१) मधुमेह कस्तो किसिमको रोग हो ?
मधुमेह दीर्घकालीन रोग हो । रगतमा चिनीको मात्रा बढेर जाँदा मधुमेह रोग लाग्छ । रगतमा चिनीको मात्र बढेको कारण विभिन्न लक्षण देखा पर्छ । हाम्रो पेटमा भएको प्यांक्रियाज ग्रन्थीबाट इन्सुलिन निस्कन्छ । त्यो इन्सुलिनको मात्र कम भए र निस्किएको इन्सुलिनले कम काम गर्न थालेमा रगतमा सुगरको मात्र बढेर जान्छ । जसलाई मधुमेह भनिन्छ । मधुमेह रोग मुख्यत ४ प्रकारका हुन्छन् । यसलाई वर्गीकरण गर्दा टाइप १, टाइप २, गर्भकालीन अवस्थामा हुने मधुमेह रोग (जेस्टेस्नल डाइबिटिज) र अन्य विभिन्न कारणले हुन सक्छ । औषधीले पनि मधुमेह हुन सक्छ । प्यांक्रियाज ग्रन्थीको अप्रेशन भएमा वा क्यान्सर भएमा र अन्य धेरै रोगहरुको कारणले पनि मधुमेह रोग हुन सक्छ । विश्वमा र नेपालमा पनि ९९ प्रतिशत टाइप १, टाइप २ मधुमेह रोग हुन्छ । एक प्रतिशत गर्भकालीन अवस्थामा हुने मधुमेह र अन्य कारणले हुने मधुमेह पनि भएको पाइन्छ ।
२) गर्भकालीन मधुमेहको अवधी कति हुन्छ ?
गर्भकालीन मधुमेहलाई मेडिकल भाषामा (जेस्टेस्नल डाइबिटिज) भनिन्छ । यो प्राय गर्भावस्था अवधिसम्म रहने गर्छ । डब्लु.एच.ओ ले जति पनि गर्भवती महिलालाई २४ देखि २८ हप्ताको बीचमा ७५ देखि १ सय ग्राम ग्लुकोज खुवाएर मधुमेह अनिवार्य रुपमा चेक गर्नु पर्ने सुभाव दिएका छन् । यो जाँचमा कुनै पनि व्यक्तिलाई मधुमेह रोग भएको छ भने एक दुई वटा औषधीहरु चलाउन मिल्छ । गर्भवती सुत्केरी भइसकेपछि औषधी बन्द गरिन्छ । फेरि ४ हप्ता पछि जाँच गर्दा चिनीको मात्र छ वा छैन हेर्छौं । सुगर हराइसकेको छ भने लामो समय चिनी रोग हुने अवस्थामा हुन्छ । त्यसैले ३÷३ वर्षमा जाँच गर्नु पर्छ । खानपान र कसरतमा ध्यान दिने गर्नुपर्छ । चिनी रोगले नछोडेको भएमा औषधी नियमित खानुपर्ने हुन्छ । (जेस्टेस्नल डाइबिटिज) गर्भाकालीन मधुमेहमा सबैलाई २४ देखि २८ हप्ता लागु हुन्छ भने होइन् । जो धेरै मोटो छ ,पहिलाको बच्चाको वजन धेरै छ, आमाबुबा मध्ये कसैलाई डाइबिटिज छ । अरु रोगहरुको लक्षण देखिएको छ भने पहिलो पटकमै चिनी जाँच गरी हेर्छौं ।
३) मधुमेह चिनी रोगको लक्षणहरु के हुन् ?
मधुमेह रोग ४ प्रकारका भए पनि यिनीहरुको लक्षण सबैको एकै खाले हुन्छन् । लगभग ५० प्रतिशत मानिसलाई मधुमेह रोगको लक्षण थाहा हुन्छ । जसलाई ज्वरो आएमा चोटपटक लागेमा,पेट दुखेमा र अन्य कुनै रोग लागेमा जाँच गर्दा देखा पर्छ । बाँकी ५० प्रतिशतलाई चिनीको मात्रा धेरै बढ्यो भने मात्र लक्षणहरु देखिन्छ । जस्तैः पिसाब छिटो–छिटो लाग्ने, मुख सुक्ने, पानी प्यास लाग्ने धेरै भोक लाग्ने, वजन कम हुने ,कुनै घाउ भएको छ भने घाउ ठिक नहुने, यौन अंगहरुमा घाउ खटिरा निस्कन, आँखाको दृष्ट्रि कमजोर हुने, थकान लाग्ने, काम गर्न मन नलाग्ने मधुमेहको लक्षण हो ।
४) मधुमेह रोगको नियन्त्रण कसरी गर्न सकिन्छ ?
मधुमेह दीर्घकालीन रोग हो । यसमा औषधीको सेवन गर्नु नै पर्छ । यसमा सन्तुलन खाना, नियमित व्यायम गर्ने र औषधी मधुमेहको भागहरु हुन् । प्रि–डाइबिटिजको अवस्थामा र कसैमा चिनी कम देखिएको अवस्थामा स्वस्थ्य शरीर छ भने खानपिनमा नियन्त्रण गर्नु पर्छ । नियमित कसरत गरेमा चिनी केही हद सम्म चिनी नियन्त्रण हुन्छ । जसलाई चिनी भएसकेको छ भने नियमित औषधीको सेवन गर्नु पर्छ । नियमित व्यायम गर्ने, खानपिनमा नियन्त्रण गर्ने गर्नु पर्छ । मधुमेह रोग विशेषज्ञलाई जाँच गरेर डाक्टरको सल्लाह अनुसार नियम पालना गर्नु राम्रो हुन्छ । कसैले खानपिन बारेर, व्यायम गरेर, औषधी सेवन गरेर यि ३ कुरा मध्ये कुनै एकको प्रयोग गरेर मधुमेह नियन्त्रण गर्छु भन्ने सोच नराखी यि तीनै तरीकालाई अपनाएर मधुमेह नियन्त्रण हुन सकिन्छ । मधुमेह रोग भनेको के हो भन्ने मधुमेह रोगको बिरामीलाई थाहा हुनु पर्छ । मधुमेह शिक्षा ,मधुमेह सचेतना, सन्तुलन खाना, नियमित व्यायम र औषधी अनुशासन कुरालाई मिलाएर मधुमेहलाई नियन्त्रण गर्न सक्छौं । सुगर भएको मानिसले सेतो खालका खानेकुराहरु नखाने ,गुलियो खानेकुराहरु सकेसम्म नखाने ,माटो भित्र फलेको फलहरुमा कार्बोहाइड्रेट र चिनी पाइने भएकोले नखाने,धेरै रस आउने फलफूल नखाने (अंगुर,सुन्तला,आँप,भूँइकटहर,तरबुजा)मा चिनीको मात्रा बढी हुन्छ । सलगम नखाने, सेतो पाउरोटी नखाने,तेल ध्यूमा भुटेको खानेकुरा नखाने, बोसो भएको खानेकुरा नखाने चिनी रोग मुटु सम्बन्धी बिरामी भएकोले मुटुको समस्या हुने,धेरै बोसोले मोटोपन बढ्ने चिनीको मात्र बढ्छ ।
५) स्वस्थ्य मानिसले मधुमेह रोगबाट बच्न के गर्नुपर्छ ?
पहिला मधुमेह रोग ४० वर्ष काटेको मानिसहरुलाई मात्र हुने गथ्र्यो । ४० वर्ष कमको मानिसलाई एकदमै कम देखिन्थ्यो । २ दशक देखि १५ वर्ष देखि माथिका ४० वर्ष मुनिका किशोरहरु लाई पनि हुने गरेको छ । यसको मुख्य कारण शहरीकरण नै हो । बढ्दो शहरीकरणले गर्दा खाना जताततैं पाइन्छ । बच्चाहरु मोबाइलमा नै व्यस्त छन् । ठूला मानिसहरु व्यायम नगर्ने,आफ्नै काममा व्यस्त हुने भएकोले मधुमेह रोगीको संख्या बढेर भएको पाइन्छ ।
६) चालिस वर्षभन्दा कम उमेरमा मधुमेह हुनुको कारण के हो ?
अहिले ४० प्रतिशत मधुमेहका बिरामीहरु ४० वर्ष मुनिका बिरामीहरु आउने गरेका छन् । ४० वर्षभन्दा कम उमेरमा मधुमेह रोग देखिनु भनेको वंशाणुगत रोग हो । परिवारमा मधुमेह रोग हुने कम सम्भावना हुन्छ । परिवारमा नभए पनि अहिले मानिसहरुमा यो रोग देखिएको छ । खानपिनमा बढी चिल्लो, बढी गुलियो खानेकुरा खाने, बच्चाहरु मोबाइलमा व्यस्त हुने, व्यायम नगर्ने, बच्चाहरु विद्यालयमा प्रार्थनामा नगर्ने मानिसहरुलाई मधुमेह रोग देखिएको हो । परिवारमा पहिलादेखि नै मधुमेह छ भने मधुमेहबाट बच्नलाई खानपिनमा ध्यान दिनै पर्छ ।
७) मधुमेह रोगीले कस्तो खालको व्यायाम गर्नुपर्छ ?
मधुमेह रोग धेरै चिल्लो, धेरै गुलियो भएको खानेकुरा खाने व्यायाम नगर्ने हुनाले शरीरमा मोटोपन बढ्छ । मानिस मोटो भएपछि मधुमेह रोग लाग्छ । मानिसले वजन नबढ्ने, मोटो नहुने खालको व्यायाम गर्नु पर्छ । कुनै पनि व्ययाम गर्न गाह्रो छ भने सामान्य झट्केर ३० मिनेट जति नियमित हिड्दा हुन्छ ।
८) गाउँघरमा दैनिक काम गर्ने मानिसलाई पनि व्यायाम गर्न जरुरी छ ?
जो मानिस दैनिक मेहनत गरेर काम गर्ने गर्छ । उसको परिवारमा मधुमेह रोगी छैन, उसको वजन पनि त्यति धेरै छैन भने त्यति कामले नै पुग्छ । यदी मोटो छन् परिवारमा पनि मधुमेहको रोगी छन् भने उसले कसरत गर्ने, मर्निङ्ग वाक गर्र्ने, जिम गर्ने, योगा गर्ने, दौड्ने गर्नुपर्छ । सबै परिवारमा मधुमेहको रोगी छैनन्, उसलाई काम गर्दा नै व्यायाम हुन्छ । यदी मोटोपन छ भने मोटोपन घटाउन थप कसरत गर्नु पर्छ । ९० प्रतिशत मानिसलाई टाइप २ डाइबिटिज हो । बाँकी १० प्रतिशतलाई खानपानबाट, मोटोपन भएर, कसरत नगरेर हुने गरेको छ ।
९) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मधुमेहको अवस्था भयानक छ । अहिले संसार भरिमा १० जना मध्ये १ जनालाई मधुमेह छ । आउने सन् २०३० मा ८ जना मध्ये १ जनालाई मधुमेह हुन्छ । नेपालमा ८ देखि ९ प्रतिशत मानिसलाई मधुमेह छ । विश्वमा १०.५ प्रतिशत मानिसलाई मधुमेह रोग छ । विश्वमा सबैभन्दा मृगौला फेल भएको मधुमेह रोगको कारणले नै हो । मुटु, आँखा, मृगौलालाई बढी असर गर्छ । त्यसैले मधुमेह रोग सकेसम्म लाग्न दिनु हुदैन । यदी भैहालेको छ भने यसलाई नियन्त्रण गर्नुपर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना