१) तपाइले शिक्षा क्षेत्र नै रोज्नुको कारण के हो ?
म आफूले पनि अध्ययन गरेको विषय नै शिक्षा भएकोले शैक्षिक क्षेत्रमा नै लागेको हो । एक त म मुस्लिम समुदायको महिला मैले विवाह गर्दा कक्षा ८ मात्र पढेको थिए । मलाई पढ्ने इच्छा धेरै थियो । माइतिबाट नै एस.एल.सी पास गरे । घरमा काम गरेर बालबच्चा हुर्काउदै प्लस टु पास गरे । महिलाहरुलाई काम गर्न सजिलो सुरक्षित पेशा र सम्मानित पेशा भएकोले मैले शिक्षा क्षेत्रलाई नै रोजेको हो ।
२) तपाइको सफल्ताको प्रेरणाको स्रोत को हुन् ?
मेरो कक्षा ८ मा पढ्दा १४ वर्षको उमेरमा विवाह भयो । एस.एल.सी पछिको समयमा मेरो हरेक कामको सफल्ता र सहयोगीको रुपमा मेरो श्रीमान नै हुन् । विवाह गरेर गाउँमा नै परिवारसंग बसेका थियौ । मेरो प्लस टु पढ्ने इच्छालाई पनि साथ दिनु भएको छ । मुस्लिम समुदायमा विवाह गरेर ल्याएको बुहारीलाई पढ्न पठाउने चलन थिएन । तर पनि समाजको कुरालाई कत्ति पनि प्रवाह नगरी मलाई मेरो श्रीमानले आफूसंगै पढ्नको लागि क्याम्पससम्म साथसाथै लाने ,ल्याउने गर्नु भयो । जसले गर्दा आज म मुस्लिम समुदाय प्रतिनिधित्व गर्दै,आज सक्षम र आत्म निर्भर बन्न सफल भएको छु । श्रीमान नै मेरो जिवनको पथ प्रर्दशक हुन् । जसले सधै नै म प्रति सकारात्मक सोच राखेर उन्नति प्रगतिको बाटोमा सधंै डो¥याएर लानु भयो । मेरो जिवनको सफल्ताको श्रेय नै मेरो श्रीमान हुन् ।
३) तपाइलाई शिक्षक पेशामा आउन कत्तिको चुनौती थियो ?
हरेक क्षेत्रमा काम गर्न चुनौती हुन्छ । जसरी मुस्लिम समुदायको बुहारी भएर मलाई पढ्नको लागि धेरै चुनौती थियो । मलाई मेरो हरेक कामकोलागि श्रीमानले सपोट गर्ने भएकोले खासै समस्याहरु झेल्नु परेन । मलाई शिक्षक बन्नको लागि चाहिने अनुमति पत्रको लागि श्रीमानले नै बुझेर फारम भर्नका लागि जाने आउने काममा मलाई सधै सहयोग गर्नुभयो । मेहनत गरेर पढ्ने काम मेरो हो । तर हरेक मेरो काममा उहाँ नै सहयोगी भएर साथसाथै लिएर जाने भएकाले समाजमा पनि कुनै पनि आरोप लगाउने अवस्था आएन । श्रीमानले जिल्लामा बुझेर अनुमति पत्रका लागि, राहत शिक्षक दरबन्दीकोलागि, शिक्षक सेवा आयोगमा फारम भर्नको लागि सहयोग गर्नुभयो ।
४) तपाइले प्रधानाध्यापक भएर मदरसा संचालन गर्दा कस्ता समस्याहरु आए ?
मैले पहिलो पटक जागिर खान साथ प्रधानाध्यापक भएर मदरसामा काम गर्ने जिम्मेवारी पाएको थिए । सबै भन्दा पहिला म मुस्लिम भए पनि मेरो घर वीरगंज भन्दा बाहिर भएकोले मैले मदरसामा पढाउन थाले पछि कोठा लिएर बसेको थिए । त्यहाँको मुस्लिम समुदाय मानिसहरु कोठा लिएर बसेर हाम्रो समाजमा प्रधानाध्यापक भएर नेतृत्व लिएर बसेको भनेर कुराकानी गर्थे । महिला प्रधानाध्यापक भएकोले मुस्लिम समुदायले नै विश्वास गर्दैन्थे । नेतृत्व गर्न सक्ने अब्बल मान्दैनथे । अलि होच्याएर बोल्ने प्रवृति थियो । मेरो हरेक काममा सधै मेरो श्रीमानले मलाई साथ दिनु भयो । म प्रधानाध्यापक भए पनि मदरसा भित्रको काम म गर्थे । बाहिरको काम श्रीमानले नै गर्नु हुन्थ्यो । जस्ता समस्या आए पनि हामी दुबै मिलेर हरेक काम गर्ने भएकोले सजिलै समाधान गर्न सफल भएका छौं ।
५) तपाइ मुस्लिम समुदायलाई के सल्लाह दिन चाहनुहुन्छ ?
जसरी मैले पढ्दा धेरै समस्याहरुलाई पार गर्दै अगाडी बढेको छु । अहिले पहिलाको जस्तो अवस्था छैन । मुस्लिम समुदायका जुन संस्कृती छ बुर्कामा बस्नु पर्छ । बुर्कामा बसेर पनि हामीले शिक्षामा अगाडी बढ्न सक्छौं । हाम्रो कामलाई बुर्काले कहिले पनि रोक्न सक्दैन । हामीले अगाडी बढ्न बुर्कालाई त्याग्नु पर्दैन । बुर्कालाई लिएर हाम्रो भविष्यलाई अगाडी बढाउन सक्छौं । कुनै पनि केटी मान्छेलाई दबाउने प्रयास नगरौं । छोराछोरीलाई समान व्यवहार गरौं । छोराछोरी दुबैलाई पढ्ने अवसर दिनुपर्छ ।
६) तपाइ मुस्लिम समुदायका बालिकाहरुलाई के सन्देश दिन चाहनुहुन्छु ?
मानिसले गर्न चाहे जुन सुकै काम पनि गर्न सक्छ । असम्भव भने केही छैन । बालिकाहरुले मनमा दृढ संकल्प लिएर हिड्नु पर्छ । म छोरी मानिस हो । मैले यो काम गर्न सक्छु । यो काम गर्न सक्दिन भनेर हिम्मत हार्नु हुदैन । हरेक मानिसको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्यमा पुग्ने प्रयत्न सधै गर्नु पर्छ । जसले उद्देश्यमा पुग्न चाहन्छ । भने उसले आफ्नो इच्छा पुरा गरेर छाड्छ ।
७) मदरसा र सरकारी विद्यालयमा पढ्ने बालिकामा के फरक छ ?
मदरसामा पढ्ने बालिकाहरु बुर्का र हिजाब लगाएर आउने गर्थै । भने अहिले सरकारी विद्यालयमा पढ्ने बालिकाहरु खुल्ला आउँछन् । मुस्लिम समुदायका बालिकाहरु बुर्का लगाएर नै आउने गर्छन् । मुस्लिम समुदायको पहिरन जहाँ गए पनि त्यस्तै हुन्छ । कुनै खुल्ला पनि हुन्छन ।
८ ) सरकारी विद्यालयका पढाइ हुदैन भन्नु कतिको सत्य हो ?
सरकारी विद्यालयमा पढाइ नहुने भन्ने हुदैन । पढाउने शिक्षकमा भर पर्छ । निजी विद्यालयमा राम्रो पढाइ दिन सकेन भने अभिभावकले बच्चा दिदैनन् भन्ने डर हुन्छ । सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिइरहेका छौं । सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु जो अनुशासनमा बस्छ । त्यो पढ्नमा राम्रो छ । जुन विद्यार्थी अनुशासित छैन । उसले राम्रो ध्यान दिएर पढ्न सक्दैन । सबै शिक्षक पनि एकै खालका हुदैनन् । जो इमान्दारीताका साथ काम गर्छ । उसले सधै राम्रो पढाउँछ ।
९) सरकारी विद्यालयको शिक्षामा सुधार गर्न के गर्नु पर्छ ?
सरकारी विद्यालयको शिक्षामा सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीहरुको भूमिका अह्म हुन्छ । शिक्षकले पनि आफ्नो इमान्दारीतापूर्वक काम गर्नुपर्छ । अभिभावकले पनि आफ्नो छोराछोरीहरु के गर्दै छन् । उनीहरुको लागि चाहिने सबै समानहरु पठाउने गरौं । शिक्षकहरुले कस्तो पढाइरहेका छन् । समय समयमा विद्यालयमा हेर्न जाऔं । बोडिङ्ग पठाए जस्तै गरी सरकारी विद्यालयमा पनि पठाएमा सरकारीमा पनि राम्रोसंग पढ्न सक्छन् । विद्यार्थीहरुले पनि अनुशासित भएर पढ्नुपर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना