स्व.ंबुवा आइते सिंह वाइवा तथा आमा टुल्कुमायाको दशौ सन्तान मध्येकी सातौ सन्तानको रुपमा विं.सं. २०१८ सालमा सिन्धुलीमा जन्मिएकी कृष्ण कुमारी वाइवाको पारवारीक अवस्था मजबुत भएको कारण बाल्यअवस्था सुखद बितेको उनले बताईन । शिक्षित परिवार भएकोले दाई र बुवाको सहयोगले गर्दा पितृसतात्मा सोचले जगड्एिको समाजमा पनि आफुले अध्यन गर्ने मौका पाएकोमा एकदमै भाग्यमानी ठान्छिन । तर दाई संग विद्यालय जादा पनि समाजले छोरी लाई पढाउनु हुदैन छोरीलाई पढाउदा केटालाई चिठ्ठी लेख्न सिक्छन भनेर बुवालाई घरमा भन्न आउथ्थे तर पनि बुवाले मेरो नै सर्मथन गर्नु हुन्थ्थो उनले त्यो दिन सम्झदै बताईन । अध्यनलाई निरन्तरता दिदै जादा २०३६ सालमा सिन्धुली जिल्लाकै तमाङ्ग समुदायको छात्रा तर्फबाट पहिलो एस.एलसी पास र्ने आफु नै रहेको र एस.एलसी अगावै २०३३ साल देखीनै सोही विद्यालयमा अध्यापन गराउने मौका समेत पाएकी बिगतलाई सम्झिन । अध्यनकै क्रममा काठमाडौ गएपछि ईस. वि. सम्वत १९९५मा बियोण्ड बेईजीङ्ग कमिटी (बिबीसी) संस्थाको स्थापना पछि महिलाहरुको हक अधिकारको क्षेत्रमा काम गर्न सुरु गरिन । हाल बियोण्ड बेईजीङ्ग कमिटी (बिबीसी)को महासचिव पदमा रहि नेपालको हरेक जिल्लामा गई महिलाहरुको क्षमता अभिबृद्धी गर्ने कार्य गदै आइरह्ेकी महिलाहरुको हक अधिकार समानताको लडाईमा काम गर्दा गदै आज सम्म अविवाहीत समेत रहेकी उनै महासचिव कृष्ण कुमारी वाइवा संग मध्य नेपालको लागी गरिएको कुराकानी ।
१) निती निर्माण तहमा घचघच्याउने काम गर्दा कतिको चुनौती खेप्नु प¥यो ?
काम गर्ने दौरानमा असहज भएन भने पाटी खुल्दैन र चुनौती आएन भने अवसर नै हुदैनन् । त्यसकारण जहाँ चुनौती हुन्छ, त्यही मात्र अवसर आउँछ जस्तो मलाई लाग्छ । हाम्रो संंस्था स्थापना गरे पछि यो अभियानमा लाग्दा राजनीतिक, समाजिक, शैक्षिक सबै हिसाबले सचेत भएको महिलाहरुको जमातले जन्मेको यो संस्था हो । राजनीतिक क्षेत्रको राजनीतिकर्मीहरु, कर्मचारीहरु वा सञ्चार क्षेत्र नै भनौ, सबै क्षेत्रलाई एउटा सम्बेदनशिल बनाएर काम गर्दा चुनौती त अवश्य नै झेलियो तर चुनौती भनेकै अवसर हो ।
२) महिलाले नेतृत्व गरेको संस्था संग सञ्जाल बनाएर काम गर्दा पहिले र अहिलेकोमा के फरक पाउँनु भएको छ ? अहिले यसको अवस्था कस्तो छ ?
संस्था शुरुवात भएको बेला वास्तवमा महिलाले नेतृत्व गरेर चलाएको संस्था नै थिएन । महिलाहरुले नेतृत्व गरेर चलाएको बियोण्ड बेईजीङ्ग कमिटी (बिबीसी) नेपाल नै पहिलो संस्था हो भनेर भन्न चाहन्छु । सन् १९९५को सम्मेलन पछि संस्था दर्ता ऐन अन्तर्गत नै हामीले संस्थालाई दर्ता गरायौ । समानताको कुरा गरेर संस्थाको सदस्यमा महिलालाई नै मात्र बनाउने विषयमा चुनौती र धेरै प्रश्न पनि आउथ्यो ।
सबै महिलाहरु नै कार्यसमिति पनि सञ्चालन गरिरहेको र हामीले यस्तो अभियान गरिरहेका छौ जसमा कर्मचारी पनि महिला मात्र राख्ने । किन भने जब समानतामा गएर सम न्याय गर्नु छ भने एकातिर एकदमै लामो खाडल छ, तराजु तल र माथि भईरहेको छ भने बराबर बनाउनको लागी बढि लगानी गर्नु पर्छ नि । चुनौती आउछन भनेर भन्छन भन्दा भन्दै पनि महिला अधिकार, महिलाहरुको समानताको लागी काम गर्ने संस्था हुने भएकाले जबसम्म समानता हुदैन् तबसम्म त्यो खाड्ल पुर्नको लागी हामी निरन्तर लागिरहन्छौ । हामी प्रोजेक्ट बेस संस्था होईन । हाम्रो क्याम्पीयन बेस, एडबोकेट संस्था हो ।
३) आज सम्म आइपुग्दा के – कस्ता उपलब्धीहरु भएको पाउनु भयो ?
निर्वाचन गर्ने बेलामा पनि निर्वाचन आयोगमा डेलिगेशन गरेर महिलाहरुको अलगै क्षेत्र हुनुपर्छ । राज्यले महिलालाई दिईएको ३३ प्रतिशत अधिकारमा जुन राजनीतिक दलले सामिल गराउदैनन् त्यस्तो दललाई निती अनुसार रोक्नु पनि प¥यो भन्ने जस्तो कुराहरुदेखि लिएर धेरै कुरामा लभी एडबोकेसी गरेर आएका छौ । त्यो बेलामा पाँच विकास क्षेत्र थियो र पाँचवटै विकास क्षेत्रमा प्रतिनीधित्व गरेर एउटा फोकल संस्था थियो र फोकल संस्थाबाट फोकल व्यक्ति छानेर विकास क्षेत्रलाई हेर्ने समरचना थियो ।
अहिले सात वटै प्रदेशमा फोकल संस्था र फोकल व्यक्ति रहेर समायोजन गर्छ । र तल प्रदेश र जिल्ला तहसम्म त्यो समचरना मार्फत हामीसंग आवद्ध भएको संघसंस्थासंग सहकार्य गरेर अगाडी बढ्ने काम गरिरहेको छ । राज्यले सम्झौता गरेको सन्धी, कार्ययोजना गराउनको लागी जुन बेला बेजिङ्ग सम्मेलन भयो त्यो बेला महिला मन्त्रालय, महिला आयोग, पाठ्य पुस्तकमा लैङ्गिकताको बारेमा पढाई पनि हुदैन्थ्यो । त्यो सबै त्यहाँ पुगेर आईसकेपछि नेपाल सरकारले पनि त्यो राखेर पञ्च वर्षिय योजना नै बनाएर अगाडी बढ्यो । अहिले महिला मन्त्रालय र महिला आयोग पनि संबैधानिक भएको छ जुन पहिला संबैधानिक भईरहेको थिएन् । यो संस्थाले गरेको सुरु गरेको अभियान कार्यान्वयन गएर सफलता पनि भईरहेको छ ।
४) विगत लामो वर्षदेखि महिला हक अधिकार र लैङ्गिक समानता हुनुपर्छ भनेर आवाज उठाई रहदा कस्तो अनुभव भइरहेको छ ?
हाम्रो आवधिक काम निरन्तर हुन्छ । महिलाको प्रजनन् स्वास्थको अधिकारको लागी धेरै अपठ्यारो अवस्था खेप्नु परिरहेको थियो । महिलाहरु कहिले बलात्कार त कहिले हाडनाता करणीको कारणले महिलाहरु भिक्टीमाईज भईरहेको परिस्थिती थियो । महिलाहरु गर्भधारणमा महिला मात्र दोषि छैन । त्यसमा पुरुषहरुको पनि साथ हुन्छ ।
विभिन्न कारणले गर्वधारण हुन्छ तर त्यो गर्व राख्ने कि नराख्ने कुरामा घरपरिवार र समाजको तनावले गर्भपतन गराउने कयौ महिलाहरु जेलमा जीवन बिताईरहेको कुरा यहाँहरुलाई थाहा नै छ । त्यो घटनाले गर्दा पनि सुरक्षित गर्भपतन गराउनु पर्छ भन्ने अभियान पनि ग¥यौ र त्यो कानुन पनि आईसकेको छ । यो अभियान पनि हामी निरन्तर लागिरहेका छौ । यसका साथै नागरिकता, सम्पती जस्ता धेरै काममा सुरुवाती अभियानहरु सञ्चालन गरेका छौ । र त्यो बेला महिलाहरुले नेतृत्व गरेको संघसंस्था पनि थिएन । अहिले कानुनी क्षेत्रको साथै महिलाको हकमा काम गर्ने महिला नेतृत्वको धेरै संस्था भईसकेकोले हामीलाई काम गर्न सजिलो पनि भएको छ । सबै जना सबै कुरामा सचेत र सम्वेदनशिल हुदैन । सम्बेदनशिल नबनी र नबनाई काम अगाडी बढ्दैन । त्यो गर्न चुनौतिपूर्ण छ । सरकारी कर्मचारीहरु, राजनीतिक नेतृत्वको व्यक्तिहरु लगायत सामाजिक क्षेत्रका व्यक्ति, घरपरिवारका अभिभावकलाई सम्झाएर अगाडी बढ्नु भनेको चुनौतीपूर्ण कुरा हो । हामीले चालेको कदमलाई स्थानीय स्तरमा कार्यवन्यन गर्नको लागी स्थानीय स्तरमा भएका संस्थाहरुले पहल गरिरहेका छन् भने हामी केन्द्रमा गरिरहेका छौ । विच विचरमा अन्तर्राष्ट्रिय तहदेखि स्थानीय तहसम्म के भईरहेको छ ?
५) आगामी योजनाहरु के– के हुन ?
आवादी समिक्षा गरेर प्रतिवेदन हरेक निकायलाई बुझाई घच्घच्याउछौ पनि, राजनीतिकमा महिलाको सहभागीता ३३ प्रतिशत हुँदा महिला, दलित महिलाहरुको प्रतिनीधित्वको कुरा गर्दा महिलाहरुमा पनि विविधता छ । त्यो विविध महिलालाई समेट्न संविधानले पनि सकेन । संविधानले समेटन नसकेपछि अलि लचिलो, फराकिलो भएर एउटा सहज वातावरणमा महिलालाई नेतृत्व र निर्णयक तहमा पु¥याउनु पर्छ भन्ने वातावरण हाम्रो नेपालमा भएको छैन । त्यो नभएको हुनाले हामी यो अभियानमा निरन्तर लागिरहेका छौ ।
महिलालाई थपनाको रुपमा लगेको छ । निर्णायक तहमा बसेर कसरी निर्णय गर्ने ? के निर्णय गर्ने ? महिला किन पछाडी पारिएको हो भन्ने कुरामा सचेत नभएका महिलाहरु पनि त्यो निर्वाचनबाट अथवा समानुपातिक समावेशी वा समानुपातिकको आधारमा राजनीतिक तरवबाट पु¥याएको भएको हुनाले वास्तवमा महिला अधिकारको क्षेत्रमा, महिला सवालको क्षेत्रमा नभएका नपुगेका महिलाहरु नै त्यहाँ पुगेको हुनाले उनीहरु त्यो बारेमा सम्बेदनशील छैनन् । त्यस कारण यो महिलालाई मात्र नभएर लैङ्गिक समानताको लागी समग्रलाई नै सम्बेदनशिल बनाएर अगाडी बढ्नु पर्छ । देशले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य परिपुर्ती गराउँछौ भनेर हस्ताक्षर गरेर आईसक्यो ।
६) काम गर्ने शिलशिलामा कतिको आरोप प्रत्यारोप र चुनौती खेप्नु प¥यो ?
दिगो विकासको बारेमा समाजिक अभियन्ता, राजनीतिक कार्यकर्ताहरु र सरकार पक्षकै व्यक्ति जो नेतृत्वमा हुनुहुन्छ वहाँहरु नै त्यसमा सचेत भईसक्नु नभएको र जानकारी लिनु भएको छैन । त्यसले गर्दा धेरै चुनौतिहरु छन । आर्थिकको कुरा गर्दा पहिला के भनिन्थ्यो कि एनजीयोे र आईएनजियो भनेको डलरको खेती गर्ने संंस्था हो । वास्तवमा एनजियो, आईएनजियो समाज रुपान्तरणको लागी सरकारसंग साझेदारी र सहकार्य गर्ने हुन ।
सरकारले गरेको राम्रो कामलाई समर्थन गर्ने वास्तवमा एनजियोले डलरको खेती गर्ने नाम त पायो तर कति डलरको खेती गर्छ त्यो अध्यनशिल नागरिक सबैलाई थाहै हुन्छ । अहिले सरकार सरकार विच हुने बहुपक्षिय सम्झौताहरु सरकार मार्फत नै हुन्छ । एनजियोहरुले ५ प्रतिशत पनि रकम खेलाउँदैनन् । अब ५ प्रतिशत रकम खेलाउन नसक्ने संस्थाले त्यस्तो आरोप खेप्दा कस्तो हुन्छ होला ? त्यसैले आरोपहरु धेरैनै खेप्नु परेको छ त्यो त अब परिवर्तन गर्दा खेप्नै पर्छ ।
७) लामो समय देखि नेतृत्व तहमा बसेर कार्य गर्दै हुनुहुन्छ कसरी अगाडी बढ्दा समाजलाई सही मार्गनिर्देशन दिने स्थानमा महिलाहरु नेतृत्व गर्न सक्छन ?
विश्वको कुनै पनि देशमा जाऊँ नेपाल जस्तो विविधतायुक्त देश कुनै पनि छैन । प्राकृतिक रुपमा नेपाल जस्तो सम्पन्न देश कहि पनि छैन । हामी कुरा गर्छौ, भाषण गर्छौ बिचार राख्छौ तर आफैले बोलेको बोलिप्रति बचनबद्ध भएर लाग्दैनौ । चाहे राजनीतिक क्षेत्रमा हेरौ या समाजिक क्षेत्रमा । जे बोल्छौ त्यो ग¥यो भन्ने अहिले जस्तो उभडखाबडको अवस्था नै सृजना हुदैन ।
लैङ्गिक समानताको लागी पुरुषलाई सहभागी नै नगराई महिलालाई अगाडी ल्याउने भन्ने होईन । किन भने पुरुषहरु हिजै देखि सहभागी भएर अवसरहरुमा पुग्नु भएको छ । अब महिलालाई पनि त्यो अवसरहरु दिनु प¥यो । पछाडी पारिएर राखिएकोलाई अगाडी ल्याउनु प¥यो, त्यो अवसर सृजना गर्नको लागी महिलाहरुको सहि तथ्याङ्ग संकलन गर्नु पर्छ । तथ्याङ्गक विभागले सही तथ्याङ्गहरु राखेमा हाम्रो डाईभरसिपलाई रेस्पेक्ट गर्नु प¥यो । अहिलेको आधारभूत तथ्याङ्गको आधारमा ५ वर्षमा कहाँ पूग्ने, १० वर्षमा कहाँ पुग्ने त्यसरी कागजमा रोड म्याप बनाउनु मात्र ठूलो कुरा होईन । बनाईसकेपछि व्यवहारमा पनि उतार्ने गरेर जानु पर्छ ।
हाम्रो देशमा जुन परिवर्तन आयो, जनताको चाहना, ईच्छा थियो । त्यो अहिले नै पुरा हुन्छ भन्ने होईन तर त्यसै पर्खेर पनि बस्नु भएन । समयमा के के गर्ने भने किटान हुनुपर्छ । निदृष्ट लक्ष्य लिएर अगाडी बढ्नुपर्छ । जस्तो सहश्राब्दी विकास लक्ष्य १५ वर्षसम्म ८ वटा लक्ष्य राखेर अगाडी बढ्यो । त्यसले समेट्न नसकेकोलाई समेट्न दिगो विकास लक्ष्य आएको छ । र यसलाई सही कार्यान्वयन गर्नको लागी सरकार प्रतिबद्ध भएर लाग्नु पर्छ । हामीले प्राविधिक सहयोग गर्नको लागी हातेमालो गरेर अगाडी बढदै यहाँसम्म आईपुगेछौ । यो अभियानलाई नेपाल भरी नै फैलाउन जरुरी छ । बोलेको व्यवहार अनुसार कर्ममा उत्रौ । त्यसो भएन भने आफुले न्याय माग्दा अरुको न्याय खोसियो भन्ने किसिमको भावना पनि नराखौ । आफूलाई न्याय चाहिन्छ भने अरुले पनि न्याय खोेजिरहेको छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । त्यसो भयो भने मात्र न्याय संगत समाजको स्थापना गर्न सकिन्छ ।