१) महिलाहरुलाई गर्भवती अवस्थामा कस्ता समस्या आउन सक्छन् ?
शहर बजारका गर्भवती महिलाहरु प्रायः परिक्षणका लागि आउने गरे पनि पर्सा जिल्लाको ग्रामिण भेगका महिलाहरु समयमा जाँचकोलागि आइदिदैनन् । यसले गर्दा पछि समस्या उत्पन्न हुन सक्छ । गर्भावस्थामा पेट दुख्ने, खानपानमा कमी आउनु, पानी बग्ने, रगत बग्ने, प्रेशर, चिनी रोग पनि देखिन सक्छ । यो कुराको ख्याल राख्नु पर्छ ।
२) गर्भवती महिलाले गर्भावस्थामा कति पटक जाँच गर्नुपर्छ ?
गर्भवती अवस्थामा गर्भवती महिलाले ७ पटक जाँच गर्नुपर्छ । कम्तीमा ४ पटक भिडियो एक्सरे गर्नुपर्छ । पहिलो पटक गर्भवती भएको एकिन भएपछि गर्भवती महिलाले जाँच गर्नुपर्छ । त्यसपछि ३ महिनामा अर्को जाँच गर्नुपर्छ । साढे ५ महिनामा बच्चाको अंगको विकास भएको छ कि छैन भनेर भिडियो एक्सरे गरेर जाँच गर्नुपर्छ । चौंथो भिडियो एक्सरे गर्भवती भएको ३७ हप्तामा पनि भिडियो एक्सरे का साथै अन्य जाँच पनि गराउनु पर्छ । गर्भवती महिलाले कम्तीमा ३ पटक चाही गराउनै पर्छ । महिलाको बच्चा जन्माउने उपयुक्त उमेर २० वर्षदेखि ३५ नै हो । नेपाल सरकारले विवाहकोलागि महिलाको न्यून उमेर २० वर्ष भनेर तोकिएको छ । समाजमा २० वर्षभन्दा कम उमेरमा नै विवाह गर्दै आएका हुनाले २० वर्षमा छोरी बुढी हुन्छन् भन्ने सोच पनि छ । तर नेपाल सरकारले धेरै अनुसन्धान गरेर नै विवाहको उपयुक्त उमेर २० वर्ष राखेको हो । यो उमेरमा महिलाको प्रजनन् अंगहरुको वृद्धि विकास राम्रोसंग भइसकेको हुन्छ । मातृ मुत्युदर घटाउन नै सरकारले विवाहको उमेर बढाएको हो । बच्चा जन्माउँदा पनि समस्याहरु कम हुन्छ । भने ३५ वर्ष उमेर काटेपछि पनि बच्चा बस्ने सम्भावना कम हुन्छ । त्यसैले ३० वर्ष भित्र नै विवाह गर्दा धेरै उत्तम हुन्छ ।
४) गर्भावस्थामा गर्भवती महिलाले कस्तो खाना खानुपर्छ ?
गर्भवती महिलाले दैनिक पोषिलो खाना खानुपर्छ । भिटामिनयुक्त खाना, सागपात, गेडागुडी, दुध, फलफूल, माछा, मासु, अण्डा खानुपर्छ । प्रोटिनयुक्त खाना बढी खानुपर्छ । जताततैंको पानी खानु हुदैन । जंक फूडहरु नखाने । गर्भावस्थामा जंकफुड खाएमा हेपाटाइटिस ए इ हुने बढी सम्भावना हुन्छ । स्वस्थ्य खानेकुरा खाने दैनिक सन्तुलित खाना खानुपर्छ ।
५) गर्भावस्थामा काम गर्नु हुदैन भन्नु कत्तिको उपयुक्त हो ?
गर्भावस्थामा धेरै बोझिलो भारी बोक्नु राम्रो होइन । तर दैनिक कसरत भने गर्नु नै पर्छ । कुनै कुनै अवस्थामा भने डाक्टरले सल्लाह दिएको अनुसार नै काम गर्नमा ध्यान दिनु पर्ने हुन्छ । गर्भको कुनै समस्या देखिएमा काम कम र आराम गर्नु पर्ने हुन्छ ।
६) गर्भावस्थामा कस्ता किसिमका जटिता देखापर्छ ?
अहिले गर्भावस्थामा हाइपोथाइरिजम बढी भएको अनुसन्धानबाट देखाएको छ । गर्भवती महिलालाई एक्कासी प्रेसर बढ्ने, चम्की आउने चिनीको समस्या देखापर्ने परेको छ । ढिलो विवाह गर्दा देखिने समस्याहरु अहिले गर्भावस्थामा देखिएको छ । गर्भवतीको शारीरिक अवस्था स्वस्थ्य,तन्दुरुस्त छ भने उमेर अनुसार लाग्ने रोगहरु कम हुन्छ । उमेर भन्दा शरीर स्वास्थ्य हुदाँ रोग कम लाग्छ ।
७) आमा सुरक्षा कार्यक्रम कत्तिको प्रभावकारी छ ?
आमा सुरक्षा कार्यक्रम सुरु भएको १ वर्ष भयो । यो कार्यक्रम प्रभावकारी पनि भएको छ । यसबाट गरीब र निम्न वर्गिय परिवारका महिलाहरुले लाभ लिन पाएका छन् । पहिला आर्थिक अभावमा जाँच गर्न र सुत्केरी गराउन अस्पताल नजाने महिला आज अस्पतालमा सुरक्षित सुत्केरी गराएका छन् । वीरगंजमा ठूला निजी अस्पतालहरुले पनि आमा सुरक्षा कार्यक्रम लिएका छन् । त्यस मध्य श्रीराम हस्पिटलमा पनि आमा सुरक्षा कार्यक्रम राखिएको छ । पहिला गर्भवती महिलाको सुत्केरी घरमा नै गराउने गरेको थिए । धेरै जटिल समस्या देखिएपछि मात्र अस्पताल लाने गरेका थिए । यो अवस्थामा कतिपय आमा र बच्चाको पनि मृत्यु हुने गर्दथे । यो आमा सुरक्षा कार्यक्रम लागु भएपछि मातृ मृत्युदर पनि कम भएको छ ।
७) आमा सुरक्षा कार्यक्रम लागु भएपछि कम उमेरमा गर्भवती भएका महिलाहरु संख्या कत्तिको छ ?
नेपाल सरकारले महिलाको उमेर २० वर्ष तोके पनि कम उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको संख्या अझै पनि आउने गरेको छ । पहिलाको तुलनामा कम छ । अस्पताल आउने सबै महिलाहरु उमेर बढाएर भन्ने गर्छन् । प्रसुतीमा समस्या आएपछि धेरै समय सोध्दा बल्ल १६,१७ वर्ष भएको बताउछन् । यसरी गर्भावस्थामा गर्भवतीले उमेर लुकाउँदा डाक्टरलाई सुत्केरी गराउन धेरै समस्या हुन्छ । रगतको कमी हुने समस्या आउँछ । कम उमेरमा गर्भवती हुदाँ हड्डीहरुको विकास भएको हुदैन । यस्तो महिलाहरुबाट बच्चा जन्माउन नसकी अप्रेशन नै गर्नुपर्ने हुन्छ । गाउँघरमा अझै पनि बाल विवाह पूर्ण रुपले रोकिन सकेको छैन ।
८) गर्भवती महिलाले आमा सुरक्षा कार्यक्रमबाट के–के सुविधा पाएका छन् ?
आमा सुरक्षा कार्यक्रमा गर्भावस्थामा जुनसुकै अस्पतालमा जाँच गरेका महिलाहरुले सबै आमा सुरक्षा कार्यक्रम भएको अस्पतालमा सेवा लिन सक्छ । नर्मल सुत्केरी भएमा लाग्ने सबै खर्च, औषधी खर्च, अस्पतालमा बस्दाको बेड चार्ज सबै लाग्दैन । यदी अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा सबै खर्च लाग्दैन । सुत्केरी घर पठाउँदा यातायात खर्च १ हजार पनि दिने व्यवस्था गरिएको छ । सुत्केरी घर गएको ३,४ दिन पछि पनि ज्वरो आउने,प्रेशर बढ्ने समस्या आएमा जटिल्ताको अवस्था भनेर अस्पतालको १, २ दिनको खर्च पनि लाग्दैन । आमा सुरक्षा कार्यक्रम अन्र्तगत सरकारले नै बेहोर्छ ।
९) आमा सुरक्षा कार्यक्रमबाट सेवा लिने कस्तो प्रावधान छ ?
आमा सुरक्षा कार्यक्रम नेपाली नागरिकको लागि मात्र हो । नेपाली नागरिक झल्कने प्रमाण पत्र, विदेशी महिला नेपालीसंग विवाहित हो भने विवाह दर्ताको प्रमाण पत्र पेश गर्नु पर्छ । यो कार्यक्रम जो महिला आर्थिक अवस्था कमजोर छ । उपचारको लागि आर्थिक स्रोत जुटाउन सक्दैन । ति समूहहरुलाई लक्षित गरेर कार्यक्रम लागु गरिएको हो । यो कार्यक्रम लागु भएपछि मातृमृत्युदर पनि घटेको छ । अहिले ओ पि डिका गर्भवतीहरु पनि आमा सुरक्षा कार्यक्रममा नै छन् । यो कार्यक्रम अन्तर्गत दुई वटा प्रक्रिया छ । जेनरल वार्डमा गर्भवतीलाई राख्छन् भने आमा सुरक्षा कार्यक्रमका पर्छ । हैन यदी क्याबिनमा नै गर्भवतीलाई राख्न खोज्छन् भने स्वतःआमा सुरक्षा कार्यक्रम लिष्टबाट हट्छ । सम्पूर्ण खर्च आफैले व्योहोर्नु पर्छ । आर्थिक अभावले अस्पतालमा गएर सरत्केरी गराउन नसकेका विपन्न वर्गका महिलाहरुले पनि सुरक्षित अस्पतालमा बच्चा जन्माउन सकुन् भन्ने उद्धेश्यले पनि सरकारले यो कार्यक्रम लागु गरेको हो । यो कार्यक्रम लागु भएपछि समयमा नै गर्भवतीहरु अस्पतालमा आउने गरेको पाइन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना