दाताले दिएको एउटा पालमुनी आश्रय लिइरहेका पर्सा, बाराका हावाहुरी पीडितहरुलाई शनिबार विहान र राती आएको बर्षा तथा हावाहुरीले थप पीडा दिएको छ । गएको आईतबारको विनासकारी हावाहुरीले पीडा दिएको एक हप्ता वित्न नपाउँदै फेरि पीडा थपिएको हो । कारण शनिबार फेरि पानी र हावा हुरी आएपछि पीडितलाई आफू जोगिनेकी बचेको र पाएको राहत सामग्री जोगाउने भन्ने पीडा थपिएको छ ।
खान लागउन राहत नपुग्दै वर्षाले आहत पारेको उनीहरुको गुनासो छ । संघीय र प्रदेश सरकारले पीडित परिवारहरुलाई एउटा पाल उपलब्ध गराएको छ । ती पालमा आफुसंगै गाईवस्तु सहित खान, बस्न, विश्राम गर्न तथा राहत समाग्रिहरु राख्नैमा समस्या थियो । यसै समयमा फेरि पानी र हावाहुरी आएपछि अब के गर्नु ? वर्षाले ओछ्यानदेखि ज्यान लुकाउन समेत समस्या भएको छ उनीहरुले भने ।
एउटै पालमुनि आफु लुक्ने कि बचेका समाग्रिहरु लुकाउने ? हावाहुरीबाट आफ्नो परिवारका सदस्य गुमाएकी ललिता देवीले भनिन् । एकै ठाऊँमा गाईवस्तु राख्नाले खान, सुत्न आपत परेको छ । बनाएको शौचालय समेत भत्केकाले कहाँ सौच गर्ने ? थप पीडा थपियो उनले दुखेसो पोखिन् । हावाहुरीले चापाकलदेखि गाउँ छेउ रहेको बास घारी समेत उडाएर लगेकाले दिसा, पिसाब गर्न समेत रातिसम्म कुर्नु परेको अर्का पिडित सुनरपति देवीले बताईन् । हावाहुरीले उजाड बनाएको बस्ती हेर्न दिनरात आउने जानेको कमी छैन । सौच गर्न कुनै व्यवस्था छैन । आफु कता जाने र बालबच्चालाई कता सौच गराउने ? महामारीको डर समेत उतिकै रहेको उनको दुखेसो छ ।
झण्डै हप्तादिन हुनै लागेको घटनाले वर्षा, मेघ गर्जन र हावाहुरीको डर उतिकै छ भने अझै यस्तै घट्ना हुने हो की भन्ने डर थपिएको पीडितहरुको गुनासो छ । संघ, प्रदेश र स्थानीय निकायले सहयोगका लागी प्रतिबद्धता जनाए पनि समुदाय भित्र चाहिने वातावरण निर्माण हुन नसकेकाले स—साना बालबच्चादेखि वृद्ध असहाय महिलाहरुलाई समेत आप्ठ्यारो भएको उनीहरुको भनाइ छ ।
स्थानीय निकायले सौचका लागी प्रदेश र संघिय सरकारको मुख ताकेको छ भने, हालसम्म कुनै पनि निर्देशन नआएकाले पर्ख र हेरको स्थितिमा रहेको फेटा गाऊँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जय प्रकाश दासले बताए । संघिय र प्रदेश सरकारले दिएको प्रतिबद्धताले केही राहत दिए पनि अझैसम्म काम सुरु समेत नभएकाले चैत्र वैशाखमा आउने हावाहुरी र वर्षाले कसरी यी पिडित परिवारहरुले आफ्नो र आफ्ना बालबच्चाको ज्यान जोगाउने कुरा चिन्ताको विषय छ । अत संघ र प्रदेश सरकारले ढिला नगरी स्वास्थ्य, खानेपानी र सोही परिस्थितिमा अस्थाई व्यवस्था मिलाई अध्ययन अध्यापनको समेत व्यवस्था मिलाउन अति आवश्य रहेको देखिन्छ ।