१) तपाइ राजनीतिकमा आउनुको कारण के हो ?
महानगरपालिकाको मध्य भागमा वडा नं.–२४ पर्छ । शिक्षाको क्षेत्रमा निकै पछि परेको वडा हो । पहिलेका वडाका जनप्रतिनिधीहरु पनि खासै नपढेको हुँदा चाहे जति शिक्षामा विकास गर्न सकेका थिएनन् । परिवर्तनको वाहक नै शिक्षा हो । अशिक्षाले जकडेको समाजलाई परिवर्तन गर्न शिक्षित युवा वर्गको हाम्रो वडालाई खाँचो थियो । समाजमा रहेको व्याप्त अशिक्षालाई हटाई सभ्य समाजको निर्माण गर्न असल नेतृत्वको आवश्यक्ता देखेर नै राजनीतिकमा आएको हो ।
२) वडालाई समृद्ध बनाउने कस्ता काम गर्नु भएको छ ?
सबै भन्दा शिक्षामा पछाडी परेको वडा भएकोले शिक्षा नै पहिलो प्राथमिक्ता हो । समाजको विकास, सभ्य समाजको निर्माण गर्ने माध्याम नै शिक्षाको हो । मेरो वडामा धेरै आर्थिक स्थिति कमजोर भएका मानिसहरु बसोबास गर्छन् । उनीहरुको शिक्षामा पहुँच पुग्न सकिरहेको छैन । ति तल्लो स्तरका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्नु हो । समाज समृद्ध बनाउने आधार नै शिक्षा हो । शिक्षाको अवसर पाए पछि मात्र स्वास्थ्यको कुरा आउँछ । शिक्षा र स्वास्थ्य भएपछि रोजगारी आफै आउँछ । वडामा मा.वि १ वटा र ३ वटा आधारभूत विद्यालय छन् । यि विद्यालयमा तल्लो वर्गका बालबालिकाहरु पढ्न आउने भएकोले ड्रेस किन्न सक्ने अवस्था छैन् । वडाका ३ वटा विद्यालयमा बालबालिकाहरुलाई ड्रेस किन्नकोलागि छात्रावृती दिएको छु । एउटा विद्यालयको फिल्डमा पानी जम्ने हुनाले खाल्डो पुर्नकालागि माटो भर्न ३ लाख खर्च गरेको छु । शिवपार्वती जगेश्वर आधारभूत विद्यालयका खाजा बनाउने घर थिएन । त्यहाँ जस्ताको छानो लगाएर बेग्लै कोठा बनाइदिएको छु । श्रीराम स्रोत आधारभूत विद्यालयमा विद्यार्थीलाई कापी,डठपेन वितरण गरेको छु । शारदा मा.विको कक्षा ११ का विद्यार्थीलाई पठ्नपाठन गर्न सहज होस् भनेर छात्रावृति दिएको छु ।
३) तपाइको वडाको जनसंख्याको अवस्था कस्तो छ ?
हाम्रो वडामा जनसंख्याको हिसाबले हेर्ने हो भने हाल नयाँ र पुरानो बस्तिमा बसेका १४ हजार जति छन् । मतदाता नामावली अनुसार ३३ सय मतदाता छन् । वडामा नयाँ र पुरानो बस्ति गरेर २५ सय घरधुरी छन् । कुल जनसंख्या भन्दा मतदातामा कम हुनुको कारण बाहिरबाट आएर नयाँ बसोबास गरेका छन् । बसाँइसराई नगरको हुनाले घरधुरी र जनसंख्यामा बढी देखिएको हो । तर बिस्तारै सबै मिल्दै जान्छ ।
४) तपाइले २ वर्षको अवधीमा विकासका क्षेत्रमा के–के काम गर्न सफल हुनुभयो ?
विगतमा बाँकी भएका सिर्सिया पुलदेखि मस्जिद हँुदै पदम रोडसम्म जाने बाटोलाई निर्वाचित भएको दिनदेखि पहल गरेर कालो पत्रे गराए । ज्योती कोलोनी जाने रोडलाई ढलान गराए । यो वर्ष वडामा खानेपानीको धेरै समस्या थियो । वडाको बजेटबाट बोरिङ्ग राखेर धारा जडान गरेको छु । खानेपानीको अधिकृत र प्रदेश संसद अजय चौरसिया संग पहल गरेर खानेपानी ठूलो योजना पास गराएको छु ।
५) तपाइको वडामा कृषि क्षेत्रमा आयआर्जन बढाउन कस्तो योजना ल्याउनु भएको छ ?
अहिले वडाको कुल क्षेत्रफलको २५ प्रतिशत जग्गामा नयाँ बस्ति बसिसकेको छ । ७५ प्रतिशत जग्गामा खेती हुने गरेको छ । हाम्रो वडामा तरकारी खेती कम गर्छन् । धान,गहुँ खेती बढी मात्रमा गर्छन् । सिचाइकोलागि बहुअरी टोलमा २ वटा डिप बोरिङ्ग व्यवस्था गरिसकेकोे छ । बिउको लागि भन्ने हो भने माथिल्लो तहबाट नै समस्या आएको छ । हाम्रो वडालाई मलखादको भने खासै समस्या भएको छैन् । किसानहरुले बिउमा समस्या भएकोले किसान आफैले घरमा नै बिउ राखेर खेती गर्ने गरेका छन् ।
६) महिलाहरुको आयआर्जनको लागि कस्ता कार्यक्रमको योजना गर्नु भएको छ ?
एक रथका दुई पांग्रा भए जस्तै वडाको समाजको समग्र विकास हुनको लागि महिलाको विकास हुन जरुरी छ । महिला सक्षम भए भने उनले घरपरिवार र समाज नै परिवर्तन गर्न सक्छन् । महिलाहरुको आयआर्जनमा सबल गराउन व्यूटिसियन, डलकुशनको तालिम दिएको छौं । अझै पनि यो वर्षको बजेटमा २ लाख महिला सीप विकासको लागि छुट्याएको छु । यो वर्ष सिलाइकटाई तालिम संचालन गर्नेछु । तालिम मान्यता प्राप्त संस्थाबाट संचालन गर्ने छौं ।
७) तपाइको ५ वर्षे कार्यकालमा गर्न चाहेको ठोस योजना के छ ?
आउने दिनमा पनि खानेपानी भएको ठाउँ मरैया खोलामा पानीको सिमसार र वाटर चिल्ड्रेन पार्क बनाउने योजना गरेको छु । यो निर्माण गर्दा युवाहरुको रोजगार पनि बढ्छ । २४ नं. वडा पर्सा जिल्लाको केन्द्र भएकोले सबै वडाबाट भ्रमणको लागि आउने भएकोले वडाको विकास पनि हुन्छ । त्यो क्षेत्रमा पहिलादेखि नै हनुमान मन्दिर,बगैचा र प्रशस्त जग्गा पनि छ । यसकोलागि पनि ठूलो बजेट लाग्ने हुनाले महानगरमा पनि पहल गरेको छु । मधेश प्रदेशका पर्यटन मन्त्री रमेश प्रसाद कुर्मी संग पनि पहल गरेको छु । महिलाहरुमा सीपमूलक लगानीमा विशेष जोड दिनेछु । सीप भए पछि महिलाहरु आफैमा दक्ष हुन्छन् । कुनै पनि समस्या वा पीडा भोग्नु पर्दैन ।
८) तपाइको योजना सफल पार्न क–कस्को साथको आवश्यक छ ?
वडाका सम्पूर्ण जनताले मेरो काममा सहयोग गर्नु भएको छ । वडावासीको माया र आर्शिवादले आजसम्म राम्रो काम गर्न सकेको छु । सदैव उहाँहरुको आर्शिवाद ममा रहोस् भन्ने मेरो चाहना छ । काम गर्ने सिलसिलामा अन्जानमा कुनै गल्ति भएको छ भने आएर मसंग प्रत्यक्ष भन्नु सक्नुहुन्छ । आगामी दिनमा पनि वडावासीको सहयोग पाउँछु भन्ने विश्वास छ । सम्पूर्ण वडावासीको मायाले आज यो स्थानमा बसेर काम गर्न पाएको छु । मेरो काममा कुनै बाधा अड्चन आएको छैन । जनताको चाहाना अनुसार नै काम इमान्दारीतापूर्वक गरेको छु ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना