१) जाडोको समयमा बच्चालाई कस्ता रोगहरु देखा पर्दछ ?
जाडोमा बच्चाहरुलाई धेरै रोगहरु लाग्छ । सबै रोगहरु लाग्ने मुख्य कारण भनेको जाडोको कारण नै हो । जाडोको समयमा बच्चाको आमा वा हेरचाह गर्ने मानिसहरुले हात सफा गर्दा राम्रोसंग नगर्ने,बच्चालाई चिसो पानीले सफा गर्दा,बच्चाको शरीरमा चिसो नपुच्छ्दा, बच्चाको शरिरमा तेल लगाउँदा किटाणुहरु टाँसिएर धेरै समस्याहरु देखापर्दछ । निमोनिया, रुघाखोकी,पखाला लाग्ने, विभिन्न प्रकारका भाइरल इन्फेक्सन हुने, साथ साथै कुनै बच्चालाई जन्मेदेखि भित्रबाट नै एलर्जी बढी हुने भएकोले जाडो मौसममा चिसो हुन साथ बच्चा घ्याँर–घ्याँर गर्ने समस्या हुन्छ । जाडो महिना भएपछि गरिब परिवारको बच्चालाई शरीर नै चिसो बनाएर ल्याएका हुन्छन् । बच्चाको शरिर तातो बनाउन साथ राम्रो हुन्छ । छातीको समस्या र पखाला लाग्ने समस्या बढी देखिन्छ ।
२) जाडो मौसममा हुने समस्याबाट बचाउन बच्चाको हेरचाह कसरी गर्ने ?
जाडो मौसममा बच्चालाई हेरचाह गर्ने मानिसले बच्चालाई छुनु अगाडी साबुन पानीले राम्ररी धुने, वा सेनिटाइज गर्ने । हात राम्ररी सफा गरेपछि बच्चालाई छुदाँ बच्चाको शरीरमा रोगका किटाणुहरु संक्रमण हुने कम सम्भावना हुन्छ । बच्चा कम बिरामी हुन्छ । बच्चालाई सकेसम्म दिनको एक पटक हिटर वा तातो आउने चिजको अगाडी बच्चालाई राख्ने वा तातो पानीमा कपडा भिजाएर बच्चाको जिउ पुच्छ्ने जसले गर्दा जिउ पुच्छ्नाले बच्चाको शरीरमा रहेको किटाणुहरु,फोहरहरु सफा हुन्छ । अनिवार्य रुपमा बच्चाको दिसा पिसाब सफा गरेपछि,डाइपर फेरेपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ । बच्चा ५÷६ महिना भन्दा सानो छ भने जाडोको समयमा दिन ,रात दुबै समयमा शरीरमा टाँसेर राख्ने जसले गर्दा बच्चालाई चिसो लाग्दैन् । बच्चा ५÷६ महिना भएपछि अन्न खुवाउन अलिकति जोड गर्ने । घरमा बनेका खानेकुरा मात्र खुवाउने , खानेकुरा खुवाउँदा मन तातो खानेकुरा खुवाउने गर्नुपर्छ । चिसो र बाँसी खाना नखुवाउने, बच्चालाई अनुहारमा घाम नलाग्ने गरी घाममा राख्ने, बच्चा एक वर्ष भन्दामाथि भएपछि हरियो सागपात,फलफूल खुवाउन जोड गर्ने जसले गर्दा रोगसंग लड्ने क्षमताको वृद्धि हुन्छ । बच्चालाई शारिरीक विकास मात्र गराएर हुदैन । मानसिक विकास पनि गराउनु पर्छ । प्रविधिको विकास संगै अहिले परिवारको सबै सदस्य मोवाइलमा व्यस्त हुने गर्दछन् । जसले गर्दा बच्चा कसैसंग कुरा गर्न नजान्ने,एकहोरो हुने,कसैसंग प्रतिक्रिया नगर्ने समस्या भइरहेको छ । बच्चा एक वर्ष हुनु अघिदेखि नै आफ्नो अगाडी राखेर कुरा गर्ने जसले गर्दा बच्चाले कुराकानी गर्न सिक्छ । बेलुका सबै परिवार बसेको बेला कुरा गर्ने,बच्चालाई कुराहरु सिकाउने ,कुराकानी गर्ने बच्चाको शारिरीक र मानसिक दुबै विकास हुन्छ । घरको मानिसले माया गरेको देखायो भने बच्चामा पछि गएर व्यवहारीक समस्या नआउन सक्छ ।
३) बच्चालाई तोरीको तेल लगाउन हुन्न भनिन्छ नि ?
बच्चालाई तोरीको तेल लगाउन हुन्न भन्नुको कारण सुघेर हेर्दा तोरीको तेलमा कडा गन्ध आउँछ । तोरीको तेलमा लसुन, ज्वानो, मेथी हालेर लगाइन्छ । जसले गर्दा कडा गन्ध नाकमा गएपछि नाक जाम हुने, त्यो गन्ध छातीसम्म जाने, नाकमा पानी जस्तो निस्कन्छ । त्यस्तै छातीमा पनि पानी जस्तो निस्कन्छ र घ्याँर–घ्याँर हुन्छ । तोरीको तेलमा बढी धुलो टाँसिन्छ । हाम्रो आँखाले नदेख्ने धुलोसंगै किटाणुहरु पनि टाँसिन्छन् । मौका पाउने बित्तिकै ति किटाणुहरु नाक र मुखको माध्यामबाट शरीर भित्र प्रवेश गरेर विभिन्न समस्या उत्पन्न गराउँछ । त्यसैले तोरीको तेल नलगाउन भनिएको हो । हामीले बच्चालाई नरिवलको तेल,बदामको तेल, ओलिभ तेल प्रयोग गर्न सक्छौं । किनकी यि तेल बच्चालाई लगाएको १०÷१५ मिनटमा नै शरिर भित्र गइसक्छ । शरीरको बाहिर धुलो र किटाणु कम टाँसिने भएकोले रोग कम लाग्छ । बच्चाको टाउकोमा धेरै तेल लगायो भने तेल मुख र नाकमा फैलिन्छ । श्वास लिदाँ हावामा भएका किटाणुहरु मौका पाउने बित्तिकै नाकबाट शरीर भित्र प्रवेश गरेर रोगी गराउँछ । बच्चालाई नुहाउनु भन्दा अगाडी तोरीको तेल लगाउने गर्नुपर्छ । नुहाएपछि नरिवलको तेल,बदामको तेल,ओलिभ तेल मध्ये कुनै एउटा घाँटी भन्दा तल मात्र लगाउन सकिन्छ । गर्मी महिनामा तेल लगाएर जिउ पुछ्ने, जाडोको महिना सुरु भएपछि पहिला जिउ पुछ्ने र तेल लगाएर छाड्ने गर्नुपर्छ ।
४) निमोनिया भएको कसरी थाहा पाउन सकिन्छ ?
निमोनिया धेरै प्रकारको हुन्छ । सामान्यतया बच्चालाई कोखा हानेमा, श्वास छिटोछिटो फेरेमा निमोनिया हुनसक्छ भनेका हुन्छौं । कोखा हान्नसाथ चिकित्सककोमा ल्याउन सल्लाह दिएका हुन्छौं । कोखा हान्नु भनेको नराम्रो लक्षण हो । एलर्जीको प्रकारले निमोनिया भएको हो की,व्याक्टेरियाले गर्दा निमोनिया भएको हो की अथवा बच्चाको छातीको एक्स–रे गर्दा दाग देखियो, जाँच गर्दा बच्चामा निमोनियाको लक्षण देखियो भने निमोनिया हो भन्छौं ।
५) बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउन सकिन्छ ?
बच्चालाई नाक, मुखको वरिपरी सधै सफा राख्ने, दिनमा एकपटक तातोपानी कपडा भिजाएर नाक, मुख र हात पुछ्नु पर्छ । बच्चाको हेरचाह गर्ने मानिसले दिसा, पिसाब छोएपछि र बच्चालाई छुनुभन्दा अगाडी सबैले साबुन पानीले हात धुनुपर्छ । बच्चालाई न्यानो कपडा लगाइदिने, जुन कपडा धेरै तातो हुने पसिना आउने गरी पनि लगाउनु हुदैन । पसिनाले गर्दा निमोनिया हुन्छ । बच्चाको पेटभित्र छातीमा हात हालेर हेर्ने पसिना आएको छ भने कपडा खोलिदिने र चिसो भएमा थप कपडा लगाइदिनु पर्छ । बच्चालाई लगाउनु पर्ने सबै खोपहरु मिलाएर समयमा नै लगाउनु पर्छ । बच्चाको उमेरको हिसाबले खानाहरु मिलाएर खुवाएमा निमोनियाबाट बचाउन सकिन्छ ।
६) बच्चालाई एलर्जी हुने कारण के हो ?
बच्चालाई धेरै जसो चिसो हावाले गर्दा एलर्जी हुन्छ । यदी चिसोको कारणले जुन बच्चालाई एलर्जी हुन्छ । उसलाई चिसोबाट बचाउनु पर्छ । कुनै बच्चालाई कडा गन्धबाट एलर्जी हुन्छ । कसैलाई जनावरको भुवाबाट एलर्जी हुनसक्छ । कुनै बच्चाहरुलाई केरा,बदाम,दुधले एलर्जी हुन सक्छ । जुन खानेकुरा खानसाथ घ्याँर–घ्याँर भइहालेमा त्यो खाना खान रोक्नु पर्छ । तुरुन्त चिकित्सककोमा जाँच गर्नुपर्छ । निमोनिया हो कि होइन पत्ता लगाउन सकिन्छ । विशेष गरेर बच्चालाई धुलो,धुँवा, चिसो,धेरै तातो र खानपानमा पनि ध्यान दिनुपर्छ ।
७) अभिभावककोलागि थप के सुझाव दिन चाहनुहुन्छ ?
म सबै बच्चाको अभिभावकलाई आफ्नो बच्चाहरुलाई सकेसम्म मोबाइलबाट टाढा राख्नको लागि अनुरोध गर्छु । बच्चाहरुले टिउसन पढ्नु भन्दा पनि घर बाहिर गएर आधा घण्टा खेल्न जरुरी छ । बिस्तारै बच्चाहरु घरमा थुनिदै गएका छन् । बच्चाले बाहिर गएर नखेलेपछि हड्डीमा जोड पर्दैन् । जसले गर्दा बच्चाको वृद्धि विकासमा असर पर्छ । खाना खान मन नलाग्ने, पेटमा ग्याँस हुने समस्या हुन्छ । बच्चासंग कुराकानी गर्ने, बाहिर खेल्न दिने,टि.भी कम हेर्न दिने , आफू भन्दा ठूला र सानो मानिससंग कुराकानी गर्न सिकाउने काम अभिभावकको हो । कामको पछाडीमात्र नभाग्ने,बच्चालाई पनि समय दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना