विद्यालयस्तरको शिक्षा काठमाण्डौंको इ.पि.एस विद्यालयबाट सुरु गरेकी वीरगंजी डा.रुपा ठाकुरले प्लस टु भने नोबेल कलेजबाट हासिल गरेकी छन् । काठमाण्डौं विश्व विद्यालयबाट एम.बी.बी.एस र त्रिभुवन विश्व विद्यालयबाट डर्माटोलोजीमा एम.डी गरेकी छिन् । उनले साउथ इण्डियाको चेन्नईबाट फेलोसिप पनि गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयमा ३ वर्ष प्राक्टिस र वीरगंजको नेशनल मेडिकल कलेजमा ५ वर्षदेखि छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ भएर काम गरी उनले लामो अनुभव पनि बटुलेकी छन् । नेशनल मेडिकल कलेज र एस्थेस्टिक स्किन क्लिनिक विर्तामा निरन्तर सेवा दिदै आएकी उनै छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डा. रुपा ठाकुरसंग गरिएको कुराकानी ः
१) एस्थेटिक स्किन भनेको के हो ?
एस्थेटिक स्किन भनेको कस्मेटोलोजीसंग सम्बन्धित छ । यसमा हाम्रो अनुहारलाई कसरी राम्रो बनाउन सकिन्छ । सहज रुपमा फरक–फरक विधिहरुको प्रयोग गरी उपचार गर्नु हो । लेजर मेसिनको प्रयोग कसरी गर्ने, अनुहारमा भएका खतहरु कसरी हटाउन सकिन्छ । सर्जरीको माध्यमले हो की मेसिनको माध्यमले हो । औषधीको कसरी व्यवस्थापन गर्न सकिन्छ । कपाल झर्ने प्रक्रियामा पि.आर.पिको प्रयोग गर्ने । आँखाको तल भागमा कालोपन बसेकोलाई कसरी हटाउने, बोटोक्स, फिलर्स, थ्रेडस् जस्ता उपचारहरु एस्थेटिक अन्तर्गत पर्दछ ।
२) महिलाहरुको अनुहारमा कस्ता समस्याहरु बढी देखिने गरेका छन् ?
महिलाहरुलाई सबैभन्दा बढी बर्रे, चायाँ पोतो र अनुहारमा चाउरीपना समस्याहरु बढी मात्रामा देखापर्छ । अनुहारमा चायाँ पोतो कारणहरु धेरै हुन्छ । हार्मोनको कारणले पनि चायाँपोतो आउँछ । घाममा हिड्दाँ अनुहारमा घाम पर्दा पनि चायाँ पोतो आउँछ । कुनै काम गर्दा केमिकल्स, टक्सिनहरुसंग नजिक हुन्छौं । अनुहारमा बाहिरबाट औषधी लगाएको छ भने त्यसको असरले गर्दा चायाँ पोतो आउँछ ।
३) अनुहारमा चायाँ पोतो हटाउन कस्ता किसिमका उपायहरु अपनाउनु पर्छ ?
सबैभन्दा पहिले हाम्रो अनुहारमा चमत्कार नै हुन्छ भन्ने सोच्नु भ्रम मात्र हो । पहिला त हाम्रो स्किनको प्रकार कस्तो हो बुझ्नुपर्छ । सुख्खा स्किन, वइली स्किन, नर्मल स्किन,संवेदनशील स्किन वा कम्बिनेसन हो । सुख्खा स्क्रिन छाला सुख्खा हुने, कत्ला–कत्ला निस्कने, खस्रो हुने हुन्छ । वइली स्किन भनेको नाकको टुप्पामा, गालामा चिल्लो–चिल्लो हुन्छ । नर्मल स्किनमा सफा एकनास हुन्छ । त्यसका कुनै समस्या हुदैन । कम्बिनेसन स्किनमा नाक वइली हुने, गाला सुख्खा हुने सबै प्रकारको मिश्रण हुन्छ । संवेदनशली स्किनमा कुनै पनि क्रिम लगाउन नमिल्ने, कुनै पनि औषधी लगाउन नमिल्ने हुन्छ । हरेक स्किनको प्रकारमा चायाँ पोतो आउन सक्छ । हामीले आफ्नो स्किनको प्रकार अनुसारको क्रिमका प्रोडक्टहरुको प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गरेको छ भने त्यो क्रिममा कस्तो हेभि बेस छ, लाईट बेस छ, कति प्रोटेक्ट छ थाहा हुनुपर्छ । एस.पि.एफ कति प्रतिशत प्रयोग गरेको छ । मोस्चराइज भइरहेको छ वा छैन । सिरामाइड्स, एन्टि अक्सिडाइट्स र भिटामिन डी को पनि हाम्रो स्किनमा महत्वपूर्ण हुन्छ । गर्मीमा हाम्रो शरीरले उत्पादन गरे जाडोमा जस्तो हुदैन । जाडोमा भिटामिन डीको पनि कमी भइरहेको हुन्छ । फेसवास,क्रिम, सनस्क्रिन लगाउँदा आफूलाई राम्रो हुने क्रिमको मात्र प्रयोग गर्नुपर्छ । अरुले जे लगायो त्यही क्रिम, फेसवास, सनस्क्रिनले सबैको फेसलाई राम्रो हुन्छ भने छैन ।
४) बजारमा पाइने विभिन्न कम्पोजिसन भएका क्रिमहरु प्रयोग गर्नु कत्तिको उपयुक्त हुन्छ ?
म सौन्दर्य रोग विशेषज्ञ पनि भएकोले बजारमा पाइने सबै खाले क्रिमहरको प्रयोग नगर्न नै भन्छु । बजारमा पाइने क्रिमहरुले राम्रो देखाउने काम गर्छ । सुरुमा राम्रो देखाउँछ । पछि गएर कतिपय क्रिमले स्किन पातलो भएर जान्छ । अनुहारको नसा देखिन्छ । धेरै उमेरको देखिन्छ । अनुहारको चाउरीपना देखिन्छ । हामी मेडिकल कस्मेटिक हिसाबले केमिकल युक्त क्रिमको प्रयोग गर्न भन्दैनौं । हामीले प्रयोग गर्ने बजारमा पाइने क्रिमहरु मध्ये भ्यास्लिनको प्लेटोलाइटम जेली लगाउन राम्रो छ । त्यो बाहेक कुनै पनि बजारका प्रोडक्टलाई प्रयोग गर्नु भन्दैनौं । अन्य क्रिममा भने आवश्यक कम्पोजिसन नपुगेको पाइन्छ । सबैलाई एकै किसिमका क्रिमहरु प्रयोग गर्न मिल्दैन । स्किन अनुसार फरक–फरक हुन्छ । फिजिकल ग्रुपका यु.पि.ए, यु.पि.बि र यु.बि.सि कम्पोजिसन भएको क्रिमहरुको मात्र प्रयोग गर्नुपर्छ । हामीले क्रिम, सनस्क्रिनको प्रयोग डाक्टरको सल्लाह अनुसार नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।
५. क्रिममा कति एस.पि.एफ भएको प्रयोग गर्दा उचित हुन्छ ?
मानिसको उमेर, स्किनको प्रकार अनुसार र बच्चाकोलागि अलग–अलग एस.पि.एफको क्रिमहरुको प्रयोग गर्नुपर्छ । बच्चाकोलागि १५ एस.पि.एफ, वयस्कहरुको लागि ३० एस.पि.एफ र ५० एस.पि.एफ क्रिम स्किनको प्रकार अनुसार प्रयोग गर्न सल्लाह दिन्छौं । यो पनि चिकित्सकको सल्लाह अनुसार मात्र गर्नु उचित हुन्छ ।
६. चाउरीपना हुने कारण के हो ?
मानिसको उमेर बढेसंगै शरीरमा बन्ने कोल्याजन र पानीको तत्वको मात्रा घटेर जान्छ । त्यसको असर देखिनु नै चाउरिपना हो । हाम्रो शरीरमा पानीको मात्रा घट्दै गएपछि चाउरिपनाको समस्या देखापर्छ । त्यसैले हामीले कोल्याजन वृद्धि गर्न कस्मेटिक उपचार गर्छौ । पि.आर.पि थेरापीबाट, बोटक्सबाट, रिजुभेनेसन थेरापीबाट चाउरीपनाबाट बचाउन सकिन्छ । स्किनको अरु उपचार पनि छ । जहाँ धर्सा परेको छ त्यहाँ फिलर्स लगाउनु पर्छ । चाउरीपना भएको ठाँउमा बोटक्स लगाउनु राम्रो हुन्छ । हाइड्रोफेसियलमा हाइड्रोटनिक एसिडले अनुहारमा राम्रो गर्छ ।
७. नारीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
आम दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने सबैले राम्रो निन्द्रा वा रातीमा राम्ररी सुत्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनु पर्छ । राम्रो पौष्टिक खानेकुरा खानुपर्छ । अनुहारमा समस्या आयो भन्दैमा चिकित्सकको सल्लाह बिना कुनै पनि बाहिरको औषधी अनुहारमा प्रयोग गर्नु हुदैन । अनुहार एकदमै महत्वपूर्ण कुरा हो । कपडा किने जस्तै जथाभावी क्रिम किनेर अनुहारमा नलगाउनुस् । सकेसम्म फलफूल, हरियो तरकारी अत्याधिक मात्रामा खानुस् । तनाब कम लिनुस् । नबुझिकन अनुहारमा कुनै पनि उपचार नगरौं ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना