वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले आइतबार महानगरको ५ वटा वडाको सेवा प्रवाह बारे अनुगमन गरेको छ ।
वडाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन र वडाको समस्या पहिचान गर्न समितिले कडाइका साथ अनुगमन थालेको हो ।समितिले आइतबार वडा नं. ८, ९, ११, १३ र १४ मा अनुगमन गर्दै त्यहा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए ।
कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमनलाई तिब्रता दिइएको उहाँको तर्क छ । समितिले यस अघि विभिन्न ९ वटा वडाको अनुगमन गरेको थियो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिनुभए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।
वडा नं. ५ का वडाअध्यक्ष समेत रहनु भएका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नं. ११ का वडाध्यक्ष अजय कुमार बरै लगायत रहनु भएको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना