युग परिवर्तनशील छ । परिवर्तनसँग जोडिएका हरेक बिषयहरु उत्तिकै महत्वपूर्ण छन् । अझ त्यसमा पनि ज्ञान विज्ञानसँग जोडिएको कुरा अझ प्राथमिक्ता पर्नु अस्वभाविक होइन । वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान हो, भने प्रविधि भनेको कुनै पनि विधि वा तौर तरिका हो । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । हाम्रा सबै कुराहरु विज्ञान र प्रविधिका बीचमा रहेका छन् । आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिन्छ ।
विश्वका अन्य देशको तुलनामा नेपालको विज्ञान र प्रविधिको लामो इतिहास छैन । विसं २०५३ साल (सन् १९९६) मा विज्ञान तथा प्रविधिको छुट्टै मन्त्रालय स्थापना भएको थियो ।
नेपालमा विसं २०६१ मा मात्र राष्ट्रिय विज्ञान तथा प्रविधि नीति निर्माण भएको थियो । यस नीतिलाई परिमार्जन गरी वि.सं २०७६ मा राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तनको नयाँ नीति तर्जुमा गरियो ।
उक्त समयबाट विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखेर संस्थागत विकासका लागि पहल भइरहेको भएता पनि विज्ञान, प्रविधि र नवप्रवर्तनको विकास सम्बन्धी उपलब्धीहरुको तथ्यांक सोचे अनुरुप पाइएन !
“विकसित सोच ः व्याख्यायित विषयको तात्पर्य र सहज बुद्धिको स्पष्ट अभिव्यक्ति हो भन्नेको कमि छैन “विज्ञान ज्ञानको यस्तो विभाग हो । जसमा खोजतलासका परिणामहरूलाई तर्कपूर्ण तरिकाले परिकल्पना र सामान्य नियमहरूका रुपमा व्यवस्थित अनि तिनको सत्यापन गरिन्छ ।”
युग अनि प्रविधिः– प्रविधिलाई अर्काे नवनिती पनि भनिन्छ । प्रविधि व्यवहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । धेरै मानिसहरू प्रविधि र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन् । मानिसहरू जसले प्रविधिको तालिम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिने व्यक्तिलाई अभियन्ता भनिन्छ । समाज र सामाजिक मूल्य मान्यतालाई प्रविधिले छिट्टै फड्को मार्न सकेको छ । यो राम्रो थालनी हो ।
परम्परागत रूपमा मानवले प्रविधिको प्रयोग गर्दै आएको हो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ जो समाज अथवा राष्ट्र प्राविधिक रूपले शक्तिशाली छन् । तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् । अनि आर्थिक रूपमा अरूभन्दा सक्षम छन् ।
मानव सभ्यता सुरु भएको ढुङ्गे युगदेखि आजसम्ममा विज्ञान र प्रविधिको धरातलमा आकाश र जमिनको फरक देखा परिसकेको छ । विज्ञानले मारेको फड्कोलाई हामीले तुलना पनि गर्न सक्दैनौँ । हाम्रा सानादेखि ठूला कुराहरु विज्ञान–प्रविधिसंग जोडिएका छन् । ईमेल, ईन्टरनेटजस्ता संचारका माध्यमबाट हामी विश्वभरिका खबरहरू प्राप्त गर्न सक्छौं । मानिसहरुले जताततै विज्ञान र प्रविधिको प्रयोग गरेको देखिरहेका हुन्छौँ । हाम्रै हजुरबुबा पुस्ताले चिट्ठी पत्र,मार्फत सूचना लिने पु¥याउने हुलाक प्रविधिबाट आज नातीको पालामा आइपुग्दा भएको परिवर्तनको फड्को वास्तव मै अलौकिक छ ।
विज्ञान ः ढुङ्गे युगमा मानिसहरुले आगो बाल्न सिक्नु, कृषि क्षेत्रमा आकर्षित हुँदै जानु, लुगा बनाउन र लगाउन सिक्नु, खाना पकाएर खानु, जस्ता सामान्य कुराहरुदेखि वर्तमान समयमा ब्रह्माण्डमा भ्रमण गर्ने जस्ता कुराहरूमा विज्ञान र प्रविधिले मारेको फड्को कम चानचुने होइन । यसका अतिरिक्त ग्रह उपग्रहहरुमा पुगेर अवलोकन र अध्ययन गर्ने,चन्द्रमामा पुगेर खोज अनुसन्धान गर्ने जस्ता कुराहरु विज्ञान र प्रविधिको सहज वातावरणमा सम्पन्न भएका हुन् । हामी आफ्ना आफन्तहरुसँग विज्ञानले दिएको सुविधा ईमेल तथा इन्टरनेटबाट कुराकानी गर्न सक्छौँ । हामी बीच भौगोलिक दूरी रहेको छैन । विज्ञान र प्रविधिको सहायताले हामी आफ्ना समस्याहरु सजिलै समाधान गर्न सक्छौँ समाज परिवर्तन मध्येको सबैभन्दा ठूलो परिवर्तन हो ।
हामीले इतिहासलाई फर्की हेर्ने हो भने दोस्रो विश्व युद्धपछिको प्राविधिक क्रान्तिले अझ गरेर युरोपियन राष्ट्रहरूलाई अझै बलियो शक्तिशाली बनाएको छ । मानवीय सो छ भन्दा माथि उठेर प्राविधिकहरूको प्रयोग हुनु परिवर्तनको रफ्तार हो । हाम्रा छिमेकी राष्ट्रहरु चीन र भारत पनि विज्ञान र प्रविधिको क्षेत्रमा होडबाजी गर्दै छन् । वस्तु उत्पादन , सामाग्री प्रयोग सूचना र संचारमा प्रतिस्पर्धाले विकासलाई काँधमा बोकेको हुन्छ । उनीहरुले नयाँ–नयाँ कुराहरूको उत्पत्ति गरेका छन् । संसार भरी उत्पादित उपकरण सामाग्री सजिलै बिक्री, वितरण गरेका छन् ! विज्ञान प्रविधिको कारणले मानिसहरूले अन्तरिक्षमा पुग्न सक्ने यन्त्रहरु निर्माण गर्न सकेका छन् । हाम्रो देश नेपालमा पनि विज्ञान र प्राविधिक क्षेत्रमा युग सुहाउँदो परिवर्तन भइरहेको छ । विज्ञान र प्रविधिको कारणले मानिसहरु भविष्यमा हुने परिवर्तनहरू र घटिसकेका घटनाहरुसम्म पहुँच पु¥याउन सक्ने भइसकेका छन् । नेपालमा पनि इमेल, इन्टरनेट र अनलाइनबाट सेवाहरु सजिलै देख्न, सुन्न र प्रयोग गर्न सक्ने सहज वातावरण निर्माण भएको छ ।
नेपालमा पनि विज्ञान–प्रविधिको सम्भावना रहेको तर अन्य राष्ट्रले जति फड्को मार्न विविध कारण वाधक पक्कै छन् तर निराशाजनक भने पक्कै होइन !
विज्ञान र प्रविधि हाम्रो भविष्यको लागि एउटा दिगो विकासको आधारका रुपमा रहन सक्छ । नेपालले पनि विज्ञान र प्रविधिको राम्रोसँग प्रयोग गर्न सक्यो भने अरु देशहरु जस्तै अगाडी बढ्न सक्छ । विज्ञान र प्रविधिको हामीले उचित प्रयोग गर्न सक्यौं भने हामी पनि नयाँ–नयाँ प्रारुप आविष्कार गर्न सक्छौं । हामीले पनि विज्ञान र प्रविधिलाई उचित तरिकाले प्रयोग गर्यो भने हाम्रो जीवन पनि परिवर्तन हुन सक्छ । विज्ञान र प्रविधिको उचित प्रयोगको दिशामा देशलाई अगाडी बढाउनु आजको आवश्यकता मात्रै होइन विकास र प्रवर्धनको क्षेत्रमा अवसर पनि हो !
हामीलाई थाहा छ विश्व नै अध्ययन–अनुसन्धानका मुख्य केन्द्र विश्वविद्यालय हुन् । विश्वविद्यालयहरूलाई अनुसन्धानकेन्द्रित (रिसर्च युनिभर्सिटी) र पढाइकेन्द्रित (टिचिङ) भनेर पनि बाँडिएको पाइन्छ । यद्यपि, रिसर्चमा पनि पढाइ गरिन्छ । पढाइकेन्द्रित भनिएकामा पनि थोर बहुत अनुसन्धान हुन्छन् । तर पहुँच नपुगेका तर पुर्याउनै पर्ने यस्ता थुप्रै कुरा छन् !
नेपालको सामाजिक ज्ञान–विज्ञानको क्षेत्रलाई अगाडि बढाउने हो भने आधारभूत–प्राज्ञिक अनुसन्धानमा लगानी बढाउनै पर्ने हुन्छ । जुन राज्यको आँखामा ओझेलमा छ ।
नेपालमा हाल भएका सबै विश्वविद्यालय पढाइकेन्द्रित छन् । मुलुकको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि, स्थापना २०१६ साल) अन्तर्राष्ट्रिय राजनीतिको सिकार भयो र यसलाई पट्ना विश्वविद्यालयको बाटो हिँडाइयो । फलतः यो पढाइकेन्द्रित र ‘सम्बन्धन’ बाँड्ने विश्वविद्यालयका रूपमा स्थापना भयो । पञ्चायत कालमै खुलेको संस्कृत होस् वा २०४६ सालको राजनीतिक परिवर्तनपछि स्थापना गरिएका पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि तथा वन आदि होऊन्, सबै त्रिविजस्तै पढाइकेन्द्रित विश्वविद्यालय नै हुन् । अलि भिन्न भनिएको काठमाडौँ विश्वविद्यालय पनि पढाइकेन्द्रित नै हो, र यो पनि सम्बन्धन बेच्नै पल्केको छ । पढाइकेन्द्रित विश्वविद्यालयमा अनुसन्धानले कम प्राथमिक्ता पाउनु अस्वाभाविक होइन । तर खोज अनुसन्धानको दृष्टिकोणमा हेर्ने हो भने हाम्रा विश्व विद्यालयहरुले विद्यार्थी उत्पादन भन्दा पनि युवाहरुको सोच र क्षमतालाई रोगी बनाइरहेको छ ! शिक्षाको झोला भरेर देशमा ज्योति छर्छु भन्दा पनि विश्व विद्यालयको गेट बाहिर निस्केपछिको गन्तव्य कहाँले मानसिक रोगी बनाइरहेको यथार्थ छ ।
अन्त्यमा , युगले फड्को मारेको छ यो सत्य हो । ढुङे युग एकादेशको कथा बनेर आजका युवालाई प्रोत्साहित गर्छ ।
ज्ञान र विज्ञानको प्रयोगमा कहाँ कसरी कति र किन भन्ने कुरा बुझ्नु आजको आवाश्यक्ता हो । मानिस जन्मेदेखी मृत्युसम्म यी तिनै कुराले बाँधेको यथार्थ छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना