राजनीति सबै नीतिको प्रधान नीति हो । राज्य संचालनमा राजनीति व्यवस्थाको अनिवार्य आवश्यकता छ । खराब राजनीति व्यवस्था भयो भने देश र जनतालाई बर्वाद पार्दछ । प्राचीन देश नेपालमा रहेका हामी नेपालीहरुले राजनीति परिर्वतन, राजनीति व्यवस्था छान्दा छान्दै,रोज्दा रोज्दै आज आधुनिक राजनीतिक व्यवस्था भनिएको संसदीय व्यवस्थामा आइपुगेका छांै । संघीय लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्था १७ हजार नेपालीहरुको बलिदानबाट आएको भनिएको छ । १० वर्षे नेकपा माओवादीको सशस्त्र जनयुद्ध र १९ दिने संसदीय दल नेतृत्वको जनआन्दोलनको फ्युजनबाट संघीय लोकतान्त्रिक गणतन्त्र बहुलीय संसदीय व्यवस्था स्थापना भएको हो । २०७२ को संविधान बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई अवसान गरायो । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको संविधान २०७२ जारी ग¥यो । संसदीय पद्धतिको निर्वाचन गरियो । निर्वाचनको परिणामले संसदीय व्यवस्था अब टिक्न नसक्ने देखाई सकेको छ । राजनीतिका निर्णायक र संवाहक शक्ति परिवर्तनका लागि नेपाली जनताहरु यतिखेर व्यवस्थाको खराब गतिविधि र यथास्थितिबाट त्राही माम भएका छन् । विद्यमान समस्याको समाधान जति सुधार र संशोधन गरे पनि उपलब्धी शुन्यबाट उठ्न नसक्ने टड्कारो परिस्थितिबाट जनताहरु वाक्कदिक्क भएका छन् ।
यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र संविधान र जनताको चाहना विपरित दलाल पूँजीवादी व्यवस्थामा परिणत हुन पुगेको छ । कुनै पनि व्यवस्था आफैमा खराब हुदैन भनिन्छ । नेपालको यथास्थितिको संसदीय व्यवस्था,खराब,गलत व्यवस्था भएको प्रमाणित भइ सकेको छ । सबैले यो कुरा महसुश र अनुभूत गरी सकेको छन् । व्यवस्थाको चौतर्फी आलोचना र विरोध छ तर शासन व्यवस्थामा रहेको जिम्मेवार पदाधिकारीहरु समाजवादोन्मुख उत्कृष्ट व्यवस्था भनेर सार्वजानिक स्थानमा अभिव्यक्ति दिएर घृणाको पात्र बनिरहेका छन् । सामान्य नैतिकता र लज्जा समेत राख्न छाडिसकेका छन् । विनास काले विपरित बुद्धि मा परिणत भएका संसदवादी र परिर्वतनकामी राजनीति शक्ति जनताहरु बीच दुई धार दुई कित्ता प्रकट भइसकेको छ । अब विस्फोट भएर परिणाम निस्कन परिस्थिति र समय हतारिएको छ । जसका कारण येनकेन प्रकारेण निकम्मा सावित भइसकेको छ । अब व्यवस्था टिक्दैन,टिकाउन सकिदैन भनेर हतप्रभ भइसकेको छन् । दलाल संसदीय व्यवस्थालाई पतन गराई नयाँ देश,काल परिस्थिति सुहाउँदो दिगो क्रान्तिकारी देशभक्तहरुको समाजबाट नयाँ व्यवस्था निर्माण गर्न चौतर्फी रुपमा देशभरका परिवर्तन पे्रमी देशभक्त क्रान्तिकारी जनता इमान्दारीता र दृढतापूर्वक उभिइ सकेका छन् । १० वर्ष पनि नबित्दै व्यवस्था पतन हुनु अहिले शासन सत्ता र व्यवस्था हालीमुहाली गरीरहेका व्यक्ति र शक्तिहरुको असफलता हो । अब उनीहरुसंग मिलेर कुनै राजनीतिक निष्कर्षमा पुग्न सकिदैन । राजनीतिमा असफल र बेइमान ठहरिएका शक्तिसंग संझौता होइन,निर्मम प्रहार गरेर ऐतिहासिक निषेध र नियन्त्रण गरेर परिवर्तनका लागि एकीकृत जनक्रान्ति द्धारा नयाँ व्यवस्था निर्माण गर्नु पर्दछ । यो राजनीति विधि,पद्धति,प्रक्रिया अनिर्वाय हुन्छ । अबको राजनीति मूल प्रवाह राष्ट्र निमार्णका लागि हुनु पर्दछ । सत्ता संझौताका लागि हुनु पर्दछ । यो अनिवार्य र वाध्यता हो । एकीकृत जनक्रान्तिले सक्षम नेतृत्व दिन सक्दछ । जसले आमूल परिवर्तनको स्पष्ट खाँका तयार गरेर देशभक्त क्रान्तिकारी नेपाली जनताहरुलाई एकत्रित र संगठीत गरी सुरक्षित,समुन्नत नेपाल सुखी नेपालीका लागि आवश्यक वातावरण सृजना गर्न सक्दछ । सबै कालाव्यापारी,सबै विदेशी दलाल,एजेष्ट प्रमुख भ्रष्टाचारी शोषक, दमनकारीहरुलाई निर्मूल गर्ने कठोर निर्णय गर्न सक्दछ । एकीकृत जनक्रान्तिबाट हुने देश भक्तिपूर्ण आमूल परिर्वतन, युगान्तरकारी परिर्वतनले दिगो नेपाल,विश्वासिलो नेतृत्वलाई स्थापित गर्नुपर्दछ । व्यक्तिमुखी नेतृत्व होइन सामूहिक नेतृत्व टिम वर्कको खाँचो छ । यसैबाट देशमा विद्यमान सबै प्रकारको सबै खाले समस्या,संकट परिस्थितिको उचित समाधानको पहल गर्न सक्दछ । यतिखेर निकम्मा दलाल पूँजीवादी भ्रष्ट संसदीय व्यवस्थाको पतनको विरुद्ध संघर्ष उठिरहेको छ ।
जन आवाज चर्किरहेको छ । संसदीय व्यवस्थाको गतिविधि लगभग शुन्यको अवस्थामा पुग्दैछ । राजावादी, राष्ट्रवादी शक्ति,संसदवादी विदेशी शक्ति देशभक्त क्रान्तिकारी शक्तिले आन्दोलनको नेतृत्व लिन खोजी रहेका छन । आमूल परिवर्तन चाहने नेपाली शोषित उत्पीडित नेपालीहरुले देशभक्त क्रान्तिकारी शक्ति ,वामपन्थी शक्तिको नेतृत्वलाई रोजेर देशलाई सुरक्षित राख्ने निर्णय गर्नु पर्दछ । भारतको नेपाललाई विलय गराउने दीर्घकालीन रणनीति,अमेरिकाले नेपाली भूमी प्रयोग गरि चीनलाई चिढाउने, घेर्ने दुवै खतरापूर्ण नीतिबाट बच्न देशभक्त र वामपन्थी शक्तिले जरुरी पहल गर्नु पर्दछ । कुनै पनि बेला राजनीति दुर्घटना हुन सक्दछ । अहिले विषय परिस्थिति, आकस्मिक अवस्था जारी छ । अमेरिका र भारत नेपाल विरुद्ध सलवलाई रहेका छन । राष्ट्र प्रति गम्भीर चिन्तन र दृष्टिकोण नभएका व्यक्ति,शक्तिहरु जतिखेर पनि भारत र अमेरिकी पोल्टामा परेर कोपभाजन हुन सक्छन् । भूराजनीति सुरक्षाको गम्भीर संकटलाई चिर्न देशभक्तिपूर्ण एकिकृत जनक्रान्तिले मात्र सक्दछ । संघीय लोकतान्तिले गणतन्त्र ढल्ने निश्चित सुनिश्चित द्वन्द्व व्यवस्थापन ,शान्ति र विकासका लागि नेतृत्वकामी शक्ति,व्यक्तिहरु होमवर्कमा जुटीहाल्नु पर्दछ । एकता संघर्ष र रुपान्तरणलाई सही ढंगले प्रयोग गर्न सक्नु पर्दछ । आफूले देश र जनता अनुकूलको व्यक्ति र शक्तिलाई उपयोग गर्नु पर्दछ । देशघाती,प्रतिगामी तत्ववाट प्रयोग हुन हुदैन । देशलाई युक्रेनको अवस्था बन्न नदिन सचेत भूमिका अनिवार्य छ । देश र जनतालाई बेइमानी नगर्ने अहं बोकेको शक्ति र व्यक्तिले संसदीय व्यवस्था ढलेपछिको सेफ ल्याण्डिकका बारेमा अहिले नसोचे, नगरे कहिले गर्ने ?विषय र गम्भीर राजनीतिक र कुटनीति अवस्थाबाट देश र जनताको सर्वोत्तम हितका लागि साझा सर्वोत्कृष्ट राजनीति व्यवस्था समाजवाद बाहेक अर्को हुन सक्दैन । समाजवाद अबको अर्को विकल्प हो । भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना