१) तपाईको क्लबको स्थापना कसरी भयो ?
रोट्ररी क्लब अफ वीरगंज मेट्रो पलिसद्धारा स्थापित क्लब हो । रोट्ररी क्लबका २८ वर्ष माथिका अग्रजहरु यो क्लवमा आबद्ध छन् । युवा पुस्तालाई समाजमा भएका विकृति हटाउन, युवाका ज्ञानलाई चेतनाको रुपमा फैलाउन, युवाहरुलाई समाजको विकासमा जागरुक बनाउन रोट्रयाक क्लब अफ वीरगंज वीरगंज मेट्रो पलिसको स्थापना गरेका हो । यसको स्थापना भएको ६ वर्ष भयो । सामाजिक काममा युवा सक्रिय हुदाँ युवाहरुको व्यक्तित्व पनि विकास हुने भएकोले क्लबको स्थापना गरेको हो ।
२) तपाईको क्लबको उद्देश्य के हो ?
हाम्रो क्लबमा २८ वर्ष सम्मका युवाहरु मिलेर संचालन गरिएको क्लब हो । ३३ जना सदस्य रहेको यस क्लबमा सक्रिय सदस्य २३ जना छन् । समाजमा पछाडी परेको महिलाहरु, केटीहरुलाई अगाडी बढाउन सहयोग गर्नु हो । ग्रामिण भेगका महिलाहरुमा शिक्षाको अभावले गर्दा धेरै समस्याहरु भोग्नु परेको छ । ति पछाडी परेका महिलाहरुले केही सीपहरु सिकेर आफ्नोलागि केही आयआर्जन गर्न सकोस् । समाजमा देखिएका समस्याहरुको बारेमा आम नागरिकमा चेतना फैलाउने काम हाम्रो क्लबले गर्छ ।
३) आफ्नो कार्यकालमा खास के काम गर्नु भएको छ ?
हाम्रो क्लबबाट ट्राफिक प्रहरीसंग सहकार्य गरेर विद्यालयहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरेका छौं । आदर्शनगर ग्रिन सिटीसंग मिलेर वृक्षारोपणका काम पनि गरेका छौं । पर्साको सबैठा गाउँमा स्वास्थ्य शिविर संचालन गरेका छौं । तत्काल आशा किरण केन्द्रका असाहय बालबालिकाहरुको लागि कसरी खुसी राख्ने भन्ने विषयमा कार्यक्रम गर्ने सोच बनाएको छु । हाम्रो क्लबमा सबैको भन्दा नियम फरक नै छ । पदाधिकारीहरुको समयावधी १ वर्ष मात्र हुन्छ । यसरी सबैले नेतृत्व गर्न पाउने व्यवस्था गरिएको छ । मेरो कार्यकाल सकिए पनि महिलाहरुकोलागि सक्षम बनाउने मेरो व्यक्तिगत उद्देश्य नै रहेको छ । औंठा छाप महिलाहरुलाई कलममा परिणत गर्ने मुख्य उद्देश्य रहेको छ ।
४) कुन क्षेत्रका महिलालाई सक्षम बनाउन लागिपर्नु भएको छ ?
वीरगंज महानगरपालिकाको डाइपोर्टको नजिकको क्षेत्र, प्रगतिनगर,डोम बस्तीको अनुगमन गरेको छु । ति बस्तीका महिलाहरुको सक्षम बनाउन शिक्षा दिने सोच राखेका छौं । महिलाहरुको आत्म रक्षाकोलागि सेल्फ डिफेन्स तालिम पनि दिने निर्णय गरेका छौं । सेल्फ डिफेन्स तालिमबाट महिलाहरुले अचानक आइपर्ने समस्याहरुबाट आफैले आफूमाथि हुने हिंसाबाट बचाउन सक्छन् । महिला नै तालिम प्राप्त भयो भने आत्मरक्षाकोलागि कसैको सहयोग माग्नु पर्दैन । जनवरीदेखि काममा तिव्रता दिनेछौं ।
५) महिलाको क्षेत्रमा काम गर्न कत्तिको सजिलो छ ?
ग्रामिण भेगमा अनुगमन गर्दा कुनै–कुनै घरको मानिसले नै घर कम्पाउण्ड भित्र छिर्न दिदैनन् । हामीलाई पनि अनुगमन गर्न समस्या भइरहेको छ । हामीलाई केही गर्नु छैन, केही छैन भन्छन् । तर पनि उनीहरुलाई सम्झाउने प्रयास गर्छौ । तर पनि उनीहरुको मानसिक्तालाई परिवर्तन गर्न असक्षम भएका छौं । गाउँघरमा मात्र होइन । हाम्रो वीरगंज महानगरपालिका भित्रका विकासित क्षेत्रमा पनि युवाहरु शिक्षित भएर पनि कुनै–कुनै क्षेत्रमा उनीहरु अशिक्षित नै देखिन्छन् । उनीहरु आफूलाई शिक्षित जस्तो व्यवहार गर्दैनन् । मानिसलाई अप्ठ्यारो परेको छ भने कुनै सहयोग गरौं भन्ने चाहदैनन् । ठूलो मानिसले पनि देखाउनकोलागि मात्र गर्छ । तर पछाडी गर्दैन । तर कसैले पनि फोटो खिचाउनकोलागि सामाजिक काम नगरौं । जसले राम्रो काम गर्छ भने क्यामराले फोटो आफै खिच्छ ।
६) पदमा बसेर क्लबको नेतृत्व गर्दा कस्तो महशुस भएको छ ?
पद बाहिरभन्दा पदमा बसेर नेतृत्व गर्दा अत्यन्तै खुसी लागेको छ । तर कामको प्रेशर पनि हुन्छ । यो काम गर्नुपर्ने हो, गराउनु पर्ने हो भनेर तर पनि काम गर्दा र गराउँदा अत्यन्तै गर्व लाग्छ । हामी क्लबमा आबद्ध सबै जना काम नै गर्ने छौं । मेरो प्रस्तावमा सबैले समर्थन गर्छन् । तर पनि आफु क्लबको अध्यक्ष भएकोले अरु सदस्यको सहमति भएपनि सबै भन्दा बढी सक्रिय आफू नै हुनुपर्छ । आफैले सबै कामको नेतृत्व गर्नुपर्छ । कुनै पनि काम म एक्लैले निर्णय गर्दिन । सबैको सहमतिमा छलफल गराएर नै काम गर्छु । क्लबमा ३३ जना सदस्य मध्ये फिल्डमा गएर १२ जना सदस्य बढी सक्रिय भएर काम गर्छौ ।
७) क्लबमा आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ ?
हाम्रो क्लबका सदस्यहरुको व्यक्तिगत विकास गर्नु पहिलो प्राथमिक्ता हो । धेरै संस्थाले समाज सेवा गरिरहेका हुन्छन् । पहिला क्लबको सदस्यको नै विकास गर्नुपर्छ भन्ने मान्यता हो । आफूमा के कमी छ । आफूमा भएको क्षमताले काम गर्ने र समाज सेवा आफूलाई पनि खुसी राख्नु हो । हामीले गर्ने काममा हाम्रो अभिभावक रोट्ररी क्लब अफ वीरगंज मेट्रो पलिसले हाम्रो कार्यक्रमको ठूलो योजनामा हामीलाई सकेको सहयोग गर्छन् । हाम्रो क्लबको सदस्यहरु आफै मिलेर थोरै थोरै पैसालाई संकलन गरेर काम गर्छौ । हाम्रो पैसा आउने कुनै अन्य स्रोत छैन । कुनै पनि अग्रज सरहरुसंग व्यक्तिगत सहयोग मागेर पनि काम गर्न खर्च जुटाउछौं ।
८) रोट्रयाक क्लबले आगामी दिनमा पनि निरन्तरता पाउनेछ ?
हाम्रो क्लबमा सबै राम्रा सोच भएका सदस्यहरु छन् । सबैको लक्ष्य भनेको क्लबलाई अझै माथिल्लो तहसम्म लाने हो । कोभिडको समय भन्दा अगाडी राम्रो नै क्लब चलेको थियो । कोभिडले केही प्रभावित भएको छ । फेरि पहिलाको रफतारमा नै क्लबले काम गरिरहेको छ । अर्को कार्यकालमा पनि आउने अध्यक्षले आफ्नो योजना लिएर आउनेछन् । तर मेरो योजनालाई पनि साथै लिएर अगाडी बढ्नेछन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना