दशैं, तिहार, छठ पर्व बितेर गए पनि सबै सानो ठूलो व्यापारीहरु सन्तुष्ट छैनन् । कारण यो वर्ष उनीहरुको व्यापार विगतका वर्षहरुमा झैं नचलेर हो ।
व्यापारमा ४० प्रतिशतको गिरावट आएको उनीहरुको गुनासो छ । अहिलेको अवस्था अनुसार २० प्रतिशत बजार अभैm बन्द हुने सम्भावना देखिएको वीरगंजको घण्टाघरमा रहेको विशाल बजारका संचालक राजिफ सरार्पmले बताए । अघिल्लो वर्षहरुमा भन्दा यो वर्षको व्यापारमा धेरैको फरक परेको उनको भनाइ छ । चाडपर्व लक्षित गरेर यो वर्ष राम्रो बिक्री हुने आशामा थियौं । तर अघिल्लो वर्षमा ८० प्रतिशत बिक्री भएको व्यापार यो वर्ष तीन वटा पर्वको बिक्रीलाई तुलना गर्दा ६० प्रतिशत मात्र पनि बिक्री भएको छैन । विशाल बजारमा कपडा किन्न सामान्य वर्गका मानिसहरु आउने गरेको संचालक सरार्फले बताए । हामी कपडा व्यापारीलाई पनि आर्थिक मन्दी लागेको छ उनले भने । विशाल बजारमा भएका सबै पसलहरुकोे भाडा तिर्न बाँकी नै छ । दशैंमा बेचेर केही महिनाको भाडा दिएर अहिलेसम्म व्यापार चल्यो । तर अब नचलेपछि व्यपारीहरुले ५, ६ महिनाको सटर भाडा कहाँबाट तिर्ने ? समस्या अझ बढेर जाने उनले तर्क गरे ।
विशाल बजारमा ४२ वटा पसलहरु थिए । आर्थिक अवस्था झन दिन दिनै खस्किदै गएपछि अहिले ९ वटा पसल बन्द भए उनीहरुले बताए । विशाल बजार संचालन गर्न २ कठ्ठा जमिन भाडामा लिएका हौं । जसरी पनि भाडामा लिएपछि समयमा जग्गाको भाडा तिनै पर्छ । व्यापारमा घाटा होस् या नाफा । योसंग जग्गाधनीलाई कुनै सरोकार रहँदैन । नेपाल र भारत बीच खुल्ला सिमाना भएको कारण धेरै मानिस कपडा लिन रक्सौल बजार नै पुग्ने कारण पनि नेपाल तर्फको वीरगंज बजारमा व्यापार मन्दी भएको छ । छिमेकी भारतको रक्सौल बजारमा एउटा कपडाको मूल्य तुलना गर्दा दुईदेखि पाँच सयसम्म तलमाथि पर्छ । तर पनि अधिक्तम ग्राहक रक्सौलको बजारमा किन्न जाने गरेको यहाँको व्यापारीहरुको तर्क छ ।
जाँदा आउँदाको भाडा, भन्सार गर्दा खासै फरक पर्दैन । तुलनात्मक रुपमा नेपालमा भन्सार कर, राजश्व कर जस्ता अतिरिक्त करको कारण मूल्य बढी हुने र रक्सौलमा थोरै कम हुनाले वीरगंजका व्यापारीहरु मारमा परेको वीरगन्जका पुराना व्यापारीहरुको भनाइ छ ।
वीरगन्जको विशाल बजारमा ३ वर्षदेखि सुदिप पटेलले पनि कपडा पसल संचालन गर्दै आइरहेका छन् । यो वर्ष सबैको आर्थिक अवस्था कमजोर हुँदा आफ्नो पनि व्यापारले सोचे जस्तो प्रगति नगरेको उनको भनाइ छ । सबैभन्दा व्यापार नचल्ने यहि वर्ष नै हो उनले भने । यस वर्षमा दशैं, तिहार, दिपावली खासै व्यापार भएन । मात्र छठमा अलिअलि व्यापार चल्यो । त्यसमा पनि हाम्रो पसलमा मध्यम वर्गका परिवारहरु बढी किन्न आउँछन् । उनीहरुको लागि हामी सबै मुल्यका कपडाहरु राखेर हुँदैन । हामी जति कम मुल्यको कपडाहरु राखे पनि मान्छेलाई मुल्य बढी नै लाग्छ र हामीलाई त्यस कारण व्यापारमा धेरै घाटा भएको छ । सुदिप पटेलले भने । सधैं बिक्री हुने सबै कपडाहरु स्टोक मै राखेका छौं ।
त्यहि विशाल बजारमा ४ वर्षदेखि महिलाहरुको कपडा बच्ने राजु कुमार साह कानुुको भने यो बर्ष कपडा पसल दिपावली पछाडी राम्रो चल्यो । विगतको वर्षहरुमा पर्वहरु आउन अगाडी नै हामीहरुको पसलहरुमा भिड चल्न थाल्थ्यो । तर यसपाली दशैं, तिहार, दिपावली बितेपछि छठमा अलि व्यापार भयो उनले भने । सबैभन्दा बढी कपडा किन्न पर्वहरुमा महिलाहरु हुुन्छ । तर यसपालि बजारमा महिलाहरु नै धेरै कम आएको देखियो । छठमा कपडाहरुको बिक्रि भएको छ । हामीहरुले हरेक वर्ष जस्तै यस वर्ष पनि सबै पर्वहरुको कपडाहरु स्टोक गरेर राखेका थियौं । त्यो सबै कपडाहरु मध्ये मात्र ४० प्रतिशत बिक्री भएको राजु कानुले बताए ।
सोहि बजारमा विभिन्न किसिमका पुरुषहरुका कपडाहरु बेच्ने सन्तोश कुमारको भनाइ अनुसार यस वर्ष व्यापार राम्रो नै चलेको छ । तर पहिलेका वर्षजस्तो भने होइन । जति चल्यो अब त्यसैलाई राम्रो मानेर बस्न परेको छ उनले भने । यो आर्थिक मन्दीको समस्या बिचमा पनि मानिसहरुले आफ्नो पर्व खुशीले मनाए । सबैले धेरै मुुल्य नभएको भए पनि नयाँ कपडा लगाएको व्यापारीहरुको अनुभव छ । स्टकमा राखिएको सबै माल बस्तु मध्ये ५० प्रतिशत मात्रै बिक्रि भएको उनीहरुको तर्क छ । स्टकको हरेक वर्ष ९० प्रतिशत बिक्री हुने कपडा यसपाली मात्र ५० प्रतिशत मात्र बिक्री भएको व्यापारीहरुले बताए ।
विशाल बजारमा ४ वर्षदेखि कपडाको पसल गर्दै आएका इद मोहम्मदले यसपाली घाटा सहेको बताए । यस वर्षसँगको तुलना गर्ने हो भने विगतका वर्ष धेरै राम्रो व्यापार चलेको उनले बताए । हामी सानो तिनो व्यापारीहरुको घाटाको व्यापार भएकोले अब पसल नै बन्द हुने सम्भावना पनि बढेर गएको उनको तर्क छ । बजारहरुमा २० प्रतिहत बजार बन्द नै भइसकेको व्यापारीको अनुमान छ । सरकारले लगानी लगाइ रहेको छैन । मान्छेसँग भएको पैसा सकिसकेको छ । सरकारसँग जनताले सहयोगको अपेक्षा गरिरहेको व्यापारीहरुको भनाइ छ । सरकारले केहि कुरामा आफनो लगानी लगाइरहेको छैन व्यापारीहरुले तर्क गरे ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना