अंग्रेजी माध्यमबाट वीरगन्ज महानगरले पालिका क्षेत्रभित्र नमूना पढाइका रुपमा चारवटा विद्यालयमा सुरु गरेको पठनपाठनमा सानो कक्षाका विद्यार्थीहरु र केही शिक्षक वर्गलाई समेत गाह्रो भइरहेको खुलेको छ । अंग्रेजी माध्यमबाट मात्र पठाइ सुरु गरेपछि सामुदायिक विद्यालयका तल्लो कक्षाका विद्यार्थी र केही शिक्षकहरुलाई अंग्रेजी माध्यम गाह्रो भएको पाइएको हो ।
गरीब तथा विपन्नका बालबालिकालाई पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सकुन् भन्ने उद्देश्यले वीरगन्ज महानगरले चालु शैक्षिक सत्रबाट आफ्नो क्षेत्र भित्रका ४ वटा सामुदायिक विद्यालयमा अंग्रेजीको नमूना कक्षा संचालन गरिरहेको छ । यो कक्षा संचालन गर्दा कक्षामा पढाउने केही शिक्षक शिक्षिका र अध्ययनरत तल्लो कक्षाका विद्यार्थीलाई बुझाउन र बुझ्न अलि अप्ठारो भएको पाइएको छ । पहिलो शैक्षिक सत्र भएकोले केही शिक्षक र तल्लो तहका विद्यार्थीहरुलाई केही गाह्रो भएको ती विद्यालयले पनि स्वीकारे ।
धन्याढ्य व्यक्तिका छोराछोरीहरु निजी विद्यालयमा सिधै अंग्रेजी माध्यामबाट अध्ययन गर्दा विपन्नका बालबालिका पैसाकै कारण अंग्रेजी माध्यम पढ्नबाट बञ्चित भएपछि यस्तो नहोस् भनी महानगरले नीतिगत रुपमा नै चारवटा विद्यालयका अंग्रेजी माध्यम लागु गरेको हो । वीरगंज महानगरका मेयर राजेशमान सिंहले गरीबका छोराछोरी पनि अंग्रेजी माध्यमको शिक्षाबाट वञ्चित नहुन भनेर निःशुल्क अंग्रेजी शिक्षा लागु गर्न नीति नै अघि सारेको वीरगन्ज महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । शिक्षक पूर्तालका लागि समेत महानगरले सहयोग गर्दै आए पनि विद्यालयमा मासिक हुने खर्च धान्न विद्यालयलाई भने केही मुस्किल परेको पनि खुलेको छ । अन्य आर्थिक स्रोत नभएका विद्यालयहरुलाई विद्यार्थीहरुबाट कुनै किसिमको शुःल्क नलिदा विद्युत मर्मत खर्च, प्लम्बर, मिस्त्री खर्च र थप शिक्षकको समेत अभाव रहेको ती विद्यालयका प्रधानाध्यापकले जनाए । केही विद्यालयमा त स्वीपरको खर्च दिन पनि कुनै स्रोत नभएको वीरगन्जको माईस्थान विद्यापिठ मा.वि.का प्रधानाध्यापक मुन्निलाल कर्णले पनि जनाए ।
मेयर सिंहको सकारात्मक सोचले आज विद्यालयले पूर्ण सहयोग पाएको त छ । तथापि अझै केही सानातिना खर्चको लागि भने अप्ठ्यारो भइरहेको उनले संकेत गरे । अंग्रेजी माध्यममा पढाइ भए पनि तल्लो तहका बालबालिकालाई भने राम्रोसंग बुझ्न अझै केही कठिनाई भइरहेको उनको भनाइ छ । बालबालिकाका अभिभावकहरु ७० प्रतिशत सक्षम नभएको हुनाले विद्यालयबाट होमवर्क दिए पनि बालबालिकाले अंग्रेजी नबुझेर होमवर्क नै नगरी विद्यालय आउने गरेको उनको गुनासो छ । त्यस्ता विद्यार्थीहरुलाई ट्यिुसनको रुपमा अलग समयमा शिक्षक राखेर अंग्रेजी विषयको अध्यापन गराएमा अलि सिक्न सक्ने थिए । तर यसको लागि शिक्षकलाई अलग्गै व्यवस्था गर्न पर्ने पनि हुन सक्छ । पहिला जो नेपाली माध्यममा अध्ययन गरेको छ । उनीहरुको लागि नेपाली माध्यममा नै शिक्षा दिन सक्यो भने उनीहरुको भविष्य राम्रो हुने उनले तर्क गरे ।
सरकारले दलित छात्रावृति कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई ४ सयको दरले दिने गरेको छ । अन्य जातीका पनि छात्राहरु १ देखि ८ सम्मका लागि सोही बराबरको रकम उपलब्ध गराउने विद्यालयहरुले जनाए । यो छात्रावृति शैक्षिक सत्रको अन्त्यमा आउने गरेको छ । शैक्षिक सत्रको सुरुमा निकासा भए बालबालिकाहरु व्यवस्थापन गर्न केही सहज हुने ती विद्यालयहरुले जनाए । तीन हजार जति विद्यार्थी भएको विद्यालयमा शिक्षकको अझै अभाव रहेको माईस्थान विद्यापिठले पनि जनाएको छ । विद्यालयको अगाडीबाट इ–रिक्सा आवत जावत गर्ने हुनाले विद्यार्थी आउने र जाने समयमा भने दुर्घटना हुने जोखिमबाट बालबालिकालाई बचाउन निकै सकस भएको माईस्थानका प्रधानाध्यापक कर्णले बताए ।
विद्यालयमा नगवा, रेशमकोठी, माईस्थान, छपकैयाबाट कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थी आउने र ६ देखि १० सम्म थप रामगढ्वादेखि विद्यार्थी पढ्न आउने गरेका छन् । ई–रिक्साको रुटको विषयमा वीरगंज महानगरले विद्यालय क्षेत्रको बाटो प्रयोग गरेपछि बालबालिकालाई विद्यालय लाग्ने र छुट्टि हुने समयमा दुर्घटना हुनबाट जोगाउन मुस्किल भइरहेको उनको भनाइ छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना