कान्तिपुर सिनेमाजले आफ्नै निर्माणमा तयार पारेको ‘मिस स्कार्लेट’को स्ट्रिमीङ्ग सुरु गरेको छ । नेपालका लागी यो नौलो सुरुवात हो, जसरी नेट फिलिक्सले भरपर्दो फिल्म नआउदाँ आफ्नै निर्माणमा फिल्म तथा सिरिजहरु सुरु गरेका थिए । अहिलेको अवस्थाना कान्तिपुर सिनेमाजले आफ्नै निर्माणमा वेभ सिरिज गर्नुले नयाँ आयाम नेपाली सिनेक्षेत्रमा थपिएको छ ।
यो सँगै आजबाट गत वर्षको माघबाट वीरगन्ज र काठमाडौंमा २७ दिन लगाएर छायांकन गरिएको ‘मिस स्कार्लेट’ सिरिजआजबाट सुरु गरेको छ । टिजरबाटै अभिनय र भ्वाइसको तारिफ पाएका नव अभिनेता कुल श्रेष्ठ कमलको काम दमदार देखिएको छ । वीरगंजका नव युवा अभिनेता कम उमेरमै राम्रो चर्चा बटुलिरहेका छन् । पहिलो सिजनमा ४ भाग रहने सिरिजमा भने हरेक भाग ३५ देखी ४० मिनेटको हुनेछ । केही महिना अगाडी सिरिजको हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा सार्वजनिक गरिएको टिजर र ट्रेलरलाई दर्शक र फिल्मीकर्मीले राम्रो प्रतिक्रिया दिएका थिए । सिरिजलाई बलिराम चौहानले निर्देशन गरेका हुन भने यसका क्रियटिभ प्रोड्युसर प्रकाश पुरी हुन् । सिरिजको टिजर, ट्रेलर र कलाकार र प्राविधिकहरुको लाईनअप हेर्दा नेपालमा बन्ने सिरियल र सिरिज भन्दा धेरै स्तरीय बनेको अनुमान लगाउन सकिन्छ ।
‘टलकजंग भर्सेस टुल्के’का छायांकार शेर बहादुर तामाङले खिचेको सिरिजमा चर्चित म्युजिकल समुह नोवेल फ्रिक्सले म्युजिक दिएका छन् । सिरिजमा टाइटल रोलमा गित बिष्ट सँगै आलीशा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, अर्नव घिमिरे, दिलीप नेपाली, रोज खत्री लगायतको अभिनय रहेको छ ।
यो सिरिजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ रुपैयाँ तिरेर हेर्न पाउनेछन् । नेपाली रुपैयाँ २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछि दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरिजहरू एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिइओ तथा ‘मिस स्कार्लेट’का क्रियटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए ।
गत असोज २९ गतेबाट सुरु भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा दर्शकले नयाँ नयाँ फिल्म र सिरिजहरु हेर्न पाइरहेका छन् । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकीः आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, लभ सुत्र लगायतका बलिया सामाग्रीहरु दर्शकले हेर्न पाइरहेका छन् ।