विभिन्न प्रलोभन र मायाजालमा पारी भारत लान थालेका १ सय ८७ युवतीको माइती नेपाल, पर्साले उद्धार गरेको छ । गएको एक बर्षमा माइती नेपाल पर्साले उक्त संख्याका युवतीहरुको उद्धार गरेको हो ।
सो कुरा माइती नेपालले बिहीवार वीरगन्जमा पत्रकार सम्मेलन गरी जनाएको छ । वीरगंज नाका भएर एक वर्षमा भारत लान थालेका १ सय ८७ जना युवतीको उद्धार गरेको माइती नेपाल पर्साकी संयोजक गोमा पौडेलले बताइन् । गतवर्ष जनवरीदेखि हाल डिसेम्बरसम्म नेपालबाट भारत जाने १ सय ८७ जना र नेपालमा नै महिला हिंसाबाट पीडित ७० जना गरी कुल भने २ सय ५७ जनाको माइती नेपालले उद्धार गरेको उनको भनाइ छ । सो अवधिमा पर्सा प्रहरीको सहयोगमा तीन जना बालकको पनि उद्धार गरिएको संयोजक पौडेललको भनाइ छ ।
संयोजक पौडेलले १८ वर्षमुनिका ३५ जना र १८ वर्ष उमेरमाथिका युवतीहरू रहेका बताइन् ।माइती नेपालले उद्धार गरेका युवतीहरूमा बाग्मती प्रदेशका ५८ जना, मधेश र गण्डकी प्रदेशका ३८÷३८ जना, कोशी प्रदेशका ३३ जना, लुम्बिनी प्रदेशका १३ र सुदूरपश्चिम प्रदेशका ७ जना छन् । उनले गत वर्ष भारतीय प्रहरीको सहयोगमा ५६ जनाको उद्धार गरिएकोमा यो वर्ष भने १७ जनाको उद्धार गरेकोे बताइन् ।
संयोजक पौडेलले वीरगंज नाकामा माइती नेपालले २६ वर्षदेखि काम गर्दै आएको र ठोरी नाकामा पाँच वर्ष काम गरिसकेको बताइन् । उनले २०७१–७६ सालसम्म ठोरीमा काम गरेको माइती नेपालको अहिले मधेस प्रदेशका पर्सा, सर्लाही र धनुषा गरी तीन जिल्लामा कार्यालय रहेको बताइन् । उनले पछिल्लो समयमा वीरगंज नाका भएर यौनजन्य कार्यका लागि भारत जानेभन्दा ठगिने कार्यमा जानेहरूको संख्या बढेको बताइन् । उनले यस वर्ष मात्रै ‘वी विनर’ भन्ने संस्थाको ठगीधन्दामा ७१ जना नेपाली युवती ठगिएको बताइन् ।नेपाली युवतीहरूलाई आकर्षक तलब दिने भनेर सूचना आह्वान गर्ने, उनीहरूसँग दुई लाख नेरु धरौटी बापतको रकम लिने र मासिक २४ हजारको दरले तलब सुविधा दिएको देखाएर एकपछि अर्काे नेपाली युवतीहरूलाई समूहमा आबद्ध गरेर ठगी गर्दै आएको बताइन् । उनले ‘वी विनर’ले रोजगार दिएको ठानेर नेपाली युवतीहरू धमाधम त्यो संस्थामा रकम बुझाउने गरेकामा माइती नेपालले यसबारेमा सचेत गराउँदै ७१ जना युवतीको उद्धार गरेको पौडेलले बताइन् । उनले भारतमा यौन व्यापार, आर्केस्ट्रामा जाने नेपाली युवतीहरूको संख्या घटेको तर मार्केटिङ्गको नाममा हुने ठगी धन्दाका लागि लाने क्रम बढेको बताइन् ।
अहिलेसम्म उद्धार भएका ७१ जनामध्ये १० जना मात्र निरक्षर युवती भेटिएका र बाँकी कक्षा १० सम्म पढेका युवतीहरू भएको उनले बताइन् । शुरूमा ओरियन्ट, रिभिजन र अहिले वी विनर तथा विशाल मार्टको नाममा नेपाली युवतीहरूलाई रोजगार दिने नाममा ठगीधन्दा चलिरहेको संयोजक पौडेलले बताइन् ।
माइती नेपालका फिल्ड सुपरभाइजर वीरेन्द्र गौतमले वीरगंज नाकाभन्दा खुला सीमाको फाइदा उठाएर भारत जाने क्रम बढेको बताए । बाराको बलिरामपुर, पर्साको भिस्वा, सबैठवा नाकाबाट युवतीहरूलाई बेचबिखनको लागि लाने गरेको उनले बताए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना