१) तपाइले राजनीतिक नै रोज्नुको कारण के हो ?
पहिला राजनीतिकलाई रोज्ने समय थिएन । ठाकुरराम क्याम्पसमा अध्ययन गर्दा ने. वि. संघमा आफूभन्दा सिनियर साथीहरुलाई समाज र विद्यार्थीको हकहितकालागि राम्रो काम गरेको देख्दा म पनि आकर्षित भए । यो संगठनले राम्रो काम र आवाज उठाउँछन् भनेर । सामाजिक काम पनि गर्ने देखेकोले म आकर्षित भएर नै विद्यार्थी संगठनमा लागेको हो । बिस्तारै–बिस्तारै समाजमा काम गर्ने मौका आउँदै गयो । आफू पनि समाजमा भिज्दैं गए । विद्यार्थी जीवनमा सुरुवात गरेको समाजसेवाले नै आज उपमेयरसम्मको जिम्मेवार पदमा पु¥याएको महसुस गरिरहेको छु ।
२) पद बिहिन राजनीतिक र पदमा रहदाँको अवस्थामा के फरक पाउनु भयो ?
जनप्रतिनिधी भएपछिको राजनीतिकमा धेरै चुनौति छ । जनताको मत लिएर आएपछि उहाँहरुको विश्वासलाई काममा उतार्न सक्नुपर्छ । त्यो भन्दा पहिला पदमा नभएपछि पार्टीको कार्यकर्ता भएर काम धेरै वर्ष गरियो । पार्टीको सिद्धान्त र पार्टीको विधि विधानमा बसेर काम गरियो । त्यो बेला पनि जनताको बीचमा बसेर काम गरको हो । तर अहिले पदमा बसेर काम काम गर्नु चुनौति हुन्छ । महानगरका आम जनताले मत दिएर जिताउनु भएको छ । महानगरको विकास गर्नु छ । महानगरलाई सफा बनाउनु छ । विकासका धेरै काम गर्नु छ । आफ्नो छविलाई पनि जोगाएर अझ अगाडी बढ्नु छ ।
३) उपमेयरको पदमा बसेर काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
पदमा बसेर काम गर्न सहज छैन । पदमा बसेर काम गर्न धेरै चुनौति छ । पदमा नबस्दा कसैको लागि राम्रो नराम्रो कुनै भन्ने कुराले प्रभाव पार्दैन । पदमा आएपछि सबको नजर जनप्रतिनिधी तर्फ नै हुन्छ । सबैकोलागि राम्रो बन्न नै चुनौति हुन्छ । काम गर्न लाग्दा सबैको चित्त बुझाउन गाह्रो हुन्छ । त्यसैले पदमा हुदाँ धेरै चुनौति हुन्छ ।
४) अन्य पालिकाको उपप्रमुखहरुले काम गर्न प्रयाप्त बजेट नपाएको गुनासो छ नि ?
मलाई गुनासो त केही पनि छैन । उपमेयरको काम कर्तव्य जुन संविधान, ऐनमा उल्लेख गरिएको छ । महानगरको ऐन, मधेश प्रदेश सरकारको ऐन, संघ सरकारको ऐन अनुसार काम गर्न पाएको छु । मैले संविधान र ऐनमा तोकिएको उपमेयरको काम कर्तव्य अनुसार काम गर्ने हो । मेरो काममा कसैले पनि हस्तक्षेप गर्न सक्दैन । महानगरको आर्थिक सम्बन्धमा ठूलो निर्णय गर्नु परेमा, राजश्व संकलन परामर्श समितिको संयोजक काम गर्नु पर्दा मेयर र उपमेयर बीच हामी सर सल्लाह गरेर नै काम गरेका छौं । मैले गर्नु पर्ने काममा पनि मेयरसंग सरसल्लाह लिएर नै गर्छु । मेयरले पनि ठूला निर्णय गर्नुपर्दा सरसल्लाह लिएर नै गरेको छन् । मेयर र उपमेयर बीच समन्वय गरेर नै काम गरिरहेको हुनाले अहिलेसम्म काम गर्न सहज भएको छ ।
५) न्यायिक समितिमा कस्ता खालका मुद्दाहरु आउने गरेका छन् ?
वीरगंज महानगरपालिकामा धेरै किसिमका मुद्दाहरु आउने गरेका छन् । घरेलु हिंसा, लैगिंक हिंसा, जग्गाको किचलो, घरपरिवारको झगडा, सामाजिक हिंसा, समाजिक झगडा अन्य पनि मुद्दाहरु आउने गर्दछन् । न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु हामीले हेर्ने गरेका छौं । हामीले कसैलाई भेदभाव नगरी निश्पक्ष भएर प्रत्यक्ष घटना स्थलमा वा प्रभावित समुदायमा नै गएर अनुसन्धान गरेर फैसला गर्ने गरेको छ । न्यायिक समितिमा आएका मुद्दाहरु लम्ब्याएर भए पनि मेलमिलापमा लार्ने प्रयास पनि कहिलेकाही गरिएको छ । न्यायिक समिति जनप्रतिनिधीको संयोजकमा छ । यसमा हुने प्रतिनिधीहरु जनताले भोट दिएर जिताएको छ । नबुझिकन एक्कासी कलम चलाउनु हुदैन । २ जना सदस्यहरु पनि छन् । हामीले वडामा मेलमिलाप समितिको तालिम पनि संचालन गरेका छौं । सकेसम्म हामीले मेलमिलाप गराउन खोज्छौं । अन्तिममा कुनै निस्कर्ष नआएपछि त्यस्तो स्थितिमा हामीले फैसला गर्नै पर्ने हुन्छ ।
६) न्यायिक समितिमा कति मुद्दाहरु आएका छन् ?
पहिलाको मुद्दाहरु पनि रोकिएर बसेका थिए । ति पुरानो मुद्दाहरु पनि म आएपछि फैसला गरें । निर्वाचन भएर म आएपछि धेरै मुद्दाहरु आएका छन् । धेरै मुद्दाहरु मेलमिलापबाट फछ्यौट भएका छन् । सयभन्दा माथि मुद्दाहरु मेलमिलापबाट नै फैसला भैसकेका छन् । न्यायिक समितिमा चित्त नबुझेर अदालत जाने मुद्दाहरु धेरै नै कम छ । स्वभाविक हो कसैलाई जिल्ला अदालतको फैसला पनि चित्त बुझ्दैन भने सर्वोच्च जान्छन् । त्यस्तै न्यायिक समितिको फैसला चित्त नबुझेर अदातल जानु पनि अन्यथा होइन ।
७) पालिका संचालनमा उपमेयरको भूमिका कस्तो पाउनु भयो ?
महानगरका उपमेयरहरुले धेरै कुरा सिकेर आएका हुन्छन् । संविधान, कानुन अनुसार न्यायिक समितिको संयोजक, राजश्व संकलन परामर्श समितिको संयोजक, अनुगमन समितिको संयोजक, बालबालिका तथा जेष्ठ नागरिक समितिको संयोजक, कृषि तथा मल खाद्य समितिको संयोजक, अपाङ्ग समितिको संयोजक भएर काम गर्नु पर्ने हुन्छ । महानगरको विकासकोलागि मेयरका सहयोगी भएर पनि काम गर्नु पर्ने हुन्छ ।
८) महिलाहरुको सीप विकासतर्फ चाही कस्ता कार्यक्रम ल्याउनु भएको छ ?
महानगरले हाम्रा वडामा भएका सामाजिक संस्थाहरुसँग् मिलेर काम गरिरहेको छ । एन.जि.ओ, आइ.एन.जि.ओसंग समन्वय गरेर वीरगंज महानगरपालिकाले काम गर्दैछ । हरेक वडामा महिला सीपमूलक कार्यक्रमलाई बजेट छुट्याएको छ । कार्यक्रम संचालन भएपछि म आफै गएर अनुगमन गर्नेछु । सानो कार्यक्रम संचालन गरे पनि प्रभावकारी किसिमले संचालन गर्ने गरिएको छ ।
९) अन्त्यमा उपमेयरको हैसियतले आम जनतालाई के भन्नु हुन्छ ?
जुन आफ्नो हक अधिकार छ, ऐन, कानुन छ । त्यसलाई उपयोग गरेर काम गरिरहेको छु । विकासको क्रममा फोहर व्यवस्थापन, तथा कुनै पनि क्षेत्रमा उपप्रमुख जिम्मेवार व्यक्ति हो । आफ्नो जिम्मेवारी निभाउनु पर्छ । मैले सकेसम्म आफ्नो जिम्मेवारी निर्वाह गरेको छु । वीरगंज महानगरपालिकामा मेरो काम कार्वाही जनताको सामु स्पष्ट हुन्छ । मेरो हक अधिकारलाई जनताको हितमा प्रयोग गरेको छु । मेरो पनि कार्यकालको सुरुवात भएकोले आउने समयमा अझै धेरै राम्रो गर्न चाहन्छु । लगभग डेढ वर्षको कार्यकालमा अनुभव बटुल्न पाएको छु । यो अनुभवले मलाई अगाडीको दिनमा काम गर्न सहज हुनेछ । म जनताको लागि काम गर्न आएको छु । म सधै जनताको साथमा छु । जनताकोलागि अझ धेरै काम गर्ने सोचमा छु ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना