१) वर्तमान अवस्थामा उद्योगको अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा उद्योगको स्थिति निकै खस्किएको छ । कुनै पनि उद्योग सरकारको नीति अनुसार चल्ने हो । सबैभन्दा मुख्य कुरा सरकारको नीति ठिक हुनु पर्छ । सरकारको हरेक फरक–फरक संयन्त्र हुन्छ । खाद्यको क्षेत्रमा, निर्माणको क्षेत्रमा, करको क्षेत्रमा काम गर्ने अलग–अलग संयन्त्र हुन्छन् । हरेक क्षेत्रमा काम गर्ने सरकारी निकायले आफ्नो क्षेत्रमा काम गर्ने उद्योगहरुलाई के आवश्यकता छ ? कति जनशक्ति चाहिन्छ । कति रोजगारी सृजना गर्न सकिन्छ ? भन्ने कुरा त्यो देशको सरकारलाई नीति बनाउने समयमा उचित सुझाव दिनु पर्छ । सरकारको नीति प्रयोगात्मक छैन । कुन उद्योगलाई के मेटेरियल चाहिन्छ ? उद्योगको अवस्था के छ ? आयातलाई प्रतिस्थापन गर्न निर्यातलाई प्रोत्साहन गर्न के गर्नु पर्छ ? यो कुरामा ध्यान दिन पर्छ । सरकारले व्यापारीसंग कर लिन मात्र होइन । अहिले खस्केको स्थितिलाई माथि उठाउन सरकारबाट सहयोग गरिनु पर्छ । मेशिन खरिदमा सहुलियत दिनु पर्छ । करमा छुट दिनु पर्छ । उद्योगी र व्यापारीलाई सरकारलाई कर बुझाउने संयन्त्र मात्र बनाइनु हुन्न ।
२) पहिला र अहिले उद्योग संचालन गर्दा के फरक पाउनु भएको छ ?
पहिला र अहिले उद्योग संचालन गर्दा धेरै फरक छ । उद्योगमा कच्चा पदार्थको रुपमा चिनीको अधिक प्रयोग हुन्छ । अहिले भारतमा चिनीको मूल्य कम छ । कर सहित भारु. ३८ रुपैयाँमा त्यहाँ पाइन्छ । तर नेपालमा १ सय २८ रुपैयाँ नेपाली पर्छ । यसरी भारतभन्दा डबल मूल्यमा चिनी खरिद गरेर कसरी सस्तोमा सामान उत्पादन गर्न सकिन्छ । प्रतिष्पर्धी बजारमा यो सम्भव छैन । उद्योगको उत्पादित समान बेच्न नसकेपछि श्रमिकको पनि संख्या नघटाउनुको विकल्प रहन्न । हामीले कसरी विदेशी समानसंग प्रतिस्पर्धा गर्न सक्छौं ? सरकारलाई राजश्व पनि कसरी तिर्ने ? एउटा उद्योग संचालनमा धेरै उद्योगहरु बीचको समन्वयन हुन्छ । फरक–फरक उद्योगमा अलग–अलग किसिमका कच्चा पदार्थ र तयारी सामान आवश्यक पर्छ । मेरो एउटा उद्योग नचल्दा यो उद्योगसंग जोडिएका धेरै उद्योगहरु र व्यापार पनि स्वभाविक रुपमा असर पर्छ । व्यापारीले सरकारको आलोचना मात्र गरे भन्ने सुनिन्छ । सरकारबाट पनि व्यापारीको आलोचना हुन्छ । व्यापारीले सरकारको आलोचना गर्ने मात्र होइन सरकारलाई ऐना देखाउने काम गरेको हुन्छ । सरकार यो कुरा प्रति संवेदनशिल छैन । पहिला देशवासी हो, अनि मात्र व्यापारी हो । व्यापार गरेपछि म रोजगार दिन्छु भने सरकारले व्यपारीको कुरा पनि सुनिदिनु पर्छ ।
३) अहिले श्रमिकको अवस्था चाही कस्तो छ ?
अहिले मेरो उद्योगमा काम गर्ने श्रमिकहरुलाई दिने सबै सुविधा दिएको छु । वीरगंजमा कुनै यस्तो संस्था छैन । जो दक्ष श्रमिक उत्पादन गर्ने होस् तालिम दिने । हामीले उद्योगमा काम गर्ने श्रमिकहरुलाई तीन, चार महिना सरसफाई सम्बन्धी तालिम दिएर मात्र काम गराएको छौं । खाद्य उद्योगमा सरसफाईको अत्यन्तै आवश्यक पर्छ । यस्ता निकाय नहुँदा उद्योगहरुमा श्रमिकहरुलाई स्वयम तालिम गराउनु परेको छ । उद्योग खस्किदै जाँदा काम पाइरहेका ५० प्रतिशत कर्मचारी हटाउनु परेको छ ।
४) लगानीको रक्षा र श्रमिकको प्रर्वद्धनका लागि सरकारले के गरे हुन्थ्यो भन्ने लाग्छ ?
सरकारले तत्काल उद्योगीहरुको लागि गर्नु पर्ने काम भनेको देशमा जति उद्योगहरु छन् । ती उद्योगमा चाहिने कच्चा पदार्थ बाहिर देशबाट ल्याउँदा सहज गरिदिने हो । केही राहत दिनु पर्छ । उद्योगलाई विद्युत महशुलमा छुट दिनु पर्छ । बैंकको व्याज दरमा कमी गरिदिनु पर्छ । यी तीन कुरामा छुट दियो भने उद्योगले राम्रो रोजगार दिन पनि सक्छन् । उद्योग व्यवसाय पनि फस्टाउँछ ।
५) उद्योगहरुको छाता संगठनहरुले सरकारसंग कस्तो पहल गरेको छ ?
उद्योग वाणिज्य संघमा पदमा बसेका जुन हाम्रा प्रतिनिधि वा पदाधिकारीहरु छन् । उनीहरु समग्र उद्योगको हितको लागि काम गर्दैनन् । आफ्नो प्रकृतिका उद्योगहको लाभमा मात्र उनीहरु तल्लिन रहेका छन् । पदको वा पावरको बलमा आफ्नो मात्र उद्योगको बारेमा चासो लिने र समस्या देखाउने गरेको पाइन्छ । समग्र उद्योगको लागि कुनै पनि पदाधिकारीहरुले उच्च आवाज उठाउन सकेको छैन । चुइगम बनाउने उद्योगबाट उत्पादित सामानले दाँत र गिजाको लागि राम्रो काम गरेको हुन्छ ।
त्यसैले यो उद्योगलाई चाहिने कच्चा पदार्थमा राहत दिन सकेमा भोली उद्योग बन्द हुने अवस्था हट्छ ।
६) सरकारले उद्योगीहरुको समस्या समाधान गर्न के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
सरकारले देशमा भएका उद्योगहरु मध्ये दैनिक उपभोग्यका सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुलाई केही राहतको प्याकेज बनाउनु पर्छ । गास, बास, कपास आम जनताको दैनिक आधारभूत आवश्यक्ता भएसंगै यीसंग सम्बन्धित उद्योगहरु मध्ये सरकारले छुट दिनु पर्छ । विलासिताका सामानहरु, मनोरञ्जनका समानहरुमा सरकारले छुट दिनुभन्दा गाँस, बास र कपाउ उत्पादन गर्ने उद्योगलाई राहत दिनु पर्छ ।
७) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
देशमा धेरै खपत हुने समान मध्ये चिनी पनि हो । देशमा जम्मा एक लाख २० हजार टन चिनी उत्पादन छ । वार्षिक ३ लाख टन चिनीको खपत छ । एक लाख ८० हजार टन चिनी कसरी जोहो गर्ने ? फेरी नयाँ सिजन आइसकेको छ । मलाई मात्र होइन । धेरै खाद्य उद्योग, औषधी उद्योग र आम जनताको लागि अति आवश्यक चिनी हो । मेरो उद्योगमा वार्षिक दुई देखि अढाई सय टन चिनी खपत हुन्छ । मेशिनमा सहुलियत, विद्युतमा सहुलियता दिनुपर्छ । अनी मात्र उद्योग फस्टाउन सक्छ । वातावरण मैत्री, स्वदेशी उत्पादन मूलक समान उत्पादन गर्ने उद्योगहरुलाई सहुलियत दिएर प्रोत्साहन गर्नुपर्छ । लाखौं प्लाष्टिकका प्लेट, कचौराहरु बाहिरबाट आयात गरिन्छ । जसले वातावरणलाई पनि असर गरेको हुन्छ । यो भन्दा वातावरणलाई बढी असर नगर्ने उद्योगहरुलाई सरकारले कम बढावा दिनु उपयुक्त हुन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना