प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले जेष्ठ नागरिकलाई सम्मान गरेता पनि राज्यपक्षबाट कार्यान्वयनमा ढिलाई भएको बताए । राष्ट्रिय जेष्ठ नागरिक महासंघद्वारा आयोजित सातौं महाधिवेशन उद्घाटनशत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री गद्दीले नेपालको संविधान २०७२ मा जेष्ठ नागरिकको हक सम्बन्धी नै ऐन ल्याएता पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको कारण जेष्ठ नागरिकहरु अपहेलित हुनुपरेको उनले बताए ।
जेष्ठ नागरिक समाजको महत्वपूर्ण अँग हो, उनीहरुसँग भएका अनुभवलाई राज्यले सदुपयोग गर्न सकेको भए मुलुकले अझै फड्को मार्ने थियो भन्दै राज्य जेष्ठ नागरिकसँग इमान्दार नरहेको आरोप लगाए । संविधानले सार्वजनिक बसमा जेष्ठ नागरिक, अपाड्ड, महिला लगायत संरक्षण सिटको व्यवस्था गरेको छ, वर्तमान अवस्थामा बसहरुमा त्यो लेखिएको हुन्छ तर त्यो कार्यान्वयनमा भने देखिदैन, जेष्ठ नागरिक सार्वजनिक बसमा खडा भएको हुन्छ भने ठिटाहरु मज्जाले बसेर यात्रा गरि रहेको हुन्छ भन्दै यो हाम्रो समाज पनि जेष्ठ नागरिकप्रति इमान्दार नरहेको यस अवस्थाले देर्शाइरहेको बताए ।
राजनीतिक प्रसँगमा बोल्दै मुख्यमन्त्री गद्दीले जेष्ठ नागरिकहरुले पनि मुलुकको सत्तालाई परिवर्तन गर्न सक्ने ठूलो शक्ति भएकोले आफ्नो क्षमतालाई पहिचान गर्नुपर्ने बताए । उनले जेष्ठ नागरिकको सम्मानको लागि संविधानले ल्याएको ऐनलाई कार्यान्वयन गर्नमा ढिलाई गर्ने राजनीतिक अवस्थालाई परिवर्तन गर्न सक्ने क्षमता रहेको जेष्ठ नागरिकहरु एक जुट भई आफ्नो सँस्थाप्रति इमान्दारीपूर्वक लाग्नुपर्ने बताए । अन्य कुनै पार्टीलाई भोट दिने जेष्ठ नागरिकले आफ्नो हकहितको लागि खडा भएको पार्टीलाई भोट दिई आफ्नो हक अधिकार र सम्मानलाई सुरक्षित गराउनुपर्ने बताए ।
त्यसैगरि कार्यक्रमका विशिष्ठ अतिथि संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा साँसद प्रदीप यादवले हाम्रो समाजमा अहिलेपनि ५० प्रतिशत भन्दा बढि जेष्ठ नागरिकहरु अपहेलित भइरहेको बताए । उनले आफूलाई ठूला ठूला समाजसेवी भनाउनेहरुले नै आफ्नै घरमा आफ्नो माता पितालाई अपहेलित गरि रहेको र बाहिर ठूलठूला भाषण गरि रहेकोले जेष्ठ नागरिकको सम्मान आफ्नै घरबाट शुरुवात गर्नुपर्ने बताए ।
राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित उद्घाटनशत्रमा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, संघीय समाजवादी फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी, नेपाली काँग्रेसका पर्सा जिल्ला अध्यक्ष अजय द्विवेदी, नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, राष्ट्रिय जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सञ्चारकर्मी लक्ष्मी खरेलले संचालन गरेकी थिइन् ।
सोही कार्यक्रमबीच ९० वर्षभन्दा बढिका ५ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको थियो भने दुई दर्जन भन्दा बढि जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमकैबीचे विनाशकारी हावाहुरीले बारा जिल्लामा पु¥याएको क्षतिबाट पीडित भएकाहरुको सहयोगका लागि राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले मुख्यमन्त्री कोषमा १ लाख सहयोग प्रदान गरेका थिए ।