१) बेनाइड प्रोस्टाटिक हाइपरलाइसिया भनेको के हो ?
बेनाइड प्रोस्टाटिक हाइपरलाइसिया भनेको प्रोस्टेड सम्बन्धी समस्या हो । यो प्रोस्टेड ग्रन्थी पुरुषमा हुने ग्रन्थी हो । यो ग्रन्थी पिसाबको थैला र पिसाब नलीको बीचमा हुन्छ । यसले पिसाब नलीको चारैतिर घेरेकोे हुन्छ । यो सामान्य अवस्थामा हुदाँ २० ग्राम सम्म हुन्छ । यो ग्रन्थी पुरुषको उमेर बढ्दै गएपछि वा प्राय जसो पचास वर्ष नाघेका पुरुषहरुमा पचास प्रतिशत देखिन्छ । अहिलेको नयाँ अध्ययन अनुसार ४० वर्ष नाघेको पुरुषहरुमा पनि यो समस्या देखा परेको छ । यो रोग भनेको क्यान्सर नभएको मासु बढेको भन्ने बुझ्नु पर्छ ।
२) बेनाइड प्रोस्टाटिक हाइपरलाइसिया रोगका लक्षणहरु के–के हुन् ?
बेनाइड प्रोस्टाटिक हाइपरलाइसिया रोग ५० वर्ष उमेर लागेपछि पिसाब नलीमा भएको प्रोस्टेड ग्रन्थीको साइज बढेपछि पिसाबको नलीलाई साघुरो बनाइ दिन्छ । पिसाब नली च्यापिदै गएपछि पिसाबको धारा कमजोर हुन्छ । जसले गर्दा सुरुको अवस्थामा लक्षणहरु देखिन्छ । चिन्न पनि सजिलो हुन्छ । पिसाब छिटो छिटो लाग्ने हुन्छ । पिसाब फेर्न राति उठ्नु पर्ने, पिसाब फेर्न जादाँ तुरुन्त पिसाब नआउने केही समय कुर्नु पर्ने हुन्छ । पिसाब फेर्दा फेर्दै बीचमा नै पिसाब रोकिन्छ । फेरी बल लगाएर पिसाब फेर्नु पर्छ । पिसाबमा रगत देखिनु, बारम्बार पिसाब सम्बन्धि हुने संक्रमण हुनु यो सुरुवातको लक्षणहरु हुन् ।
३) यो रोगको उपचार समयमा नभए कस्ता समस्या आउँछ ?
यदी समयमा नै उपचार भएन भने झनै रोग जटिल हुदै जान्छ । प्रोस्टेडको कारण पिसाबको थैलीले सकभर पिसाब फाल्ने कोशिस गर्छ । प्रोस्टेडको साइज बढ्दै जान्छ भने पूरा पिसाब नली बन्द हुन्छ । समयमा उपचार भएन भने पिसाबको थैलामा असर पर्न थाल्छ । जसले गर्दा पिसाबको नली बेलुन जसरी नै फुल्छ । पिसाबको थैलामा पिसाब रहिरहन्छ । सामान्य मानिसले पिसाब फेरी सकेपछि पिसाबको थैला खाली हुन्छ । तर पिसाबको नली साँघुरो भएको अवस्थामा पिसाब रहिरहन्छ । जसले पिसाबको थैलामा असर पर्न सुरु गर्छ । पिसाबको थैलाको प्रेशर पनि बढाउँछ । अब पनि उपचार भएन भने पिसाबको नलीमा प्रेशर पर्छ । यसको असर मृगौलामा पर्छ । बिस्तारै–बिस्तारै मृगौला खराब हुन्छ । यो समस्या पचास वर्ष उमेर पुगेपछि देखियो भने समयमा नै उपचार गराउनु पर्छ ।
४) यो रोगको उपचार पद्दति कत्तिको महंगो छ ?
यो रोगको उपचार गर्ने क्रममा रोगको तीन चरणमा ग्रेडिङ गर्नुपर्छ । माइड, मोडे«ड र सिबिआर गरी तीन चरणमा छुट्याएर हेर्नु पर्छ । माइड लक्षण भएको बिरामी र मोडे«डको सुरुवातको चरणका बिरामीहरुलाई औषधीबाट उपचार गर्न सकिन्छ । मोड्रेडको पछिल्लो समयको बिरामी र सिबिआरका लक्षण भएका बिरामीको भने अप्रेशनबाट नै उपचार गर्नुपर्छ । माइड र मोड्रेड लक्षण भएका बिरामीहरुको उपचार सकभर औषधीबाट नै उपचार गर्छौ । औषधीले काम गरेसम्म औषधीबाट नै उपचार गर्ने र औषधीले काम गर्न छाडेपछि अप्रेशन बाहेक अन्य कुनै विकल्प छैन । अन्य ठाउँको अस्पतालहरुमा यसको अप्रेशन महंगो नै हुन्छ । भने वीरगंजमा साठी हजार सम्ममा अप्रेशन हुन्छ ।
५) यो रोग लागेका बिरामी कुन चरणमा जाँचका लागि आउने गर्छन् ?
यो रोग लागेका बिरामीहरु अहिलेसम्मको रेकर्ड अनुसार रोगका सुरुवातको समयमा आउदैनन् । मोड्रेडको पछिल्लो चरण र सिबिआर चरणका बिरामीहरु उपचारको लागि आउने गरेका छन् । रोग जटिलताको चरणमा पुगेपछि पिसाब रोकिएर पिसाबको थैली फुलेपछि जचाँउन आएका हुन्छन् । यो रोगको सुरुवातको समयमा नै उपचारको लागि आएमा औषधीले नै काम गर्छ । पछिल्लो चरणको लक्षण लिएर आएको बिरामीको अप्रेशन बाहेक अन्य कुनै विकल्प छैन । साक्षरताको कमी, जनचेतना नभएको र जाने बुझेका मानिसहरु पनि लापर्वाहीको कारण समयमा उपचार गर्न आउन नसकेका हुन् । प्रोस्टेडको कारणले नै मृगौला खराब भएका बिरामीहरु पनि यहाँ आइरहेको छन् ।
६) यो रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?
यो कुनै खानापानको कमीले हुने रोग होइन । यो रोग मानिसको उमेरसंगै लाग्ने रोग हो । मानिसको उमेरलाई घटाउन सकिन्न । उमेरसंगै यो रोग बढ्ने प्रक्रिया हो । पुरुषको उमेर बढेसंगै वा ५० वर्ष नाघेपछि एस्ट्रोजेन हार्मोनको मात्र तुलतात्मक रुपमा बढ्दै जाने प्रोस्टेजको साइज बढ्दै जान्छ । पचास काटेका पुरुषहरुमा पनि पचास प्रतिशतलाई मात्र देखिने गर्छ । पचास उमेर काटेका पुरुषहरुले यो रोगका लक्षणहरुलाई ध्यान दिएर पहिलो चरणमा नै उपचार गराएमा औषधीबाट नै उपचार गर्न सकिन्छ । यस रोगको मुख्य उपचार भनेको नै अप्रेशन हो । सुरुवातको समयमा थाहा पाउन सकेमा शारिरीक कष्ट कम हुन्छ । पहिला चिरेर अप्रेशन गरिन्थ्यो भने अहिले बिना चिरफार मेशिनद्धारा अप्रेशन गरिन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना