग्दैन । छोटो समयकालागि लाग्ने रोगहरु मात्र लाग्छ । बच्चा भनेका बढ्ने उमेर भएकोले यो समयमा वयस्क जस्तो रोगहरु लाग्दैन । बच्चामा लागेका रोगहरु छिटो ठिक हुन्छ । बच्चामा बल्ड प्रेशर,सुगर रोगहरु हुदैन् । सामान्य किसिमका रोगहरु जस्तैः रुघा, खोकी, ज्वरो, पखाला,एवडोमिनको इनफेक्सन जस्ता सामान्य बढी मात्रामा हुने गर्दछ । समान्यतया यि रोगहरुलाई सात दिनको औषधी सेवन गर्दा ठिक हुन्छ । बच्चाको आमाबुबा पनि औषधीको सेवनबाट ठिक भयो भनेर सन्तुष्ट हुन्छ ।
४) बच्चालाई निमोनियाबाट बचाउन के गर्नुपर्छ ?
कुनै पनि एलर्जीले गर्दा बच्चाहरुलाई सास फेर्ने नलीमा इन्फेक्सन भएर हुने निमोनिया रोग हो । यस्तो भएमा हामीले तुरुन्त बच्चालाई बचाऊ तर्फ लाग्नु पर्छ । बच्चालाई चिसो हावा लाग्ने ठाँउमा नलाने । कोक,जुस जस्ता चिसो पेय पदार्थ बच्चालाई खान नदिने,चिसो फ्रिजको खानेकुराहरु नदिने गर्नुपर्छ । बच्चालाई हावा, धुलो,धुवाँ भएको ठाँउमा नलाले अथवा नराख्ने गरेमा निमोनिया छिटो ठिक हुन्छ । यदी हामीले निमोनिया भएको बच्चालाई हावा,धुलो,धुवाँ र चिसोमा राख्यौं भने छिटोछिटो खोकी बढ्दै जान्छ । बच्चालाई खोकी बढ्दै गएपछि कोखा हान्न थाल्छ । कोखा हान्न थाल्यो भने बच्चा सिरियस नै हुन्छ । बच्चालाई अस्पतालमा भर्ना गरेर इनजेक्सनको माध्यामबाट नै नियन्त्रण गर्नु पर्छ । अहिले बच्चाहरुलाई निमोनियाबाट बचाउन इन्फ्लून्जा भ्याक्सिन लगाउँदा एक वर्षसम्म निमोनियाबाट बचाउन सकिन्छ ।
५) बच्चालाई निमोनिया एक पटक लागेपछि पुनःदोहोरिन सक्ने संभावना कत्तिको हुन्छ ?
बच्चालाई एक पटक निमोनिया भएपछि पुनः दोहोरिन सक्छ । मौसम परिवर्तन हुने समयमा वातावरणमा भाइरस बढी हुन्छ । बच्चाको रोगसंग लड्ने क्षमता कम हुने भएकोले वातावरणमा भएको भाइरसले छिटो बच्चालाई संक्रमण गर्दछ । यस्तो भएमा हामीले तुरुन्तै उपचार गराउन् पर्छ । हैन भने बच्चा धेरै सिरियस हुन सक्छ । भाइरसको कुनै एन्टिवायोटिकले निको हुदैन । यसकोलागि बच्चाहरुलाई जाडोको मौसममा हावा,धुलो,धुवाँ,चिसोबाट बचाएर राख्नु नै उत्तम उपचार हो ।
६) निमोनिया प्राय गरेर कति वर्ष सम्मको बच्चालाई हुने गर्दछ ?
निमोनिया साधरण तया बच्चा जन्मेदेखि पाँच वर्षको उमेरसम्म बढी हुने गर्दछ । किनभने यो उमेरमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । निमोनियाले बढी सताउने गर्दछ । पाँच वर्ष भन्दा पछि बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ । बच्चाको श्वास फेर्ने नलीमा पनि परिवर्तन आउँछ । त्यसले गर्दा बच्चालाई सजिलो हुन्छ । पाँच वर्ष भन्दा पछि निमोनिया कम नै लाग्ने हुन्छ ।
७) बच्चालाई निमोनिया भएको कसरी चिन्न सकिन्छ ?
सबै भन्दा पहिला बच्चाको टाउकोदेखि तलसम्म हेर्ने हो भने १८ महिना भन्दा सानो बच्चा छ भने तालु तलमाथि तलमाथि भैरहेको हुन्छ । खोक्दा खोक्दै आँखा रातो हुने,नाकबाट पानी बग्ने,घाटी पुरै रातो हुने, घाँटी ख्यार–ख्यार हुने,श्वास छिटोछिटो फेर्ने,कोखा भित्र जाने हुन्छ । बच्चालाई उच्च ज्वरो पनि हुन्छ । यदी दुई महिना सम्मको बच्चाले एक मिनटमा ६० पटक भन्दा बढी श्वास फेर्छ भने निमोनिया हो । दुई महिनादेखि लिएर बाह्र महिना सम्मको बच्चाले एक मिनटमा ५० पटक भन्दा बढी श्वास फेर्छ । एक वर्षदेखि लिएर पाँच वर्षसम्मको बच्चाले एक मिनटमा ४० पटक भन्दा बढी श्वास फेर्छ भने त्यो निमोनिया हो । त्यसैले निमोनिया चिन्न बच्चाको निगरानीबाट सजिलै पत्ता लगाउन सकिन्छ ।
८) के बच्चामा निमोनिया भएको मानिसलाई वृद्धावस्थामा पनि हुन सक्छ ?
बच्चालाई जसरी रोग प्रतिरोधात्मक क्षमता कम भएर निमोनिया हुन्छ । त्यस्तै वृद्धावस्थामा पनि जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उसलाई निमोनिया हुनसक्छ । त्यसैले ५५ वर्ष भन्दा माथिको इन्फ्लून्जा भ्याक्सिन वर्षमा एक पटक लगाउनु पर्छ । निमोनिया नभएकाले पनि यो भ्याकिसन लगाउन मिल्छ । यसले रुघा,खोकी,ज्वरो,निमोनिया हुनबाट बचाउँछ । अहिले यो भ्याक्सिन वीरगंजमा जताततै पाइदैन । काठ्माण्डौंबाट मगाएर हामीले लगाउने गरेका छौं । नेपाल सरकारले यो भ्याक्सिन छिट्टै नै ल्याउदै छ । बच्चा र वृद्ध दुबैको लागि यो भ्याक्सिन लगाउन उपयुक्त हुन्छ ।
९) अन्त्यमा के सुझाव दिनुहुन्छ ?
बच्चालाई चिसोबाट जोगाउने, धेरै गुम्सिने गरी कपडा नलगाइ दिने, जाडो अनुसारको कपडा लगाउने, जाडो भन्दा बाक्लो लुगा लगाएर गुमस्याउदाँ ज्वरो आउने भएकोले अवस्था हेरेर कपडा लगाइ दिनुपर्छ । कोठा न्यानो बनाएर राख्नुपर्छ । बच्चा सुत्ने कोठामा हावा आवत जावत हुने गरी व्यवस्था गर्नु पर्छ । चिसो खानेकुराहरु नखुवाउने, तातो र झोलिलो खानेकुरा खुवाउनु पर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना