१) निजी विद्यालयको वर्तमान अवस्था कस्तो छ ?
पहिलाको तुलनामा नीजि विद्यालयहरु खस्किदै गइरहेका छन् । अभिभावकसंग पैसा नभएर हो कि विद्यार्थी शुल्क उठाउन एकदमै कठिन अवस्था छ । शिक्षकलाई तलब खुवाउन, विद्यालय संचालक गरेको घरको भाडा तिर्न समेत धौ–धौ भएको अवस्था छ । पहिले वीरगंजमा पर्साको शैक्षिक अवस्था एकदमै राम्रो थियो । परवानीपुर सिमरा पथलैया देखिका विद्यार्थीहरु आएर अध्ययन गर्ने गर्थे । अहिलेको अवस्थामा यहाँको विद्यार्थीहरु सिमरा पथलैया पर्सा बाहेक अन्य ठाउँमा गएर अध्ययन गर्न थालेको पाइन्छ ।
२. मनकामाना सञ्चालन गर्नु भएको कति भयो ? विद्यार्थी संख्या कति छ ?
२०५५ साल फागुन ६ गतेबाट यो विद्यालय सञ्चालन गरेको हो । अहिले हाम्रो विद्यालयमा ८ सयदेखि ८ सय ५० सम्म विद्यार्थीहरु अध्ययनरत छन् । पहिलाको तुलनामा केही विद्यार्थीहरु कमि भएका छन् । विद्यालयहरु पनि धेरै खुलेका छन् । हामी विद्यार्थी संख्यामाभन्दा उनीहरुको शैक्षिकस्तर उकास्न तिर केन्द्रित छौं । क्वालिटी एजुकेसन दिन सक्यौ भने सोचेर हामीले संञ्चालन गरेको हो । अढाइ दशकको यो अवधिमा धेरै विद्यार्थीलाई स्तरीय शिक्षा दिन सकेका छौं । हामीले मा.वि. तहसम्मको अध्यापन गराएका धेरै विद्यार्थी अहिले उच्च शिक्षा पनि पूरा गरी राम्रो ठाउँमा पुगेक छन् । यो देख्दा सहि काम गरिएछ जस्तो पनि लाग्छ । हाम्रा विद्यार्थी भाइ बहिनीहरुले ४ जी.पी.ए ल्याएर उर्तिण गर्न सक्नेसम्म बनाउने गरी अझै प्रयास गरिदैछ । मनकामना स्कूललाई नेपाल टप विद्यालयको नाममा राख्ने उद्देश्य छ ।
३. विद्यालय सञ्चालन गर्ने प्रेरणा कहाँबाट आयोे ?
वास्तवमा भन्नु पर्दा त्यस्तो प्रेरणाको स्रोत कोहि पनि छैन । दार्जेलिंङ्गमा पढेकोले त्यहाँ त्यस बेला शिक्षकलाई बढी मात्रामा गुरु भनेर सम्मान गर्ने गरेको देख्थे । अनि आफु पनि यही पेशामा लाग्न स्वयम्को नै प्रेरणा हो ।
४. आर्थिक मन्दीले शिक्षा क्षेत्रमा कतिको असर परेको छ?
आर्थिक पाटो नै बलियो भएन भने सबै क्षेत्रमा गाह्रो नै हुन्छ । अहिले बनारमा पनि धेरै नै सेटरहरु बन्द भएको पाइएको छ । जस्तै आर्थिक अवस्था बलियो भएमा अभिभावकले समयमा शुल्क बुझाएनन् भने हामीले पनि गुणस्तरीय शिक्षा दिन सक्दैनौं । किन कि शिक्षकलाई समयमा तलब खुवाउन सकेनौं र शिक्षक राख्न सकेनौं भने गुणस्तरीय क्षेत्रमा केहि नोक्सान बेहोर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । ३६ वर्षदेखि यो पेशामा आबद्ध भएर काम गर्दै आएको अहिले मेरो पनि मनोबल घटेको छ । पहिलाको जस्तो जोस जागर नै नआउला जस्तो हुन थालिसक्यो । अभिभावकले समयमा आफ्ना नानी बाबुको शैक्षिक शुल्क तिरिदिनु भए सबैलाई सजिलो हुन्थ्यो । यति धेरै उठनु पर्ने शुल्क छ कि अवस्था नाजुक बन्दै गइरहेको छ । बाहिर जति पनि खर्च गर्न पुगेको छ । तर आफ्ना नानीबाबुको शुल्क तिर्न अभिभावकलाई गाह्रो परेको छ । यस्तो भयो भने हामीले गुणस्तरीय शिक्षा दिनका लागि गुणस्तरीय शिक्षक राख्नु पर्ने हुन्छ । यो कुरा सबै विद्यार्थी अभिभावकले बुझ्नु पर्ने हुन्छ ।
५. नीजि विद्यालय थप व्यवस्थित गर्नका लागि कमले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
विद्यालयहरु थप व्यवस्थित गर्नका लागि सर्वप्रथम त अभिभावकले बुझिदिनु पर्ने हुन्छ । समयमा आफ्ना बाबुनानी शैक्षिक शुल्क बुझाएर थप उर्जा प्रदान गर्नु प¥यो । विद्यालय सञ्चालन गर्नका लागि पनि आर्थिक प्रतिबद्धता चाहिन्छ नै । विद्यालय भित्रका हरेक पुर्वाधार व्यवस्थित गर्नका लागि आर्थिक पक्ष नै बढी आवश्यक पर्छ । अभिभावकसंग पैसा छ, छैन त्यो उहाँहरुलाई थाहा छ । तर हामीहरु पीडित यसैमा छौ ।
६. तपाई पर्साको प्यावसन अध्यक्ष पनि हो ? नीजि विद्यालयहरुको समस्या समाधान गर्न केही भूमिका गर्नु भएको छैन ?
सर्वप्रथम त अभिभावक वर्गलाई के भन्न चाहन्छु भने आफ्ना बालबालिका विद्यालय गएका छन् कि छैनन् सो बुझ्न आग्रह गर्छु । कहिले काँही विद्यालयमा पनि आएर बुझ्नु पर्छ । नीजि विद्यालयहरु अभिभावकले बच्चाको शुल्क बुझाएकै भरमा चलेका हुन्छन् । विद्यालय र अभिभावक बिच सुमधुर सम्बन्ध हुनुपर्छ । शिक्षकलाई आदर गर्नुपर्छ । शिक्षकको पनि धेरै दायित्व बुझिदिनु पर्छ । तब मात्र नानीहरुले पनि राम्रो शिक्षा आर्जन गर्न सहज वातावरण बन्न सक्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना