साउन अर्थात् बर्षात्मा पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्रि फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।
बर्षामा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्नु उपयुक्त हुन्छ । साउनमा म्याट लिपिस्टिक प्रयोग गर्नुपर्छ भने आँखामा वाटर प्रुफ मस्करा तथा वाटर प्रुफ लाइनर प्रयोग गर्नु उपयुक्त हुन्छ । मेकअप गर्दा बेसको सही छनौट गर्न सक्नुपर्छ । यदि चिकबोन ठूलो भए डार्क सेड र लाइट सेड मिलाएर कटिङ गर्ने । फेस लामो छ भने चिकबोनबाट हल्का राउन्ड सेपमा लाने । राउन्ड सेप फेसमा चिकबोनबाट हल्का रूपमा लाइनमा लाने । ओठमा लिपिस्टिक लगाउनु अघि हल्का फाउन्डेसन लगाउँदा लिपिस्टिक बढी टिक्छ । ओठको सेप अनुसार लिपलाइनरले कटिङ गर्ने, सेप मिलाउने अनि हल्का मर्ज गर्ने । बर्षा तथा साउनमा पिंक, पिच तथा रेड कलर बढी खुल्छ । बर्षामा छाला बढी तैलीय हुने हुँदा राती सुत्नुअघि मेकअप रिमुभरले राम्रोसँग मेकअप पुछ्नु पर्छ ।
बर्षामा छालाको स्याहारका लागि के गर्न सकिन्छ ?
बर्षामा बढी पसिना आउँछ । पसिनाले छालामा भएको धूलोका कणसँग मिक्स भएर इन्फेक्सन सिर्जना गर्छ । त्यसैले बर्षामा नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । मनसुनी हावामा बढी ब्याक्टेरिया हुन्छ । डिप–पोर क्लिन्जरले छालाको भित्रि भागसम्म गएर राम्रोसँग सफाइ गर्छ । बढी पसिना आउने भएकाले छालाको नरमपनामा कमी आउँछ । अतःछाला डिहाइडूेड नहोस् र त्यसको कोमलता पनि कायम रहोस् भनेर अल्को हल फ्रि टोनर प्रयोग गर्नुपर्छ । बर्षामा छालालाई मोइस्चराइज गर्न एलोबेरा जेल प्रयोग गर्न सकिन्छ ।
केशको स्याहारका लागि के गर्नुपर्छ ?
बर्षाका कारण केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले वास गर्नुपर्छ । कारण बर्षाको पानी प्रदूषणयुक्त हुन्छ । हेयर कलर प्रयोग गर्दा त्यसबाट केशको रंग तथा टेक्सचर दुवै प्रभावित हुन्छ । बर्षामा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा भै केश कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुनसक्छ । जुन डेन्डूफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले वर्षामा दिन बिराएर कुनै राम्रो एन्टी डेन्डूफ स्याम्पुले केश धुनुपर्छ ।
मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गर्दा पनि डेन्डूफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन तथा डेन्डूफबाट जोगिन काइँयो, रुमाल तथा तकिया शेयर गर्नुहुँदैन भने ती कुराको सफाइमा समेत विशेष ध्यान र्पुयाउनुपर्छ । केश धुँदा काइयो, रूमाल तथा तकियाको खोललै राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्न सकिन्छ । केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ ।
साउन महिना मेहन्दीको मौसम
यो महिना मेहन्दीको मौसम पनि हो । अहिले के–कस्ता डिजाइन फेसनमा छन् ? साउन महिना त्यसै हराभरा हुन्छ । साउनलाई मेहन्दीको महिना पनि भनिन्छ । मेहन्दीलाई सगुनका रूपमा लिइन्छ । त्यसैले हरेक शुभ कार्य, विवाह, तीज तथा पवित्र महिना साउनभरि नै मेहन्दी लगाउने चलन छ । इन्डियन, अरेबिक, पाकिस्तानी, इन्डो अरेबिक, मोरोक्कन, ग्लिटर, मुगाली, मल्टी कलर, फ्लोरियल, बंगाली आदि मेहन्दी अहिले बजारमा छन् । नेपालमा मेहन्दीको प्रचलन प्रारम्भ भएदेखि नै इन्डियन मेहन्दी बढी चलेको पाइन्छ । यो साउनमा हेबी इन्डियन डिजाइनभन्दा इन्डो इन्डियन डिजाइन, अरेबिक डिजाइन विशेष रोजाइमा छ भने कलरफुल मेहन्दी तथा फ्लोरल मेहन्दीको पनि क्रेज देखिन्छ ।