पर्सा जिल्लाको वीरगंजस्थित नारायणी सेन्ट्रल अस्पतालमा एक जना नवजात शिशुलाई १३ दिनसम्म भेन्टिलेटरको सहयोगले उपचार गरि सकुशल बनाइएको छ ।
रौतहट जिल्लास्थित परोहा नगरपालिका – ८ स्थित नरकटियाकी सरिता देवीले मङ्सिर ४ गते जन्म दिएको शिशुलाई नारायणी सेन्ट्रल अस्पतालमा कार्यरत नियोनेटोलोजिस्ट एवम् बाल रोग विशेष डा. सागरकुमार गुप्ताको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरूको टोलीले १३ दिनसम्म भेन्टिलेटरको सहयोगले उपचार गरि सकुशल बनाएको हो ।
सामान्यता लामो समयसम्म भेन्टिलेटरमा राखिएको नवजात शिशु बाच्ने सम्भावना न्यून रहे पनि डा. सागरकुमार गुप्ताको टोलीले असम्भवलाई सम्भव गरेर देखाएको अस्पतालका मेडिकल निर्देशक डा. प्रमोद कुमार सर्राफले जनाए।
डा. सर्राफका अनुसार मङ्सिर ४ गते जन्मेको शिशुलाई दुई दिन पछि मङ्सिर ६ गते भेन्टिलेटरमा राखिएको थियो । जन्मेपछि शिशु नरोएपछि चिकित्सकहरूले उसलाई आफ्नो निगरानीमा राखेका थिए । निगरानीमै रहेका क्रममा मङ्सिर ६ गते शिशुलाई श्वासप्रश्वासको समस्या देखियो । त्यसपछि शिशुलाई डा. सागरको सुझाव अनुसार शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा भर्ना गरेर भेन्टिलेटरको सहयोगले अक्सिजन दिन सुरु गरिएको थियो ।
यतिका लामो समयसम्म भेन्टिलेटरमा राखेको कारण शिशुलाई थप जटिलता हुन थाल्यो । ‘लामो समयसम्म भेन्टिलेटर मार्फत श्वासप्रश्वास लिएको कारण शिशुलाई न्यूमोथोराक्स भन्ने एउटा जटिल समस्या देखियो। यो एकदमै जोखिमपूर्ण अवस्था हो,’ डा. सागरकुमार गुप्ताले भने, ‘तर हामीले हरेस खाएनौँ, शल्यक्रिया गरेर त्यसको पनि उपचार गर्यौँ र शिशुको ज्यान जोगाउन निरन्तर भेन्टिलेटर मार्फत अक्सिजन सप्लाई गर्ने कामलाई जारी राख्यौँ ।’
भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको १३ औँ दिन शिशुको स्वास्थ्यमा सुधार देखिएपछि क्रमशः भेन्टिलेटर हटाएर उपचार अगाडि बढाइएको डा. गुप्ताले जानकारी दिए। डा. गुप्ताका अनुसार अहिले शिशु सकुशल भएको छ । ‘हामीले डिस्चार्ज गरिसकेका छौँ, नारायणी सेन्ट्रल अस्पतालका स्वास्थ्यकर्मी साथीहरूको सहयोग बिन यो सम्भव थिएन,’ उनले बताए ।
शिशुका पिता कुन्दन कुमार गुप्ताले नारायणी सेन्ट्रल अस्पतालले चमत्कार गरेर देखाएको तर्क गरे । आस मरिसकेको अवस्थामा डा. गुप्ताले आफ्नो छोराको ज्यान जोगाएकोमा उनी खुसी छन् । ‘वीरगञ्जमा पनि यस्तो जटिल किसिमको उपचार सम्भव छ भन्ने कुरा मलाई जानकारी नै थिएन,’ उनले भने, ‘लामो समयसम्म अस्पतालको बसाई पश्चात् मेरो छोरा आज ठिक भएको छ । हामी साह्रै खुसी छौँ ।’
वीरगञ्जको बिर्ता मन्दिरको सामुन्ने अवस्थित नारायणी सेन्ट्रल अस्पताल एउटा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र हो । अन्तर्राष्ट्रिय मापदण्ड र उपकरणहरू रहेको अस्पतालमा विभिन्न रोगका लागि विशेषज्ञ चिकित्सकसमेत छन् । यहाँ जटिलभन्दा पनि जटिल रोगको उपचार सम्भव रहेको अस्पतालका मेडिकल निर्देशक डा. प्रमोद कुमार सर्राफले दाबी गरे ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना