१) सहकारी संस्था स्थापना गर्नुको उद्देश्य के हो ?
यो सहकारी महिलाहरुले मात्र संचालन गरेको एक मात्र सहकारी हो । सहकारीको स्थापना २०७३ साल भदौ महिनामा १ सय २५ सदस्यसहित वैधानिक रुपमा दर्ता गरी संचालनमा ल्याएका छौं । सहकारी दर्ता गर्नुभन्दा २ वर्ष अघि नै २० जना महिलाको समूह गठन गरी मासिक ५ सयको दरले संकलन गरी संचालनमा ल्याएका हौं । विभिन्न संघ–संस्थाहरुले तालिम दिने तर तालिम पनि पैसाको अभावमा कुनै पनि काम गर्न नसक्ने अवस्था थियो । महिलाहरुलाई ऋण दिने संस्था धेरै थिए तर सजिलै ऋण लिन पाएका थिएनन् । साहुले पनि बढी व्याज लिने भएकोले आय आर्जन गर्नुको सट्टा झनै ऋणमा धसिदै गएका थिए । ति महिला दिदीबहिनीहरुलाईआय आर्जनकोलागि काम गर्न सहज होस् भन्ने उद्देश्यले सहकारीको स्थापना गरेका हौं ।
२) महिलाहरुको आय–आर्जनमा वृद्धि गर्न कस्ता कार्यक्रमहरु संचालन गर्नु भयो ?
हामीले सहकारी दर्ता गरेपछि वीरगंज महानगरपालिका, विभिन्न संघ–संस्थाहरुसंग समन्वयन गर्दै सिलाइकटाइ,डल कुशन,व्याग बनाउने सीपको आयोजना गर्दै महिलाहरुलाई तालिम दियौं । सीप सिकेका महिलाहरुलाई सहकारीको पैसा लगानी गर्दै गयौं । यो सहकारीमा संकलन भएको रकमबाट महिलाहरुको आयआर्जनमा सहयोग पुगेको छ । सहकारीमा आबद्ध सीप सिक्न चाहनेहरुकोलागि निःशुल्क तालिम दिने र आवश्यक ऋण उपलब्ध गराई आयआर्जनमा सहयोग पुगेको छ ।
३) सहकारी स्थापनाको समय र हाल दिदीबहिनीहरुको अवस्थामा के फरक छ ?
हामीले सहकारी स्थापना गरेको अवस्थामा घरमा बसेका महिलाहरु, मुस्लिम तथा विभिन्न समुदायका महिला दिदीबहिनीहरुको आम्दानीको स्रोतहरु थिएन । महिला दिदीबहिनीहरु बोल्न सक्ने अवस्था थिएन । महिला दिदीबहिनीहरुमा कुनै सीप सिक्ने मौका थिएन । चेली कृषि सहकारी दर्ता भएपछि सीप सिक्न पनि सहज भयो । सीप सिकेका महिलाहरुलाई पनि ऋण खोज्न बाहिर जानु परेन । सहकारी मार्फत ऋण पाउने भएकोले महिला दिदी बहिनीहरुलाई काम गर्न सहज भयो । घरमा नै बसेर आम्दानीका स्रोत जुटाउने प्रशस्त अवसर पाएका छन् । पहिला बेरोजगार महिला दिदीबहिनीहरुले आज गरेको मेहनत, आम्दानी हेर्दा हाम्रो संस्थाले उपलब्धि पाएको छ । अन्य सहकारीहरुमा पुरुषहरुले काम गर्नु भएको छ । तर हाम्रो सहकारीमा च्याउको बिउ उत्पादन गर्ने देखि सबै काममा महिला नै सक्रिय छन् ।
४) सहकारीले महिलाको हकहितको लागि के–के कार्यक्रम गरेको छ ?
हाम्रो सहकारीबाट धेरै प्रकारका सीपहरु सिकाएको छ । च्याउ उत्पादन एकदमै राम्रो भएको छ । च्याउ खेती वीरगंजमा मात्र होइन् । पर्सा जिल्लाभरी नै समेटेका छौं । च्याउ खेती सम्बन्धि तालिम, च्याउको बिउ उत्पादन गर्न सकेका छौं । पर्साको ठोरी लगायत बाराको कोहल्बीमा च्याउको बिउ पु¥याएका छौं । हामीले सहकारीबाट ब्याग,बेबी सेट,जुत्ता, अचार,झोल साबुन बनाउने, हस्तकलाका साबुन ,च्याउ खेती, च्याउको बिउ उत्पादन, उलफेलका समानहरु निर्माण गर्ने कार्यक्रमहरु भएका छन् । हरेक महिलाहरु सक्रिय रुपमा काम गरिरहनु भएको छ । जसले घरमा नै बसेर महिलाहरुले राम्रो आयआर्जन गर्न सकेका छन् ।
५) तपाईको सहकारीको आगामी योजना के छ ?
पहिलादेखि नै असक्षम महिला दिदीबहिनीहरुलाई सीप दिनु र उनीहरुलाई रोजगारीमा ल्याउनु नै मेरो योजना हो । हरेक महिला दिदीबहिनीहरु रोजगारीमा आउनु पर्छ । आफ्नोलागि आफैले कमाउनु पर्छ । भोलीका दिनकोलागि बचत पनि गर्नुपर्छ । महिला दिदीबहिनीले कमाउन सकेनन् भने बचत गर्न सक्दैनौं । बचत भएन भने धेरै दिदीबहिनीहरु घरेलु हिंसाको शिकार हुनुपर्छ । रोजगार नहुदाँ, आम्दानी नहुँदा परिवारमा पनि झै झगडा हुने र पारिवारीक बेमेलबाट महिलाहरुलाई मुक्त गराउन हरेक महिला सक्षम हुनुपर्छ । अनि मात्र महिलाहरुको समृद्ध हुन सक्छ । पर्सा मात्र होइन्,बारा लगायत अन्य स्थानका महिलाहरु पनि सीप सिकेर आयआर्जन गर्न सकोस भन्ने मेरो योजना हो ।
६) महिलाको आयआर्जन वृद्धि गर्न स्थानीय तहबाट कस्ता कार्यक्रम अपेक्षा गर्नु भएको छ ?
स्थानीय तहमा महिलाको लागि बजेट विनियोजन गरेको हुन्छ । समुदायका जुन महिलालाई सीप पाउन आवश्यक छ । उनीहरुले सीप पाउन सकोस् । महिला दिदीबहिनीलाई दिने तालिम रोजगारमूलक होस् । जुन सीप दिइन्छ त्यो सीप सिकेर भोली काम गर्न सक्षम व्यक्ति होस् । यदी सक्षम छैन भने लेबल १,लेबल २,लेबल ३ सम्म सिकाएर सक्षम बनाउनु पर्छ । विभिन्न संघ–संस्था र वडाहरुले तालिम दिइरहेका छन् । तर अधकल्चो तालिम दिएर छोडिएको छ । एक पटक तालिम दिइसके पनि उनीहरु कत्तिको सक्षम भए । उनीहरुलाई सक्षम बनाउन थप के गर्नु पर्छ भन्ने विषयमा कुनै निगरानी गरिदैन् । कतिपय संचालन भएको तालिममा सिक्नुपर्ने कुरा र सामाग्री पाउन नसकेको अवस्था छ । यहाँ एक पटक तालिम दिएर प्रमाण पत्र दिएपछि कुनै वास्ता गरिदैन् । सीप सिकेर वीरगंजका उद्यमीहरुले तयार गरेको सामाग्रीहरुलाई वीरगंजको बजारमा नै बिक्री वितरण गर्न सक्ने वातावरणको सृजना गर्नुपर्छ । अहिले वीरगंज बाहिरबाट ल्याउने समान, बिउ आज वीरगंजमा नै उत्पादन भएका छन् । वीरगंजमा च्याउको बिउ उत्पादन भए पनि काठमाण्डौंको च्याउको बिउ आज पनि ल्याइन्छ । हेटौडा बाट च्याउ ल्याएर वीरगंजको बजारमा बेचिन्छ । वीरगंजको उद्यमीले उत्पादन गरेको सामाग्रीहरु वीरगंजमा नै बेच्न सकियोस् ।
७) महिलाको लागि काम गरिरहदाँ स्थानीय तहबाट कस्तो सहयोग पाउनु भएको छ ?
हामीले आयोजना गरेको तालिममा लघु व्यवसाय विकास कोष,वीरगंज महानगरपालिका, उद्योग वाणिज्य संघ पर्साको आर्थिक सहयोगमा कार्यक्रम चलाएको छु । हामीले संचालन गरेको तालिममा जुन तालिम भएको छ । त्यसमा महिलाहरु व्यवसायमा उत्रेका छन् । वीरगंजको महिलालाई आवश्यक तालिमको प्रपोजल हालेर नै कार्यक्रम गरेका हौं । हामीले ढाकाको व्याग,मखमल जुत्ता,बेबी सेट र डल कुशनको तालिम संचालन गरेका थियौं ।
८) स्थानीय तहले कस्ता तालिमहरु ल्याए हुन्थ्यो जस्तो लाग्छ ?
मानिसको घरदेखि शहरसम्म चाहिने आवश्यक सामानहरु उत्पादन गर्ने खालका तालिमहरु संचालन गरे हुन्थ्यो । हामीले पनि वीरगंजका बजारमा जुत्ता पु¥याउन सकेको छैन् । मखमलका जुत्ता,व्यागहरु,उलफेलका समानहरु,सिलाइकटाइ,अचार व्यवसायबाट पनि आर्थिक आर्जन गर्न सकिन्छ । त्यसैले घरमा बसेर नै काम गर्न सकिने,आयआर्जन पनि हुने खालका तालिमहरु गर्नु पर्छ । भने त्यसको बजारिकरणको लागि पनि तालिमका आयोजकहरुले नै व्यवस्था मिलाउनु पर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना