१) उद्योगको व्यवसाय अहिले कस्तो चलिरहेका छन् ?
उद्योग व्यवसाय क्षेत्रमा बटुलेको ४० वर्षको अनुभवमा अहिले जस्तोे उद्योगको अवस्था कहिले देखेको थिइन । अहिले असाध्यै नराम्रो छ । अहिले आर्थिकमन्दी मात्र होइन अरु कारणले पनि अप्ठ्यारो छ । अहिले उद्योगमा २० देखि २५ प्रतिशत मात्र काम भइरहेको छ । व्यवसाय नचल्दा सरकारको राजश्वमा ३० देखि ३५ प्रतिशतले घटेको छ । सरकारले एकदमै हावादारीमा काम गरिरहेको छ । सरकारले उसको आम्दानी नहुने पैसालाई परिकल्पना गरेर बजेट बनाएको छ । सरकारले १७ खर्ब ५१ अर्ब बजेट बनायो । राज्यको पहिलो काम चालु खर्च कम गरेर विकास खर्च बढाउनु पर्ने हो । चालु खर्च कम गरेर विकास खर्च बढायो भने मात्र सरकार सफल हुन्छ । सरकारले चालु खर्च बढी देखाउन ठूलो आकारको बजेट ल्यायो । त्यो मध्ये १४ खर्बभन्दा बढी राजश्व उठ्दैन । अघिल्लो वर्ष ९ खर्ब ५७ अर्ब राजश्व उठेको थियो । यो वर्ष ९ खर्ब नाघ्ने अवस्था देखिएको छैन । ३ खर्ब ५० अर्ब घाटामा गयो । विदेशी अनुदानबाट ५ खर्ब राजश्व उठाउने आकलन ग¥यो । विदेशी अनुदान १० प्रतिशत पनि हुदैन । राज्यले चालु खर्च र वित्तिय व्यवस्थापन गरेर साढे १४ खर्ब खर्च गर्ने ३ खर्ब १६ अर्ब करिब १७ प्रतिशत विकासमा खर्च गर्ने योजना ल्याएको छ । सरकारको राजश्व जम्मा १० खर्ब हुन्छ । भने सरकारलाई कर्मचारीलाई तलब नै दिन पुग्दैन । बैंकमा भएको निक्षेप रकमको ११÷१२ प्रतिशत रकम दिएर तलब खुवाउनको लागि जुन मुलुक चालु खर्चको तलव खुवाउनको लागि बैंकबाट ११÷१२ प्रतिशत ब्याज त्यो देशको अर्थतन्त्र राम्रो हुन सक्छ । अर्थतन्त्र चलायमन हुनको लागि विकास हुनु पर्छ । त्यसपछि उद्योग चल्छ, सरकारलाई कर तिर्छ, । श्रमिकहरुले काम पाउँछ । अघिल्लो वर्ष ३ खर्ब विकास खर्च राखेकोमा २८ प्रतिशत असारे विकास लगायत ५६ प्रतिशत मात्र भयो । असारे विकासको कुनै अर्थ छैन । विकासमा पैसा नगएपछि विकास निर्माणका सबै काम शुन्य बराबर हुन्छ ।
२) उद्योग व्यवसाय धरासायी हुनुको मुख्य कारण के हो ?
उद्योग व्यवसाय धारासायी हुनुको कारण भन्सार शुल्कदर अत्याधिक बढाउनु हो । पहिला राम्ररी नै सामान आइरहेको थियो । सरकारले राजश्वको लक्ष्य मनपरि राख्यो । पोहोरभन्दा २५ प्रतिशत बढी राख्नु पर्ने कारण के छ ? पोहोरभन्दा २५ प्रतिशत उद्योग बढ्यो त ? बढेको छैन नि अनि किन बढाउनु प¥यो ? सरकारले अन्याय ग¥यो । अनि उद्योग व्यापारीहरुलाई बढी नियमन गरियो । निगमन गरिसकेपछि यो दर्ता किन गर्ने ? यो सरकारको बक्रेदृष्टि अति भयो । बढी अवैध व्यापारीको जगजगी भयो, सरोकारवालाहरु आफै समावेश भए, राजनीतिज्ञहरु अवैध व्यापार बढाउनलाई समावेश भएका छन् । राज्य नै अवैध व्यापारीसँग मिलेर उनीहरुको इसारामा काम गर्छ भने मुलुक यसरी चल्दैन, सुधार्नु गाह्रो हुन्छ । सत्तामा बसेकाहरु के भद्रो हेरेर बसेका छन् । उनीहरुले त्यो कुरा बुझेको खोइ ?
३) उद्योग व्यवसायीहरुको छाता संगठनले पहल गरेको छैन त ?
मुलूक आर्थिक अराजकतातिर जादै छ । अब सुरुमा उद्योगधन्दा बन्द हुन्छ । रोजगारी बिस्तारै सकिन्छ । अनि विस्तारै जनताहरु सडकमा उत्रिन्छन् । मुलुक असफल भयो भने त जनताहरु निस्किछन् नै सडकमा । अहिले धेरै युवाहरु बाहिर गएका छन् । तर बाँकी रहेकाहरुले समेत यहाँ चल्न सक्ने अवस्था भएन भने जनताले सत्ताको विकल्प खोज्छन् । सरकारमा आर्थिक सकंट आए त्यसको असर त हामी सबै नेपालीलाई पर्छ । त्यसैले त्यस्तो स्थिति नहोस् भन्ने मेरो र आम उद्योगी व्यवसायीको धारण पनि हो । सरकार अहिलेसम्म समस्याको चुरोमा पुग्न सकेको छैन ।
४) उद्योग व्यवसाय फस्टाउन सरकारले के गरिदिनु पर्छ ?
सरकारको प्रशासकीय कुरा एकदमै झन्झटिलो छ । पहिला जस्तो काम गर्न सजिलो छैन । सरकारले भन्सारमा लगाएको कर लगायत विभिन्न शुःल्कको कारण उद्योगले चाहे जति उत्पादन गर्न सकेको छैन । उत्पादन भए अनुसार बजारमा समान बिक्री भएको छैन । त्यसैले गर्दा अहिले वैध व्यापारभन्दा अवैध व्यापारको बोलवाला धेरै छ । यही बीचमा कोरोना संकट आइरहेको छ भने बैंकले एल.सी खोल्न दिइरहेको छैन । एल.सी खोल्न नदिएपछि व्यापारीले गरिरहेको कारोबार बन्द त गर्न सकिदैन । अनि त्यसपछि व्यवसायीले रक्सौलबाट सामान अवैध तरिकाले ल्याएर बेच्नु पर्ने वाध्यता हुन्छ । व्यवसायीले तीन पुस्तासम्म गरेको व्यवसाय छाड्न त पक्कै पनि सक्दैनन् । सरकारले नै अवैध कारोबार गर्ने बाटो व्यवसायीलाई सिकायो । भन्सार लगाउने पटके कर एकदमै गलत हो । त्यसमा राज्यका राजनीतिक तहका नेताहरु संलग्नता भएर गरिरहेको आफ्नै आँखा अगाडी देखिरहेको छौं । अवैध कारोबार रोक्नका निम्ति हामीले सर्वप्रथम चल्तीको सयवटा बस्तु पहिचान गरि छुटयाउनु पर्छ । भन्सारमा सबभन्दा बढी कर नतिरेर आउने सूचि पनि बनाउन पर्छ । भन्सारको दर हेरी भारतले लगाएको करको आधारमा दुई चार प्रतिशत तलमाथि गरेर भन्सार लगायो भने पनि केही राहत हुन्छ । कर लगाउँदा छिमेकीको कर नीतिको समिक्षा नगरी राज्यले अगाडी बढ्दा समस्या यहीं आउने गरेको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना