१) माथिल्लो कक्षासम्म पुग्दा छात्राको संख्या कम हुनुको कारण के हो ?
नर्सरी कक्षा भर्ना भएको समयमाभन्दा पछिल्ला दिनहरुमा छात्राहरुको संख्यामा निकै उतार चढाब हुन्छ । यस विद्यालयमा आर्थिक स्थिति कमजोर भएका निम्नवर्गका, मध्यम वर्गीय परिवारका र मुस्लिम समुदायका छात्राहरु पढ्न आउने गरेको छन् । आर्थिक अवस्था, जनचेतनाको अभावले गर्दा छात्राहरुको संख्यामा पहिलाको तुलनामा कक्षा बढ्दै गएपछि संख्या घट्दै जान्छ । नर्सरीमा भर्ना भएका विद्यार्थीहरु ५ कक्षासम्म पुग्दा धेरै कम भइसकेको हुन्छ । तर कक्षा ९, १० मा पढ्ने विद्यार्थीहरुमा पनि रजिष्टे«शन फर्म भर्दाको समयमाभन्दा एस.ई.ई दिने बेलामा १५ प्रतिशत विद्यार्थीको संख्या घटेको देखिन्छ ।
२) बालिका अध्ययन गर्ने विद्यालयमा उनीहरुको उपस्थिति कस्तो छ ?
नेपाल सरकारले लागु गरेका सुविधाहरु हाम्रो विद्यालयले पनि पाएका छन् । अन्य सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुले जे सुविधा पाएका छन् । यहाँ पढ्ने सबै छात्राहरुले त्यही सुविधा पाएका छन् । विगत दुई वर्षदेखि यहाँ अध्यापन गराउने शिक्षक सबै महिला नै छन् । अहिले सबै शिक्षक महिला भएकोले मुस्लिम समुदायका छात्राहरु पनि यहाँ पढ्न आउन थालेका छन् । महिला शिक्षक हुदाँ छात्राहरुले खुलेर आफ्नो समस्या भन्न सक्छन् । ७५ वर्ष पुरानो भवन मर्मत संभारको लागि दुई वर्ष अघि महानगरले सहयोग गरेको छ । महानगरले भौतिक सामाग्री, शैक्षिक सामाग्रीको सहयोग गरेको छ ।
३) महिला नेतृत्वमा हुँदा विद्यालयमा कस्ता चुनौति देखापरेका छन् ?
दुई वर्ष पहिला महिला प्रधानाध्यापक हुदाँ अब यो कन्या मा.वि चल्दैन भनेर टिक्का टिप्पणी धेरै आएका थिए । अब महिलाहरुले मात्र विद्यालय संचालन गर्न सक्दैनन् भन्ने सुनिन्थ्यो । हामीलाई हिम्मत दिनुको सट्टा नकरात्मक कुरा बढी गरेको सुनिन्थ्यो । त्यसले गर्दा केही हदसम्म मलाई नराम्रो लाग्यो । अहिले दुई वर्ष भइसकको छ । यहाँ सबै महिला शिक्षिका मात्र छौं । छात्राहरुले पनि खुलेर आफ्नो समस्या बताउन सकेका छन् । महिला शिक्षकहरु सबै क्षमतावान भएकाले कुनै पनि विषयका समस्या आएको छैन । आउने दिनमा अझै राम्रो गर्दै जाने लक्ष्य छ ।
४) महिला प्र.अ. भएर विद्यालय संचालन गर्दा अन्य शिक्षकबाट कत्तिको सम्मान पाउनुभएको छ ?
म प्र.अ. भएदेखि सबैले मान सम्मान नै गरेको छन् । सबै शिक्षक साथीहरुले राम्रो सहयोग गरेका छन् । धेरै प्रशासनिक कामहरु पनि सफलतापूर्वक गर्न सकेका छौं । सबै मिलेर मेहनत गरेका छौं । अहिले विद्यालयमा ११ सय छात्राहरु अध्ययनरत छन् । २४ जना शिक्षिकाहरु कार्यरत छन् । एक जना पूर्व पियन बाहेक सबै महिला कर्मचारी भएकोले विद्यालय महिलामैत्रीं भएको छ । शिक्षक विद्यार्थी सबै खुशी छौं ।
५) तपाइलाई कार्यालय प्रमुख भएर काम गर्दा कस्तो महसुस भएको छ ?
कुनै जिम्मेवारी पाएपछि स्वभाविक रुपमा अझै राम्रो होस् भन्ने चाहना हुनु स्वभाविक हो । अहिले जसरी सबै साथीहरुको सहयोगमा समाजमा महिलाले मात्र विद्यालय संचालन गरेर देखाउन सफल भएका छौं । मलाई पनि मेरो विद्यालयका विद्यार्थीहरुले अझै राम्रो अंक ल्याएर पास हुन् भन्ने लाग्छ । वीरगंजमा ४ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन हुन्छ । हाम्रो विद्यालयमा पनि नेपाली माध्यमबाट नै पढाइ हुन्छ । नेपाली माध्यमबाट पढेका भए पनि विद्यार्थीहरुको गुणस्तरमा कमी छैन ।
६) तपाईको विद्यालयमा के भए अझै पठनपाठन गर्न सहज हुन्थ्यो ?
अहिले केही शिक्षकको कमी भए पनि मिलाएर पढाइरहेका छौं । भौतिक सुविधाको लागि र शैक्षिक सामाग्रीहरुको महानगरले बेला बेला दिएको छ । केही विषयगत शिक्षकको अभाव छ । त्यो पदपूर्ति भयो भने सबै समस्या समाधान हुन्छ । पठनपाठनको क्षेत्रमा पनि कुनै अभाव हुने छैन ।
७) तपाईको सामुदायिक विद्यालयका विद्यार्थी अन्य विद्यार्थीसंग प्रतिस्पर्धा गर्न सक्छन् ?
पहिलादेखि नै सामुदायिक विद्यालयमा पढाइ हुदैन भन्ने मानसिकता सबैमा थियो । शिक्षकले पढाउदैनन् बसेर तलब खान्छन् भन्ने गरेका थिए । तर सरकारी विद्यालयमा कही न कही त्रुटी छन् । सामुदायिक विद्यालयमा इमान्दारिता देखाउनु पर्छ । एकै पटक सबै कमजोरीहरु एकै पटक हटाउन सकिदैन । बिस्तारै हटाउदै जानुपर्छ । यसको अवलोकन, निरिक्षण बेला बेलामा हुनुपर्छ । सबै विद्यार्थी एकै खालका छैनन् । अन्य विद्यालयका विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्ने राम्रा विद्यार्थी पनि छन् ।
८) अहिले विद्यालयको अनुगमन गर्ने काम कसरी भइरहेको छ ?
अहिले सामुदायिक विद्यालयहरुको बेला बेलामा प्र.अ. बैठक हुन्छ । महानगरको शैक्षिक प्रशासन माहाशाखाबाट बेला बेलामा शिक्षासंग सम्बन्धित व्यक्तिहरु अवलोकनको लागि आउनु हुन्छ । केही गल्ती भएको छ भने सरसल्लाह दिनुहुन्छ ।
९) सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न के आवश्यक छ ?
कुनै पनि बच्चाको पढाइको विकास र गुणस्तरमा घर, अभिभावक र विद्यालयको तालमेल हुनु पर्छ । हाम्रो जति पनि विद्यालयमा पढ्न आउने छात्राहरु आर्थिकस्तर कमजोर भएका विद्यार्थीहरु आउँछन् । आमाबुबा कही न कही काममा लागेका हुन्छन् । विद्यालयबाट बच्चा घर गएपछि व्याग राख्छ । घरको अभिभावकले के पढेर आयौं, शिक्षकले के होमवर्क दिएको छ की छैन ? भनेर सोध्दा पनि सोध्दैनन् । धेरै कमैले बच्चाको पढाइको बारेमा सोध्ने गरेका हुन्छन् । भोलिपल्ट विद्यार्थी घरमा होमवर्क नै नगरी विद्यालय आएपछि शिक्षकलाई गाह्रो हुन्छ । शिक्षक र विद्यार्थीको तालमेल मिलाउन अभिभावकको पनि भूमिका हुन्छ । अभिभावकमा पनि जनचेतना कमी छ । जनचेतना बढाउने काम नेतृत्व तहमा बसेको व्यक्तिहरुले गर्नुपर्छ । हाम्रो विद्यालयमा शुक्रबार मुस्लिम समुदायको छात्राहरु ५० प्रतिशत पढ्न आउदैनन् । अभिभावकले घरको सरसफाई र अन्य काम गराउन छोरीहरुलाई पढ्न पठाउदैनन् ।
१०) अन्त्यमा थप के भन्न चाहनु हुन्छ ?
म एउटा प्र.अ. को नाताले जबसम्म विद्यालयमा रहन्छु । म सधैं विद्यालयको प्रगतिको कामना गर्छु । पर्सा जिल्लाको एक मात्र छात्रा पढ्ने विद्यालय कन्या मा.वि हो । म रहुन्जेल जहिले पनि विद्यालयले गुणस्तरीय शिक्षा दिन सकोस् भन्ने काममा लागि रहन्छु । यसकोलागि सधै म प्रयासरत रहने छु । ता कि समाजले पुरुष प्र.अ. भएको विद्यालयभन्दा महिला प्र.अ. भएको विद्यालय कमजोर छ भन्ने भन्न नसकोस् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना