मधेश प्रदेशको १२ वटा पालिकामा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमको सुरुवात भएको छ ।
युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आईएलओ, युएन वुमन र युनिसेफ) को प्राविधिक सहयोगको साथै मधेश प्रदेशको खेलकुद तथा सामाज कल्याण मन्त्रालयको समन्वयमा यो कार्यक्रमलाई सचांलन गरिएको छ ।
मधेश प्रदेशको जनकपुरधाम उप–महानगरपालिका, नवराजपुरगाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, वीरगञ्ज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका गरी १२ वटा स्थानीय पालिकामा सो कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रमको विहीबार जनकपुरमा उदघाटन गर्दै मधेश प्रदेश सभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा कुमारी यादवले मधेशमा बढ्दै गएको महिला हिंसाको नियन्त्रण तथा महिला सशक्तीकरणमा यो कार्यक्रमले सहज हुने तर्क गरिन् ।
मधेश प्रदेशका खेलकुद तथा सामाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयाँलले मधेशमा शिक्षा कमजोर नभएको र शिक्षित नयाँ पुस्ता आएपछि महिला हिंसाका समस्या पनि नियन्त्रण हुँदै जाने दाबी समेत गरेका छन् ।
कार्यक्रममा युएन वमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया, युरोपियन युनियनका डेपुटी हेड अफ कोअपरेसन, ईलोईजा आस्टुडिलो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत करूणा आचार्य, मधेश प्रदेशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू र मधेश प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । -साभार
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना