वीरगंजको बाल सुधार गृह पुनः बिहिबार राति झडप भएको छ । ४ जना बाल कैदी बन्दीहरुलाई बाल सुधार गृह भक्तपुर लग्न थालिएको विषयमा झडप हुँदा एक जना घाइते समेत भएका छन् ।
बाल सुधार गृह वीरगञ्जका नाइके २३ बर्षिय ललित भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ध्रुव कुमार श्रेष्ठले जनाएका छन् । घाइते भुजेलको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको उनले बताए । हाल सुधार गृहको अवस्था समान्य रहेको डिएसपी श्रेष्ठले बताए ।
बिहिबार राति बाल कैदीबन्दीहरुले प्रहरीलाई समेत सुधार गृह भित्र प्रबेश गर्न दिएका थिएनन् । केन्द्रको परिपत्र अनुसार बिहिबार सांझ सुमोमा ४ जना बाल कैदीहरुलाई भक्तपुर लग्न खोज्दा अन्य बाल कैदी बन्दीहरुले अवरोध गर्न खोज्दा झडप भएको बाल सुधार गृह वीरगञ्जका प्रमुख टिका कृष्ण काफ्लेले जनाए । बाल कैदी बन्दीहरु सुधार गृहको कार्यालयमा तोडफोड समेत गरेको उनले बताए ।
उनका अनुसार केही दिन पहिला मात्र पुर्ननिर्माण गरिएको सुधार गृहको रेलिङ र ग्रिल लगायतका भौतिक संरचनामा क्षति पुर्याएका छन् ।
यसका साथै उनीहरुले सुधार गृहको डेक्स २ थान, बेन्च ३ थान, टेबुल २ थान, दराज १ थान, बक्स पलंग १ थान गिजर १ थान, एसि १ थान, टिभि २ थान, कम्युटिर १ थान तोडफोड गरेका छन् ।
बाल कैदी बन्दीहरुले आफुले सुत्ने कोठाको बेड र दराज समेत तोडफोड गर्नुको साथै कोठा मै राखिएको जरिवानाको रु ७० हजार र मेरो व्यक्तिगत रु २५ हजार लुटपाट समेत गरेको प्रमुख काफ्लेले वताए ।
भक्तपुर लग्न खोजिएको ४ जनालाई यहीं राख्नु पर्ने उनीहरुको माग रहेको छ । यस बिषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरु बिच भएको छलफलमा कुनै निष्कर्ष निस्कन सकेन ।
यस अघि भदौ २६ गते पनि सुधार गृह वीरगञ्जमा झडप हुँदा ९ बाल कैदीबन्दीहरु र ३ प्रहरी गरि १२ जना घाइते भएका थिए । त्यस बेलपनि उनीहरु सुधार गृहमा तोडफोड गर्दा लाखौं बराबरको क्षति भएको थियो ।
५० जना जति बस्ने क्षमता रहेको वीरगञ्जस्थित बाल सुधार गृहमा हाल ११३ जना बस्दै आएका छन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना