चार दशकदेखि निरन्तर होटल व्यवसायमा लागेकी मंजरी श्रेष्ठ एक सफल होटल व्यवसायी हुन् । भारतको आसाममा जन्मिएकी मंजरी श्रेष्ठ अहिले ६५ वर्षकी भइन् । स्व. धनेन्द्र श्रेष्ठ र कमला श्रेष्ठको दुई सन्तान मध्ये उनी पहिलो सन्तान हुन् । उनको एकजना भाइ पनि छन् । एस. एल. सी. सम्मको अध्ययन आसामबाट नै पुरा गरेकी मंजरीको क्याम्पसको अध्ययन भने दार्जेलिङ्गबाट भएको उनले खुलासा गरिन् । दार्जेलिङ्ग बसाई र बि.एड.सम्मको अध्ययनकै सिलसिलामा वीरगन्जका (क्याम्पसका सहकर्मी) किशोर सुन्दर श्रेष्ठसंगको प्रेमसम्बन्धले यताको यात्रा तय भएको पनि उनको तर्क छ । शिक्षित परिवारमा जन्मिएकी मंजरी स्पष्ट, निडर र साहसी भएकै कारण वीरगन्जका प्रेमी श्रेष्ठको घर परिवार हेरेर विवाहको निर्णयसम्म पुग्न सहज भएको पनि उनको तर्क छ । उनको यो कदममा उनका बुबाको भने सधंै साथ रहेको उनले बताइन् । क्याम्पसमा हुर्किएको उनीहरुको प्रेमसम्बन्ध वैवाहिक जिवनमा बाँधिनु अघि जागिरे बुबा शिक्षित आमा भएकोले विवाह पूर्व पनि स्वतन्त्र भएर जिवनयापनको लक्ष्यसम्म पुग्न सकेको उनको अनुभव छ ।
विवाह पश्चात भने उनको जिवनशैलीे विपरित पारिवारिक माहोल भएको पनि उनले अनुभव सुनाइन् । आमाबुबाको माया ममतामा हुर्केकी, खाना पकाउनसम्म नजानेकी आफूले केही समय घरको नीति नियम भित्र अटाउनलाई सकस भएको उनले खुलासा गरिन् । घरमा सासुले बुहारीलाई गर्ने विभेदले गुम्सिएकी मंजरीले बिस्तारै एकपछि अर्को गर्दै विभेदलाई चिर्दै अगाडी बढ्दै जाँदा अन्ततः घरमा बुहारीलाई गर्ने विभेद हटाउन सफल भएको पनि उनको अनुभव छ । दुई सन्तानकी आमा भए पनि मंजरीले आफ्नो व्यवसायबाट कहिले पछि हट्न नपरेको बताइन् । जस्तो सुकै परिस्थिति आए पनि सामना गर्दै आजको दिनसम्म श्रीमान्सँग मिलेर अगाडी बढेको उनले बताइन् । पछिल्लो समयमा सामाजिक सेवामा लागेकी मंजरीको व्यवसायलाई उनको छोराले साथ दिएर अगाडी बढाउदै छन् । व्यवसायलाई अगाडी बढाउन पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु पर्छ । तबमात्र नयाँ पुस्ताले पनि केही सिक्ने र पछिको समस्या हल गर्न सक्ने अनुभव बटुल्न सक्ने मंजरीको तर्क छ ।
६० वर्षअघि गोदामको रुपमा स्थापित भएको होटल आज भव्य महलको रुपमा प्रतिस्थापित भएको छ । वीरगंजको मुख्य शहरमा रहेको कैलाश होटल उत्कृष्ट होटलहरुको पंतिमा अझै गनिन्छ । पछिल्लो समयमा धेरै होटलहरु खुले पनि कैलाश होटलले आफ्नो छविलाई अझै उच्च स्थानमा राख्न सफल भएको छ । होटलको म्यानेजमेन्टको जिम्मा लिएकी मंजरी पहिला होटलमा धेरै ग्राहक आउने, बिक्री पनि धेरै हुने भएकोले काम गर्नलाई हौसल्ला मिलेको बताउँछिन् । पहिले ग्राहकहरुले पनि खासै सेवा सुविधा नखोज्ने उनले बताइन् । समयसंगै आज ग्राहकहरु पनि परिवर्तन भएका र पैसाको कुनै मान्यता नराख्ने भएकोले पनि सुविधाका पछि परेको उनको तर्क छ । अहिले ग्राहकहरु सेवा सुविधा सम्पन्न होटल खोज्ने, चुस्त सेवा लिन चाहने भएका छन् उनले भनिन् । समयसंगै परिवर्तन हुन सकेकोले बजारमा प्रतिस्पर्धा गरेर टिक्न सकेको मंजरीको भनाइ छ ।
काम कुनै पनि नराम्रो होइन । मानिसमा लगनशिलता, धैर्यता हुनुपर्ने उनले बताइन् । होटलमा म्यानेजमेन्टको जिम्मा लिएकी मंजरी काम गर्दा अटरे गर्ने कामदारलाई पिट्नसम्म परेको कुरा खुलासा गर्छिन् । स्वतन्त्र परिवारमा हुर्केकी मंजरी वीरगंजमा छोरा र छोरीमा हुने विभेद देखेर दिक्क लागेको अनुभव सुनाउँछिन् । बाहिर हल्ला गर्ने भन्दा पनि परिवर्तन आफ्नो घरबाट नै सुरु गर्नु पर्ने उनको सुझाव छ । आफूले पनि छोरा र छोरीलाई समान व्यवहार गरेको उनको भनाई छ । छोरालाई सानैदेखि घरको सबै काममा दक्ष बनाएको र संस्कार, गुणको प्रभाव छोरामा पनि सरेको उनले खुशी हुँदै बताइन् ।
दिल्लीको राजिव गान्धी हस्पिटलको लामो बसाईपछि पछिल्लो समयमा ब्रेस्ट क्यान्सरलाई जितेर पूनर्जिवन पाएको मंजरीले बताइन् । पहिला होटल संचालन र बच्चाको लालन पालनमा लागेकी मंजरी पूनर्जिवन पाएपछि जिवन के हो ? भनेर बुझ्ने मौका पाएको पनि तर्क गर्छिन् । पूनर्जिवन पछिको समय भने उनले होटल व्यवसायका साथै धेरै साथी बनाउने र समाज सेवामा नै आफूलाई सक्रिय बनाएको बताइन् । पहिला सिमित मानिससंग मात्र चिनजान भएको र पूनर्जिवन पछि बच्चा होस् वा जवान सबैलाई धेरै साथी बनाउने गरेको उनले बताइन् । समाजमा धेरै चिनिने ईच्छा भयो । पूनर्जिवनले लोभ, मोह, क्रोध सबै समाप्त भयो । आज स्वतन्त्र भएर बाँच्ने ईच्छा र चाहना जागेको उनले खुलासा गरिन् । उपचारको समयमा पनि हिम्मतका साथ सबै बिरामीलाई आत्मबल बढाउन उनको सुझाव छ । मृत्यु एक दिन निश्चित छ । कुनै पनि रोग लाग्दाँ हिम्मत जुटाएर रोगसंग लड्नु पर्छ भन्ने मान्यता उनको छ । हिम्मत, साहसले नै समाजमा पूनर्जिवन पाएर आज चिनिने अवसर पाएकी छु । पूनर्जिवन पाएको ११ वर्ष बिते पनि स्वास्थ्यमा भने बाँचुन्जेल ख्याल गर्नु पर्ने उनले बताइन् । अहिले धेरै खाना खाएमा पेट दुख्ने समस्या हुन्छ । धेरै टाढाको पैदल यात्रा गर्न समस्या हुन्छ । सबैले सकभर घरको खाना खानु उचित हुने उनले बताइन् । घर बाहिरको खाना सकभर आफू पनि नखाने उनले बताइन् । अब जति बाँचिन्छ खुशी भएर समाज सेवामा लाग्ने, किताब लेख्ने र मानव सेवा आश्रममा सेवा र सहयोग गर्ने ईच्छा भएको उनले भनाइ छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना