१) जाडोमा छातीमा कस्ता समस्याहरु देखापर्छ ?
छातीमा दम, क्षयरोग, निमोनिया बढी देखापर्छ । जाडो मौसममा भने दमको रोगीहरु धेरै मात्रामा देखिन्छ । दीर्घकालीनदेखि फोक्सोको श्वासनली साँघुरिएर दम रोग देखा पर्छ । यसलाई चुरोटे दम पनि भनिन्छ । चुरोटे दमका बिरामीहरु जाडोको समयमा बढी देखिन्छन् । दीर्घकालिन दम हुनुका धेरै कारणहरु हुन्छन् ।
२) दम रोग हुनुको कारण के हो ?
दम रोग हुने प्रमुख कारण धुवाँ हो । मानिसको फोक्सोमा धुवाँ २ किसिमबाट प्रवेश गरेको हुन्छ । पहिलो जो मानिस चुरोटको सेवन गर्छ । उसको फोक्सोमा धुवाँ प्रत्यक्ष पुग्छ । जो मानिस चुरोट सेवन गर्दैन । चुरोट खाने मानिसको अगाडी बस्दाँ पनि शरीर भित्र फोक्सोमा धुवाँ प्रवेश गर्छ । कलकारखाना, सवारी साधानको धुवाँ धुलो वायुमण्डलमा फैलिएर वायु प्रदुषण हुन्छ । कारखानामा काम गर्ने कामदारहरु कारखानाबाट निस्किएको धुवाँ, धुलो मानिसको फोक्सोमा प्रवेश गरेमा दम रोग हुन्छ । पहिलाको मानिसले दाउरा बालेर खाना पकाउँथे । दाउरा बालेर शरीरलाई न्यानो पार्ने काम गर्ने मानिसलाई दम देखिन्छ । सानोमा कुनै बच्चालाई निमोनिया, क्षयरोग भएको छ । त्यस्ता मानिसहरुलाई वयस्क र वृद्धावस्थामा दम हुने धेरै संभावना हुन्छ ।
३) कुन उमेरका मानिसलाई दम हुने सम्भावना बढी हुन्छ ?
विशेष गरेर दम २० वर्षको उमेर नाघेपछि दम रोग देखापर्छ । जो मानिस चुरोट खान थाल्छ । नियमित रुपमा चुरोट लामो समय ५ वर्षदेखि माथिको समय सम्म खाइरहन्छ भने यस्ता मानिसलाई दम रोगको समस्या हुन्छ । एउटै परिवारका चुरोट खाने सबै दाजुभाइलाई दम रोग हुन्छ भन्ने होइन । जसको रोग प्रतिरोधात्मक क्षमता कम छ । त्यस्तो मानिसलाई दम रोग देखा पर्छ । अहिलेको परिवेशमा दम रोग विश्वव्यापी रुपमा हेर्दा विश्वको तेस्रो स्थानमा रहेको रोग हो । विश्व स्वास्थ्य संगठनको अनुसार आउने १० वर्षमा दम रोग विश्वको पहिलो स्थानमा आउने सम्भावना रहेको अनुमान गरेको छ ।
४) दम रोगका लक्षण के–के हुन् ?
दमका रोगीहरुले केही लक्षण लिएर आएका हुन्छन् । प्राय जसो हिड्दा डुल्दा श्वास फूल्ने, श्वास फेर्न गाह्रो हुने, स्वाँ–स्वाँ हुने, घ्यार–घ्यार हुने, खोकी हुने,लामो दिनदेखि खोकी लाग्ने, खकार आउने, जिउ थाक्ने, काम गर्न मन नलाग्ने हुन्छ ।
५) दम रोगबाट बच्न के गर्नु पर्छ ?
दम रोगीहरुले दम रोगलाई प्रत्यक्ष असर पार्ने तत्वहरुबाट बच्नु पर्छ । दम रोगीले बिडी चुरोट नखाने, चुरोट खाने मानिसको नजिक नबस्ने, घर बाहिर निस्किदा धुवाँ, धुलोबाट बच्न माक्सको प्रयोग गर्ने, घरमा झ्याल ढोकाको बन्द गरेर आगो नबाल्ने, वायु प्रदुषण भएको स्थानमा नजाने, चिसो मौसममा चिसोबाट बच्नुपर्छ । चिसोको कारणले श्वासनली साघुँरिएर जान्छ । जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ ।
६) यो सरुवा रोग हो त ?
निमोनिया र क्षयरोग लागेका बिरामीहरुलाई दम हुन्छ । यस्ता रोगीबाट दम रोग सर्दैन । बरु क्षयरोग भएका मानिसहरुबाट एक किसिमको क्षयरोग चाही सर्न सक्छ । यस्ता बिरामीबाट बच्नु पर्छ । दम रोग इफेसियामा, ब्रोङ्गकाइटिस, आस्थमा गरी विशेष तीन प्रकारका हुन्छन् । ब्रोङ्गकाइटिस दममा पहेलो रंगको खकार धेरै आउने हुन्छ । इफेसियामा फोक्सो फुल्ने हुन्छ । खकार आउदैन, तर श्वास फेर्न गाह्रो हुन्छ ।
७) दम रोग भएको छ वा छैन कसरी पत्ता लगाउन सकिन्छ ?
बिरामी लक्षण लिएर आएको भरमा दम रोग नै हो भन्न सकिन्न । यसकोलागि डाइग्नोसिस् गर्नुपर्छ । केही जाँचहरु गर्नुपर्ने हुन्छ । छातीको एक्स–रे गरेर छातीमा केही इन्फेक्सन छ, छातीमा दागहरु छ की , फोक्सोको साइज ठूलो भएको छ की, डायफ्राम फराकिलो भएको छ की, ट्युबलर हर्ट भएको छ वा छैन । रगतको जाँच गरेर इफेक्सनहरु, एजिनोफिल छ छैन, दमको रोगीहरुमा हेमोग्लोबिन बढेको छ, छैन भनेर हेर्ने गर्छौ । दम नै पुष्टि गर्नकालागि स्पाइरोमेट्री गर्नुपर्छ । स्पाइरोमेट्री एउटा यन्त्र हो । स्पाइरोमेट्रीमा मुख लगाएर फुक्ने गर्छौ । फुक्दा फोक्सोको क्षमता कति छ बुझेर दम रोग छ वा छैन पत्ता लगाउन सकिन्छ ।
८) दम रोगको उपचार कत्तिको महङ्गो छ ?
दम रोगको उपचार धेरै महङ्गो छैन । सर्वसाधरणले पनि खर्च गरेर उपचार गर्न सक्ने अवस्था छ । साधारण जाँच गरेर दम रोग पत्ता लगाउन सकिन्छ । छातीको एक्स–रे धेरै महङ्गो छैन । सरकारी अस्पतालमा पनि एक्स–रे सेवा उपलब्ध छ । चिसो समयमा विश्वमा नै सबै भन्दा बढी देखापर्ने दम रोग हो ।
९) दम रोगीले के कुरामा ध्यान दिनुपर्छ ?
यदि वंशाणुगत नै दम छ भने रोक्न सकिदैन । मानिसहरुले ४० वर्ष काटेपछि अलि सचेत हुनु पर्छ । चुरोट खाने गरेकाहरुले चुरोट खान कम गर्नुपर्छ । चिसोको मौसममा ६० वर्ष काटेकाले सचेत भएर बस्नु पर्छ । श्वासनलीहरु साँघुरो भएर सास फेर्न गाह्रो हुन्छ । रुघाखोकी लागेर कप, खकार, सिगान आउने सम्भावना धेरै छ । अक्सिजनको लेबल कम हुन्छ । अक्सिजन लिन अस्पताल नै आउनु पर्ने हुन्छ । घरमा न्यानो तातो भएर बस्नुपर्छ । चिसोमा आगो ताप्नुपर्छ । तातो खानेकुराहरु मात्र खानुपर्छ । कोरोना लागेर निको भएका मानिसहरुले पनि चिसोको मौसमबाट बच्नुपर्छ । हैन भने दम हुने सम्भावना धेरै हुन्छ । अहिले दम रोगलाई कम गर्न भ्याक्सिन पनि आएको छ । वर्षमा एउटा भ्याक्सिन लगाउँदा केही कम हुन सक्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना